×

NMB BANK
NIC ASIA

गोला थुत्दा ‘अनलक्की’ साबित १९ सांसद आज घर फर्किँदै [सूचीसहित]

फागुन २०, २०७६

NTC
फाइल फोटो
Premier Steels

राष्ट्रिय सभाका १९ सांसदको दुई वर्षे कार्यकाल आज सकिँदैछ ।

Muktinath Bank

२०७४ फागुन २१ गते पद तथा गोपनीयताको शपथ गरेका १९ सांसदको कार्यकाल सकिन लागेको होे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ संविधान जारी भएपछि पहिलोपटक गठन भएको राष्ट्रिय सभामा सांसदहरूको कार्यकाल गोलाप्रथाका आधारमा तय गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

कुल ५९ सांसदमध्ये २० जनाको कार्यकाल ६ वर्ष, २० जनाको कार्यकाल ४ वर्ष र १९ जनाको कार्यकाल २ वर्ष तय भएको थियो ।

Vianet communication

राष्ट्रिय सभामा अब निर्वाचित हुने सबै सदस्यको कार्यकाल ६ वर्ष नै कायम हुनेछ ।

आज कार्यकाल सकिनेमा अर्थमन्त्री युवराज खतिवडा पनि छन् ।

यसैगरी राष्ट्रिय सभामा निकै कमजोर उपस्थिति रहेको कांग्रेसका १३ मध्ये ७ सांसदको कार्यकाल आज सकिँदैछ ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं तथा सांसदहरू बद्री पाण्डे, मुक्ताकुमारी यादव, धना खतिवडा, बृन्दाराना मगर र दुर्गा उपाध्यायको कार्यकाल सकिन लागेको हो ।

अब राष्ट्रिय सभामा कांग्रेसका ६ सांसद मात्र रहने छन् ।

कार्यकाल सकिन लागेका सांसदहरूले आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा बिदाइ सम्बोधन गर्ने छन् ।

आज रिक्त हुन लागेका १९ मध्ये १८ सांसद निर्वाचित भइसकेका छन्, उनीहरूको शपथ भोलिका लागि तोकिएको छ ।

राष्ट्रपतिबाट मनोनित भएका युवराज खतिवडाको स्थानमा भने नयाँ नाम सिफारिश भइसकेको छैन । 

उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने सत्तारुढ दल नेकपा सचिवालयको निर्णय र खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण यो विषय अनिर्णित छ ।

यी हुन्, घर फर्किन लागेका सांसदहरू :

हरिचरण शिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालिबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा, सरिता प्रसाई, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रीत पासवान, राजकुमार कुँवर र वृषेशचन्द्र लाल ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x