रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएनः वकिल

ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरू समक्ष आग्रह पनि गरेका छन् ।

पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरूले बताएका छन् ।


Advertisement

उनीहरू दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । 

वकील क्वीरोजले भने, 'रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।'


Advertisement

पाराग्वेका अधिकारीहरूले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उहाँप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् ।

रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुगेका थिए । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उहाँका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए । 
 

कमेन्ट गर्नुहोस्