×

NMB BANK
NIC ASIA

प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुम्वासीको नाममा अतिक्रमण, जनप्रतिनिधि नै किनबेचमा

फागुन १९, २०७६

NTC
Photo : tulsipuronline.com
Premier Steels

तुल्सीपुर उपमहानगरपालिकाले औद्योगिक क्षेत्र निर्माण गर्नेगरी छनोट गरेको जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ ।

Muktinath Bank

उपमहानगर कार्यपालिकाको बैठकले औद्योगिक क्षेत्र निर्माण गर्ने जग्गा छनोट गरेपछि सुकुम्वासीका नाममा अतिक्रमण गरी घरटहरा निर्माण गरेको पाइएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुल्सीपुर उपमहानगरपालिका कार्यपालिकाको मिति ०७६ वैशाख १९ गते बसेको बैठकले उद्योगग्राम स्थापनाका लागि जग्गा छनोट गर्ने निर्णय गरेको थियो, जसमा उपमहानगरपालिका अन्तर्गत वडा नं. २, ३, १०, १३ र १६ मा खाली रहेका जग्गाहरू छन् ।


Advertisment
Nabil box
Kumari

उपमहानगर कार्यपालिकाको उक्त बैठकले जग्गा छनौट गर्दै घरेलु तथा साना उद्योग कार्यालय दाङमा निर्णय पठाउने समेत निर्णय गरेको थियो ।

Vianet communication

कार्यपालिकाले औद्योगिक क्षेत्रको विषयमा निर्णय गरेलगत्तै सुकुम्वासीका नाममा १ हजार विघा जग्गा अतिक्रमण गरी इँटाको घरटहरा निर्माण गरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक स्थानमा भर्खरै जस्ताले छाएर इँटाका घरहरू बनाएको अवस्था भेटिएको सतर्कता केन्द्रले जनाएको छ ।

सतर्कता केन्द्रले अनुसन्धानका क्रममा स्थानीय र जग्गाको अतिक्रमण गरेर बस्नेहरूसँग पनि छलफल गरेको थियो ।

स्थानीयवासीले जग्गा सार्वजनिक भएको बताएका थिए भने त्यहाँ बसेकाहरूले आफूहरूले सो जमिन पहिल्यैदेखि जोतभोग गर्दै आएको र उपमहानगरले जबरजस्ती औद्योगिक क्षेत्र बनाउन लागेपछि टहरा बनाउनुपरेको बताएको सतर्कता केन्द्रले उल्लेख गरेको छ ।

कार्यपालिका सदस्यले नै गरे सार्वजनिक जग्गाको किनबेच

उपमहानगरपालिकाको वडा नं. १६ ग्वारखोलामा पुल बनिसकेपछि एकाएक घरटहरा बनाउन शुरू भएको थियो ।

बनाइएका घरटहरा भत्काउने काम उपमहानगरले प्रहरी लगाएर गरेको थियो, तर पनि रातारात घर बनाएर जग्गा अतिक्रमण गर्ने क्रम नरोकिएको केन्द्रले जनाएको छ ।

नगर कार्यपालिका सदस्य दीपक कुमालले स्थानीय लालबहादुर सार्कीलाई ग्वारखोला क्षेत्रको केही जग्गा ४ लाखमा बिक्री गरेको खुल्न आएको केन्द्रले प्रतिवेदनमा उल्लेख गरेको छ ।

केन्द्रका अनुसार अरू स्थानीयले समेत सार्वजनिक जग्गा किनबेच गर्ने गरेका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेपछि स्थानीयले उपमहानगरपालिका कार्यालयमा निवेदन गरेको र उपमहानगरले सरोकारवाला निकायहरूमा समन्वयसहित आवश्यक पहल गरेको प्रतिवेदनमा उल्लेख छ ।

उपमहानगर, प्रहरी र प्रशासनले स्थलगत रूपमा अवलोकन र छलफल गर्ने कार्य गर्दा अतिक्रमणकारीहरूले आफू सुकुम्वासी भएकाले उचित व्यवस्था गर्न अनुरोध गरेका थिए ।

प्रचलित कानूनी व्यवस्थाबमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको भएकाले प्रचलित कानूनको अधिकार प्रयोग गरी संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय दाङ र तुल्सीपुर उपमहानगरपालिकालाई आवश्यक निर्देशन दिएको सतर्कता केन्द्रले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x