×

NMB BANK
NIC ASIA

थाइल्याण्डलाई हराउँदै नेपालले दर्ता गर्‍यो पहिलो जीत

फागुन २१, २०७६

NTC
Premier Steels

थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

Muktinath Bank

बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल गरेको हो । यसअघि गत जुलाईमा सिङ्गापुरमा भएको आइसिसी टि ट्वान्टी एशिया रिजन छनोटमा कुवेतले प्रस्तुत गरेको १४२ रनको लक्ष्य नेपालले १५ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जीतमा शुरुआती ब्याट्सम्यान कुशल मल्लले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । त्यसैगरी पवन सर्राफले अविजित २७ रन बनाउँदा पारस खड्काले ९ रन जोड्दै बाहिरिए । 


Advertisment
Nabil box
Kumari

बलिङतर्फ थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिनुभयो । त्यसअघि टस  पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो ।

Vianet communication

थाइल्याण्डका लागि हेन्नो जोर्डन र फिरियापोङ सुआनचुईले समान १३/१३ रन जोड्नुभयो भने नाभिद पठानले ८ तथा जिउल हकले ५ रन बनाउनुभयो । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिनुभयो भने अविनाश बोहराले २ विकेट तथा भुवन कार्की र सन्दीप लामिछानेले १/१ विकेट लिए।

जीतसँगै नेपालले ३ खेलमा २ अङ्क जोडेको छ भने शीर्ष दुईमा रहँदै एशिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ तर नेपालको एशिया कप छनोट हुने सम्भावना भने अन्य टोलीको खेलमा भर पर्नु पर्नेछ । 

आजै हुने अर्को हङकङ र सिङ्गापुरविरुद्धको खेलमा हङकङले सिङ्गापुरलाई हराएको खण्डमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ तर सिङ्गापुरले खेल जितेमा नेपालको एशिया कप छनोट खेल्ने सम्भावना समाप्त हुनेछ । 

यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो । यता थाइल्याण्डको भने यो लगातार चौथो हार हो । नेपालले अब आफ्नो अन्तिम खेल शुक्रबार सिङ्गापुरसँग खेल्ने छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x