चन्द्रागिरीका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

नगरपालिकाको सूचना प्रकाशन गरेबापट प्रिमियर डिजिटल मिडिया प्रालिलाई भुक्तानी दिने क्रममा एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ । 
 
आयोगले बिजुलीको ट्रान्सफर्मर जडानपछि भुक्तानी दिने क्रममा सेवाग्रहीसँग घुस लिएको आरोपमा घ्याङलेख गाउँपालिका सिन्धुलीका इञ्जिनीयर दिलीपकुमार साहविरुद्ध पनि मुद्दा दायर गरेको छ।


Advertisement

गाउँपालिकको विभिन्न वडामा ‘हाइटेन्सन’ र स्थानीय लाइन तथा ट्रान्सर्फमर जडान सम्पन्न भई अन्तिम कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने क्रममा निजले सेवाग्राहीसँग दुई लाख ३० हजार घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यसैगरी आयोगले भारतीय सीमावर्ती क्षेत्रबाट नून, तेल र चिनीलगायत समान ल्याउने क्रममा सेवाग्राहीसँग पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्