×

NMB BANK
NIC ASIA

हिमालय एयरलाइन्सको ठगी: सुरक्षा खोट औंल्याउने पाइलटको साढे दुई करोड झ्वाम ! [लोकान्तर खोज–४]

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ५ वैशाख— यात्रु सुरक्षामा गम्भीर लापरबाही गरेको खोट औंल्याउँदै हिमालय एयरलाइन्सको ध्यानाकर्षण गराउने त्यहीं कार्यरत् दुई पाइलटले उक्त कम्पनीले आफूहरूको साढे दुई करोड रुपैयाँ खाइदिएको भन्दै श्रम कार्यालयमा उजुरी दिएका छन् ।

यात्रु सुरक्षामा ध्यान दिन सुझाव दिएपछि उक्त एयरलाइन्सले आफूहरूलाई राजीनामा दिन बाध्य पारेको तर काम गरे बापतको सेवा सुविधा नदिएको पीडित पाइलटद्धय नाग राजका र रामेश कृष्नक्को दाबी छ ।

आफूहरूलाई उक्त एयरलाइन्सले गलहत्याएर निकालेको आशयको निवेदन उनीहरूले श्रम कार्यालयमा दिएका छन् ।

पाइलटद्वय राजका र कृष्नक्लाई श्रम सम्झौतामा उल्लेखित मितिभन्दा तीन महिना अगाडि नै एयरलाइन्सले कामबाट हटाएको भेटिएको छ । सेवाबाट हटाए पनि उनीहरूले पाउने सुविधा भने एयरलाइन्सले रोकेको छ ।

तलव र सुविधा समेत गरी दुई करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम एयरलाइन्सले खाइदिएको भन्दै उनीहरूले बाग्मती श्रम कार्यालयमा निवेदन दिएका हुन् ।

उनीहरूले क्षतिपूर्तिसहित जनही २ दुई करोड रुपैयाँ भन्दा बढी उक्त एयरलाइन्सले दिनुपर्ने दाबी समेत लिएका छन् ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार यात्रु सुरक्षा तथा कामदार सुरक्षामा एयरलाइन्सले लापरबाही गरेको खोट उनीहरूले औंल्याएका थिए ।

आफूहरूलाई गैरकानूनी रुपमा सेवाबाट हटाउँदा लाखौं रुपैयाँ क्षति व्यहोनुपरेको पाइलटहरूले बताएका छन् । उनीहरूले क्षतिपूर्ति दाबी गर्दै श्रम कार्यालय काठमाडौंमा मुद्दा दायर गरेपनि श्रम कार्यालयका प्रमुख र कर्मचारीसमेत एयरलाइन्ससँग मिलेर मुद्दा प्रभावित पार्ने खेलमा लागेको दाबी कार्यालयकै एक स्रोतले लोकान्तरसँग गरेको छ ।

गत पुस ४ गते उनीहरूले मुद्दा दायर गरेका छन् । मुद्दा दायर गरेका नागराजकाले आफूले १६ हजार घण्टा भन्दा बढी हिमालय एयरलाइन्सको जहाज उडाएको र श्रम ऐन अनुसार सो कम्पनीको स्थायी कर्मचारी बन्न पाउने अधिकार सुरक्षीत रहेको दाबी लिएका छन् ।

सन् २०१६ को जनवरी देखि कार्यरत् उनीहरूको कार्यकाल मार्च महिनामा सकिँदै थियो । तर हिमालय एयरलाइन्सले उनीहरूलाई डिसेम्बर ९ मै सेवाबाट हटाउने पत्र थमायो ।

आफूहरूको कार्यकाल बाँकी रहेको भनेर जवाफ दिएका उनीहरूलाई एयरलाइन्सले उल्टै बिनाकारण क्षतिपूर्ति मागेको छ ।

‘बिना कारण मलाई ७८ हजार अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने भन्दै पत्र पठाइएको छ,’ राजकाले श्रम कार्यालयमा दर्ता गरेको मुद्दामा भनिएको छ ।

उनले श्रम कार्यालयमा आफूले पाउन बाँकी तलब, भत्ता, घर बहाल लगायतसमेत माग गरी एक लाख २५ हजार अमेरिकी डलर (नेपाली एक करोड २५ लाख रुपैयाँ भन्दा बढी) रकम दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।

साथै उनले त्यसबाहेक आफूले पाउनुपर्ने क्षतिपूर्ति पनि जोडेर एकमुष्टमा दुई लाख ७ हजार अमेरिकी डलर (दुई करोड रुपैयाँभन्दा बढी) रकम दाबी गरेका छन् ।

पाइलट कृष्णक्को निवेदन:












पाइलट नागराजको निवेदनको अंशः


अर्का पाइलट कृष्णक्ले आफूले पाउनुपर्ने एक लाख २२ हजार अमेरिकी डलर (एक करोड २२ लाख रुपैयाँ भन्दा बढी) क्षतिपूर्ति दाबी गरेका छन् । उनले पनि आफूले क्षतिपूर्ति बापत ६ महिनाको तलब भत्ता पाउनुपर्ने दाबी गरेका छन् ।

यसरी दुई पाइलटले हिमालय एयरलाइन्ससँग चार लाख अमेरिकी डलर भन्दा बढी दाबी गरेका छन् । उक्त रकम नेपाली चार करोड रुपैयाँ भन्दा बढी हो ।

दुबै पाइलटले पुरानो बाँकी पारिश्रमिक रकम एक/एक करोड रुपैयाँ भन्दा बढी दाबी गरेका छन् । क्षतिपूर्ति बापत पनि झन्डै एक÷एक करोड रुपैयाँ दाबी गरेका छन् ।

मार्चसम्मको कार्यकाल बाँकी नै छँदा एयरलाइन्सले डिसेम्बरबाटमै उनीहरूलाई पदमुक्त गरेको थियो । श्रम ऐनमा त्यसरी सेवाबाट हटाइने पाइलटले तीन महिनाको तलब स्वतः पाउने व्यवस्था छ ।

हिमालय एयरलाइन्सले उनीहरूसँग सम्झौता भन्दा अघि हटाउनु परेमा वा व्यवसायीक उडान गर्न नसकेमा ६ महिनाको तलब भत्तासहित कम्तीमा तीन महिनाअघि जानकारी गराएर हटाउन सक्ने सम्झौता गरेको थियो । तर एयरलाइन्सले उनीहरूलाई सम्झौता विपरित हटाएको हो ।

एयरलाइन्सले पुरा गर्नुपर्ने सम्पूर्ण प्रावधानहरू पूरा नभएको भनेर आवाज उठाएकै कारण आफूहरूलाई हटाइएको उनीहरूले निवेदनमा उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) को प्रावधान तथा नियम अनुसार कुनै पनि एयरलाइन्सले व्यवसायीक उडान थालेको एक वर्ष भित्रमा दुई वटा जहाजबाट उडान गर्नुपर्ने नियम छ ।

एयरलाइन्सले अर्को जहाज किनिरहेको थिएन । अहिले मुद्दा चलिरहेको बेलामा चाहिँ हिमालयले अर्को जहाज पनि ल्याएको छ । उनीहरूले अर्को जहाज थप्नुपर्ने आवाज उठाएका थिए ।

एयरलाइन्सले सेवा सुविधा समयमै नदिएको, उडान भत्ता ७५ डलरबाट एकै पटक ६० मा झारेको र यात्रु सुरक्षामा लापरबाही गरेको सवाल उठाएका थिए ।

ति सवाल उठाए बापत आफूहरूलाई राजीनामा दिन बाध्य पारिएको निवेदनमा उल्लेख छ ।

आफूहरूले पटक –पटक मागेपनि एयरलाइन्सले बीमा पोलिसीको कागजपत्र नदिएको अरोप उनीहरूले लगाएका छन् । यात्रु र कामदारको सुरक्षामा एयरलाइन्सले गम्भीर लापरबाही गर्दैै आएको पाइलटद्धयको आरोप छ ।

उनिहरूले एयरलाइन्सले सेफ्टी म्यानेजरको व्यवस्था गर्न नसकेको उल्लेख गरेका छन् । एकाउन्टेबल म्यानेजरसँग अहिलेसम्म पनि आवश्यक कागजपत्र नभएको कारणले उड्डयन प्राधिकरणले अनुमति नदिएको उनीहरूले निवेदनमा उल्लेख गरेका छन् ।

यस्तो विषयमा आवाज उठाएपछि आफूहरूलाई एयरलाइन्सले तारो बनाएको उनीहरूको जिकिर छ ।

‘एकाउन्टेबल म्यानेजर बिना हवाइ उडान गर्नु भनेको कानुनको उल्लंघन हो’ उनीहरूको दाबी छ ।

यात्रु सुरक्षा, बीमा, ज्यू –ज्यान, पेसा लगायतका विषयमा समस्या भएपछि आफूहरूले सेवाबाट हट्ने मनसायले राजिनामा दिएको विवरण निवेदनमा उल्लेख गरेका छन् ।

उनीहरूले एयरलाइन्सकै कमजोरीको कारणले सेवाबाट हट्न चाहेको बताउँदै राजिमाना दिएमा थिए । तर मार्चबाट लागू हुने गरी दिएको राजीनामा डिसेम्बरबाटै लागू भए हुनुपर्ने भएकाले आफूहरू मर्कामा परेको उनीहरूको भनाइ छ ।

पाइलटद्धयको पक्षमा मुद्दा लडिरहेका वकिल कल्याण पोख्रेलले अहिले श्रम कार्यालयमा मुद्दा चलिरहेको र त्यहाँबाट आफूहरूले न्याय नपाए श्रम अदालत जाने बताए ।

‘त्यहाँ मिलापत्र भयो भने त त्यहीं टुंगिएला नत्र हामी अदालत जान्छौं,’ उनले लोकान्तरसँग भने ।

श्रम कार्यालयले हिमालय एयरलाइन्सका तर्फबाट जवाफ आएपछि पाइलटहरूका तर्फबाट पनि लिखित जवाफ मागेकोे छ । जवाफ कार्यालयमा पेश भइसकेको छ ।

एयरलाइन्स नै अन्यायमा परेको छ: विजय श्रेष्ठ

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने पाइलटहरू नभएर आफूहरू चाहिं यो मुद्दामा अन्यायमा परेको बताए । उनले तीन वर्षको सम्झौतामा अधिकतम सुविधासहित आएका पाइलटहरूले बीचमै छोडेर जान खोजेको कारणले कम्पनीले कारबाही मात्रै गरेको बताए ।

‘उनीहरूको कारणले हामीलाई अन्याय भएको छ, अरु एयरलाइन्सले धेरै पैसा दियो भन्दै उहाँहरूले छाड्न खोज्नुभयो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘सोही कारणले हामीले उहाँहरूलाई हटाएका हौं । अहिले कानूनी बाटोबाट यो विषय टुंग्याउने काम भइरहेको छ ।’

उनले एयरलाइन्सको ध्यान सुरक्षित र भरपर्दो सेवामा भएकोले यो विषयमा व्यवस्थापकीय हिसावले कम ध्यान गएको बताए । पाइलटलाई अधिकतम सेवा दिएको भएपनि उनीहरूले कम्पनीलाई बीच बाटोमै धोका दिएको दाबी गरे ।

पाइलटहरूले सम्झौता अनुसारको अवधि नसक्दै जान खोजेको श्रेष्ठको दाबी छ ।

यी पनि पढ्नुहोस्ः 

हवाई सुरक्षामा हिमालय एयरलाइन्सको गम्भीर लापरवाही, स्वीकृति नलिई एयरपोर्टभित्रै कार्यालय

हिमालय एयरलाइन्स असुरक्षित रहेको पाइलटहरूको भनाइ, सुरक्षा अपनाउन सुझाव दिने सातजना बर्खास्त

निजी एयरलाइन्सको प्रवर्द्धनमा पर्यटनमन्त्री, उसकै खर्चमा श्रीमतीसहित मलेसिया सयर





Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x