×

NMB BANK
NIC ASIA

११७ मुलुकसँग व्यापार घाटा

फागुन १३, २०७६

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

नेपालले वैदेशिक व्यापार गरिरहेकामध्ये १ सय १७ मुलुकसँग घाटा रहेको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ सय ४९ मुलुकसँग व्यापार गर्दै आएको छ । त्यसमा ३२ मुलुकसँग मात्रै व्यापार नाफा छ । त्यो नाफा पनि न्यून छ । ‘६ मुलुकमा निर्यात मात्रै भयो । आयात नहुँदा नाफा देखिएको हो,’ विभागका प्रवक्ता शिशिर घिमिरेले भने ।

Muktinath Bank

केही युरोपियन मुलुकमा गलैंचा र पश्मिनाको माग बढेको छ । जसले गर्दा पनि नाफा देखिएको छ । नाफा भएका मुलुकमध्ये सबैभन्दा बढी अल्जेरियासँग छ । यो मुलुकसँग ७ करोड ७४ लाख रुपैयाँ, डेनमार्कसँग ६ करोड ६६ लाख रुपैयाँ, माल्दिभ्ससँग २ करोड २१ लाख र क्यामरुनसँग १ करोड रुपैयाँ व्यापार नाफा छ । यीबाहेक अन्य मुलुकसँग भने लाखको तहमा व्यापार नाफा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख मुलुकसँगको व्यापार अवस्था सन्तोषजनक छैन । मुलुकको मुख्य व्यापार रहेको भारतसँग मात्र ४ खर्ब ५१ अर्ब ८ करोड व्यापार घाटा छ । विभागको तथ्यांकअनुसार ७ महिनामा ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएकोमा ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा पनि १ खर्ब ३१ अर्ब ५६ करोड रुपैयाँ छ । विभागको तथ्यांक अनुसार ७ महिनाको अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । यीबाहेक इन्डोनेसियासँग २१ अर्ब ५३ करोड, यूएईसँग १२ अर्ब ३८ करोड रुपैयाँ, अमेरिकासँग ५ अर्ब ९८ करोड रुपैयाँ व्यापार घाटा छ ।


Advertisment
Nabil box
Kumari

व्यापार घाटा बढ्नुको मुख्य कारण पर्याप्त मात्रामा स्वदेशी उत्पादन नहुनु रहेको जानकारहरू बताउँछन् । कृषिजन्य वस्तुको उत्पादन वृद्धि, उद्योगको प्रवर्द्धन र विद्युत् निकासी नभएसम्म घाटा कम हुने सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ । ‘तेस्रों मुलुकबाट आयातित वस्तु रिफाइन भएर पुनः निर्यात हुँदा व्यापार केही बढेको देखिन्छ,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘तर यो दिगो होइन । व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशी उद्योगकै उत्पादन बढाउनुपर्छ ।’ यसका लागि उत्पादनमूलक उद्योग एवं स्वदेशी कृषि उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

Vianet communication

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा कुल वैदेशिक व्यापार ८ खर्ब ६८ अर्ब ५७ करोड रुपैयाँको भएको विभागको तथ्यांक छ । यसमध्ये ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । ६४ अर्ब ९७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । ७ महिनाको अवधिमा व्यापार घाटा ७ खर्ब ३८ अर्ब ६३ करोड रुपैयाँ भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.३३ प्रतिशत कम हो । अघिल्लो वर्षको ७ महिनाको अवधिमा व्यापार घाटा ७ खर्ब ८० अर्ब रुपैयाँ थियो । तथ्यांक अनुसार निर्यात रकम पनि २२.४१ प्रतिशत बढेको छ । आयात रकम ३.५६ प्रतिशत घटेको तथ्यांक छ । ‘अघिल्लो वर्षको तुलनामा समग्रमा सुधार भएको छ । अलैंची र पाम तेलको निर्यातले व्यापार बढाएको छ,’ प्रवक्ता घिमिरेले भने, ‘इन्धन आयात सामान्य घटेको छ ।’ निर्यात भएका वस्तुमध्ये सबैभन्दा अगाडि प्रशोधित पाम तेल रहेको विभागले जानकारी दिएको छ । ७ महिनाको अवधिमा १३ अर्ब ८९ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको छ ।

पाम तेल नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि गुणस्तरका आधारमा थोरै भन्सार लाग्छ । पुनः भारत निर्यात गर्दा महसुल नलाग्ने भएकाले व्यवसायीहरू कच्चापदार्थ ल्याएर प्रशोधन गरी निर्यात गर्नेतर्फ आकर्षित भएका छन् । दोस्रोमा प्रशोधित भटमास तेल ५ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ । ६ महिनामा ४ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको थियो । कच्चा भटमास तेल ब्राजिल र अर्जेन्टिनाबाट आयात हुन्छ । यसलाई नेपालमा प्रशोधन गरी पुनः निर्यात गरिँदै आएको छ ।

स्वदेशी वस्तुमै क्रमशः आत्मनिर्भर नभएसम्म समस्या हुने पूर्वअर्थसचिव सुवेदीले दाबी गरे । ‘निर्यातका लागि नगदे बाली छन् । तर अर्बौं रुपैयाँको चामल र तरकारी आयात हुन्छ । स्थानीय उत्पादन वृद्धि गरेरै आयात प्रतिस्थापन गर्ने हो,’ उनले भने, ‘हामीले ठूलो परिमाणमा व्यापार घाटा घटाउन विद्युत् निकासीमै जोड दिनुपर्छ ।’ सम्भावित निर्यातजन्य वस्तु पहिचान गरी तिनको प्रवर्द्धन गर्न सके राम्रो हुने उनको भनाइ छ ।

७ महिनामा ५ अर्ब १२ करोड रुपैयाँको सेन्थेटिक यार्न, ४ अर्ब ३८ करोडको उनी गलैंचा कार्पेट, ३ अर्ब ३० करोडको तयारी कपडा र २ अर्ब ८८ करोडको अलैंची निर्यात भएको विभागको तथ्यांक छ । इन्धन खरिदमा भने अर्बौं रुपैयाँ बाहिरिएको छ । ७ महिनाको अवधिमा डिजेल खरिदमा ५८ अर्ब २२ करोड, पेट्रोलमा २१ अर्ब २६ करोड र खाना पकाउने एलपी ग्यासमा १७ अर्ब ७९ करोड रुपैयाँ बाहिरिएको छ । ६ महिनाको अवधिमा पेट्रोलको औसत माग १३ प्रतिशत, डिजेलको ४ र एलपी ग्यासको १८ प्रतिशत बढेको नेपाल आयल निगमले जनाएको छ । एमएस बिलेट खरिदमा २७ अर्ब २७ करोड, तयारी कपडामा २० अर्ब १५ करोड र एचआरसीटमा १६ अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x