×

NMB BANK
NIC ASIA

ट्राफिक प्रहरीको कमाउ धन्दा, प्रदेशको दबाबमा ट्राफिक पोस्टमा काजका प्रहरी

फागुन २९, २०७६

NTC
Premier Steels

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा २३ जनाको दरबन्दी छ तर कार्यालय मातहत ४८ जना कार्यरत छन् ।

Muktinath Bank

दरबन्दी बाहेकका ट्राफिक प्रहरीहरू कर्णाली प्रदेश प्रहरी कार्यालयबाट काजमा खटिएर महत्त्वपूर्ण जिम्मेवारीमा छन् । सुर्खेत प्रवेश गर्ने मुख्य ट्राफिक पोस्ट र सवारीसाधनको बढी चाप हुने मुख्य राजमार्गमा प्रदेश प्रहरी कार्यालयबाट खटिएका ट्राफिक प्रहरी हर्ताकर्ता छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जिल्लाका ट्राफिक पोस्टमा काम गर्न जिल्लामै दरबन्दी भएकाहरूलाई खटाउन हाकिमहरू मान्दैनन्,’ ट्राफिक प्रहरी कार्यालय स्रोतले भन्यो, ‘पोस्टमा खटिने इन्चार्जले कम्तिमा पनि मासिक १ लाख रुपैयाँसम्म घुस उठाएर माथिल्लो निकायमा पठाउँछन् ।’ ट्राफिक पोस्टमा खटिने इन्चार्जले सिधै प्रदेश प्रहरी कार्यालयमा सम्पर्क बनाएर जिल्लालाई बाइपास गर्ने गरेको ती प्रहरी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

सुर्खेत जिल्ला ट्राफिक कार्यालय अन्तर्गत १४ वटा ट्राफिक पोस्ट छन् । तीमध्ये सबैभन्दा बढी आवतजावत र चाप हुने ट्राफिक पोस्टमा गोठीकाँडा, बाँगेसिमल, सुब्बाकुना, मेहलकुना, बबई, छिन्चु पर्छन् । यी पोस्टको इन्चार्जमा काजमा खटिएका ट्राफिक प्रहरी रहने गरेका स्रोतले जनाएको छ ।

Vianet communication

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) उदयसिंह सिजापतिले स्वविवेकले ट्राफिक पोस्टका इन्चार्ज खटाउन नपाएको स्वीकार गरे । ‘अब म निरीह भनौं कि के भनौं, मैले प्रहरी खटाउन पाउँदैन । माथिबाट नै खटाउने गरेका छन् । २–४ स्थानमा मैले पनि खटाएको छु,’ उनले भने, ‘नयाँ डीआईजी सा’प आउने भन्ने कुरा सुनेको छु, उहाँ आइसकेपछि समस्या समाधान हुन्छ कि ?’

प्रदेश ट्राफिक प्रहरी कार्यालयले नै अधिकांश ट्राफिक पोस्टमा प्रहरी खटाउने गरेको उनको गुनासो छ । ‘खासमा जिल्लाभर प्रहरी खटाउने जिम्मा मेरो नै हो,’ उनले भने, ‘तर पनि यस्तो समस्या भइरहेको छ, चाँडै समस्या समाधान होला ।’

कुन ट्राफिक पोस्टमा को ?

सबैभन्दा बढी चाप हुने नाका गोठीकाँडामा प्रहरी जवान रामबहादुर राना खटिएका छन् । ‘यो बाटोबाट जुम्ला जाने जीपबाट मासिक रुपमा १ हजार रुपैयाँका दरले घुस उठाउने जिम्मा यहीँ पोस्टको छ,’ प्रहरी स्रोतले भन्यो, ‘सबैभन्दा मालदार र कमाइ हुने नाकाको रुपमा यसलाई लिइन्छ । हाइस तथा अन्य सवारीसाधनबाट कमाइ पर्याप्त हुने हुँदा यो आकर्षक नाका हो ।’

अस्थायी ट्राफिक पोस्ट छिन्चुमा प्रहरी हवल्दार गजेन्द्रबहादुर सिंह कार्यरत छन् । उनले विगत ४ वर्षदेखि विभिन्न पोस्टमा काम गर्दै आइरहेका छन् । उनी जिल्लामा काज लिएर आएका छन् । बाङ्गेसिमल पोस्टमा प्रहरी जवान कविराज कँडेल कार्यरत छन् ।

सुब्बाकुनामा प्रहरी हवल्दार धनबहादुर खड्का कार्यरत छन् भने बड्डीचौरमा प्रहरी जवान पदमबहादुर शाही कार्यरत छन् । कपासेमा प्रहरी जवान कुलबहादुर शाही, बबईमा प्रहरी हवल्दार फुलाराम चौधरी, जहरेमा प्रहरी हवल्दार प्रदीप रोकाया, मेहलकुनामा प्रहरी हवल्दार यमबहादुर चौधरी, बोटेचौरमा प्रहरी हवल्दार भगवत चौधरी, बादेपिपलमा भीमबहादुर धामी र लेकबेसीमा प्रहरी जवान बाबुलाल बस्याल कार्यरत छन् । यी सबै पोस्टमा खटिएका इन्चार्ज काजमा परिचालन भएका स्रोतको दाबी छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले भने इन्सपेक्टर सिजापतिको गुनासोको खण्डन गरेको छ । ‘उहाँकै समन्वय, आग्रह र रायका आधारमा हामीले ट्राफिक प्रहरी खटाइरहेका छौं,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज चौरासियाले भने, ‘उहाँहरू आफूसँग कम जनशक्ति भएको भन्दै खटाइदिन भन्नुहुन्थ्यो । त्यहीँ आधारमा हामीले तालुकदार निकायसँगको समन्वयमा जनशक्ति पूर्ति गर्दै आइरहेका छौं ।’

कमिसनको चक्करमा प्रदेश ट्राफिक प्रहरी कार्यालयले काजका जनशक्ति पोस्टमा खटाउने गरेको आरोपको समेत उनले खण्डन गरे । ‘हामीले कसैबाट कमिसन उठाउने गरेका छैनौं । उहाँहरूले नै जनशक्ति खटाउनुभएको हो । उहाँहरूको माग अनुसार हामीले जनशक्ति उपलब्ध गराइदिएका हौं,’ उनले भने, ‘के कारणले उहाँले आफूलाई निरीह भन्नु भएको हो मलाई थाहा भएन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x