कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
फागुन २१, २०७६
कर्णाली प्रदेशमा ७१ प्रतिशत अर्थात दुईतिहाइ भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशमा रहेका जनस्वास्थ्य कार्यालय, स्वास्थ्य संस्थाहरु र प्रदेश अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई सहजै सेवा पाउन हम्मेहम्मे परेको छ ।
कर्णालीका प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतमा रहेका विभिन्न १६ वटा कार्यालयमा कर्मचारीको अभाव देखिएको हो ।
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारीअनुसार कुल दरबन्दी ८ सय ९७ मध्ये ६ सय ३६ जना अर्थात दरबन्दीको ७१ प्रतिशत कर्मचारीको दरबन्दी रिक्त छ । हाल दुई सय ६१ जना अर्थात २९ प्रतिशत मात्रै दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् ।
प्रदेश अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालयमा कर्मचारी दरबन्दीअनुसारका कर्मचारीको अभाव रहेको छ । कर्णाली प्रदेश अस्पतालमा २ सय ४५ जनाको दरबन्दी रिक्त रहेको छ । कुल दरबन्दी ३ सय २५ भएकोमा हाल ८० जना मात्र दरबन्दीका कर्मचारी कार्यरत रहेका छन् ।
‘पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालमा ५३ जनाको दरबन्दी भएकोमा ३० जनाको दरबन्दी खाली छ भने हाल २३ जना कर्मचारी मात्रै कार्यरत रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयमा ३७ जनाको दरबन्दी रहेकामा १३ जना कर्मचारीको दरबन्दी खाली छ,' स्वास्थ्य सेवा निर्देशनालयका नायब सुब्बा गणेश शर्माले भने, ‘स्वास्थ्य सेवा कार्यालयहरु डोल्पामा ४७ जनाको दरबन्दी रहेकोमा ३९ जनाको दरबन्दी रिक्त छ ।
मुगुमा ४८ जनाको दरबन्दी रहेकोमा ३६ जनाको दरबन्दी रिक्त, कालिकोटमा ४७ दरबन्दीमा ३१ जनाको दरबन्दी रिक्त, हुम्लामा ४८ जनाको दरबन्दी रहेकोमा ३७ जनाको दरबन्दी रिक्त, जाजरकोटमा ६५ जनाको दरबन्दी भएकोमा ५५ जनाको दरबन्दी रिक्त रहेका छ ।
दैलेखमा ६५ दरबन्दीमा ४१ जनाको दरबन्दी रिक्त, सल्यानमा ६५ दरबन्दीमा ५५ जना रिक्त, रुकुम पश्चिममा ४८ जनाको दरबन्दी भएकोमा ३३ जनाको दरबन्दी रिक्त रहेको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयहरु सुर्खेतमा १५ जनाको दरबन्दी रहेकोमा ३ जनाको दरबन्दी रिक्त छ । जुम्लामा १६ जनाको दरबन्दी भएकोमा ४ जनाको दरबन्दी रिक्त रहेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखामा ६ जनाको दरबन्दी भएकोमा २ जनाको दरबन्दी रिक्त रहेका छ । प्रदेश आयुर्वेदिक औषधालयमा आठ जनाको दरबन्दी रहेको सात जना कार्यरत रहेका छन् भने एक जना अध्ययन बिदामा रहेका छन् । मानव संसाधन विकास केन्द्रमा चार जनाको दरबन्दी भएकोमा दशौं तहका कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।
प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकर रिजालले कार्यालयलले ४३ जनाको दरबन्दी मागे पनि पहिलाभन्दा दुई जना मात्रै थप गरेर आठ जनाको मात्रै दरबन्दी स्वीकृत गरेको बताए । औषधालयलाई अस्पताल बनाउनका लागि हालको दरबन्दीले काम गर्न एकदमै समस्या हुने भएकाले दरबन्दी बढाउनुपर्ने उनको माग छ ।
यता, सामाजिक विकास मन्त्रालयले कर्णालीमा उपचार गर्न आउने डाक्टरलाई विशेष प्रोत्साहन भत्ता दिने तयारी गरेको मन्त्री दल रावलले जानकारी दिए ।
उनका अनुसार कर्णालीमा कार्यरत चिकित्सकका लागि भौगोलिक विभाजनका अतिरिक्त तह तथा पदका आधारमा विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको हो ।
‘११ औं तहका विशेषज्ञ चिकित्सक सुर्खेतमा कार्यरत भए तलबको ७५ प्रतिशत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा मासिक ९० प्रतिशत सुविधा पाउनेछन । कालीकोट र जुम्लामा मासिक १०० प्रतिशत तथा मुगु, डोल्पा र हुम्लामा १ सय ३५ प्रतिशत थप सुविधा दिइनेछ,' मन्त्री रावलले भने, ‘नवौं र दसौं तहका विशेषज्ञ चिकित्सक सुर्खेतमा भए तलबको ७५ प्रतिशत सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ८० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् ।'
रावलले चिकित्सकलाई कालीकोट र जुम्लामा मासिक ९० प्रतिशत तथा मुगु, डोल्पा र हुम्लामा मासिक १ सय २५ प्रतिशत सुविधा थप्ने निर्णय गरिएको बताए ।
आठौं तहका चिकित्सक सुर्खेतमा कार्यरत भए तलबको ५० प्रतिशत सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखमा ६० प्रतिशत, कालीकोट र जुम्लामा मासिक ७५ प्रतिशत अतिरिक्त सुविधा पाउनेछन ।
मुगु, डोल्पा र हुम्लामा मासिक एक सय प्रतिशतले विशेष सुविधा दिइने भएको उनको भनाइ छ तर सरकारले निजी क्लिनिक सञ्चालन गरेका वा अन्य संस्थामा काम गर्ने चिकित्सकलाई भने यो सुविधा प्रदान नगर्ने मन्त्री रावलको भनाइ थियो ।
यसैबीच, कर्णालीमा स्वास्थ्यकर्मी पदपूर्ति नहोउञ्जेलसम्मका लागि सरकारले स्वास्थ्यकर्मी सेवा करारमा भएपनि नियुक्त गर्न लागेको मन्त्री रावलले जानकारी दिए ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...