चीनमा बन्यो इलेक्ट्रिक विमान, एकपटक फुल चार्ज गरे ३ सय किलोमिटर उड्ने

चीनले आफ्नो पहिलो ४ सीटको इलेक्ट्रिक विमानको सफल परीक्षण गरेको छ । मंगलवार विमानले उडान भरेको थियो । 

यस विमानको वजन १२ सय किलोग्राम छ भने लम्बाइ ८.४ मिटर छ ।


Advertisement

यसको पखेँटा १३.५ मिटरको छ । यस विमान एक पटक फुल चार्ज भएमा ३ सय किलोमिटरको दुरी तय गर्न सक्ने भारतीय सञ्चारमाध्यम भास्करले लेखेको छ । 

समाचार एजेन्सीका अनुसार लाइटवेट कार्बन निर्मित विमानले चीनको उत्तरी शहर शेन्यांगमा उडान भरेको थियो । यसको बडी बॉडी पार्ट्समा कार्बन फाइबर कंपोजिट प्रयोग गरिएको छ । जसकारण पारंपरिक विमानहरूको तुलनामा यसको वजन निकै कम छ । 


Advertisement

इलेक्ट्रिक विमानको व्यावसायिक प्रयोग व्यवहारिक हुन सक्छ  किनकी यस विमानले ध्वनी र वायु प्रदुषण गर्ने छैन । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्