कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
चैत १, २०७६
सुर्खेतको वीरेन्द्रनगरकै पुरानो भवानी छापाखानाको सञ्चालक छिन् हिमाकुमारी उपाध्याय । हाल आफूसँग १० करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको उनी बताउँछिन् तर कुनै बेला उनलाई साँझबिहानको छाक टार्न पनि धौंधौं हुन्थ्यो । ती दिन धेरै पुराना होइनन्, मात्रै १०–१२ वर्षअघि ।
पत्रिका बिक्री गर्ने ‘हकर’ हिमा कसरी करोडपति बन्न सफल भइन् ? उनको संघर्षपूर्ण कथा धेरैका लागि प्रेरणादायक बन्न सक्छ ।
२०४७ चैत्र ११ गते सुर्खेतको कल्याण गाविस–८ मा जन्मिएकी हिमा कक्षामा सधैं प्रथम हुन्थिन् । कक्षामा प्रथम भएबापत उनले केही नगद पुरस्कार पाउने गर्थिन् । ‘२ कक्षामा प्रथम हुँदा मैले पुरस्कारबापत पाएको पैसाले घरमा भाले र एउटा पोथी कुखुरा किनेर पाले । आमाले घर खर्च चलाउन गाउँमा केरा संकलन गरेर बिक्री गर्नुहुन्थ्यो । स्कूल बिदाको दिनमा म पनि आमासँगै केरा संकलन गरेर घरदेखि ३ घण्टाको पैदल यात्रामा वीरेन्द्रनगर आएर बेच्थ्यौं,’ उनले बाल्यकाल सम्झिइन्, ‘केरा बेचेर नाफा भएको पैसा मेरो हातमा हुन्थ्यो, त्यो क्षणमा म धेरै खुशी हुन्थे । मनमनै सोच्थे – यो पैसा म जस्तै पैसा अभावले पढ्न नपाएका र दुःखीहरूलाई दिन पाए हुन्थ्योझै लाग्थ्यो ।’
प्राथमिक शिक्षा गाउँ नजिकैको स्कूलबाट पास गरेपनि बाँकी पढाइका लागि उनलाई सहज थिएन । घरदेखि ३ घण्टा टाढाको हिँडाइपछि मात्र माध्यामिक स्कूल पुग्नुपर्थ्यो । उनले दुःख कष्ट भोग्दै माध्यमिक शिक्षा हासिल गरिन् । गाउँमा एसएलसी पास गरेका कोही महिला उतिबेला रहेनछन् तर उनले भने एसएलसी पास गरिन् । एसएलसी परीक्षा सकिएपछि खाली समयको सदुपयोग गर्न खोलाको बालुवा संकलन गर्ने काम गरेको समेत उनले बताइन् ।
गाउँमा केरा संकलन गर्ने काम प्रभावकारी नभएपछि उनले झुप्रा खोलामा बालुवा संकलन गर्ने काम गर्न थालिन् । ‘खोलामा गएर वालुवा संकलन गर्दै उच्च शिक्षा पढ्ने सोच बनाएँ । बालुवा संकलन गर्ने काम यति गाह्रो थियो कि दिनभर बालुवा बनाएपछि साँझ त्यो हातले खाना खान त के, चम्चा समाउन सक्थेनँ तर बाध्यता दैनिक बालुवा संकलन नगरे उच्च शिक्षा पढ्ने सपना अधुरै हुने भएकाले काम गरिरहें,’ उनी सम्झिन्छिन्, ‘खोलामा मैले काम गरेको देख्दा मान्छे कानेखुशी गर्थे र भन्थे – नानी तिमी त यत्रो पढेको मान्छे किन यहाँ यसरी बालुवा बनाउन आएको ? जागिर खाए हुने नि ! बालुवा संकलन गर्यो भने मात्र दैनिक हजार रुपैयाँ कमाइ हुन्थ्यो ।’
उनी जवान हुँदै जाँदा बिहे गर्न र फकाउन समेत धेरै आए तर पढाइका कारण वास्ता गरिनन् । पछि उनले २०६७ मंसिर २९ गते पारिवारिक सहमतिमै जाजरकोटका दिपक बुढासँग अन्तरजातीय विवाह गरिन् । दिनभर नकमाए साँझ भोकै बस्नुपर्ने अवस्था दिपकको पनि थियो । ‘विवाहपछि म सहकारीको फिल्ड प्रतिनिधिको रुपमा हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड लाटीकोइलीमा काम गर्थें, जसबाट आएको पैसाले ४ जनाको परिवारलाई पाल्न त के साँझबिहान खानसम्म पुग्दैनथ्यो, म सधै एक्लै रुन्थें । भोलि के खाने र खुवाउने ? के अब जिन्दगी यसरी नै चल्ला त भनेर सोच्थें,’ उनले भनिन्, ‘समय बित्दै गयो, दिन फेरिने छाँटसम्म थिएन । आफू त भोकै बस्न सकिन्थ्यो तर घरमा नन्द, देवरलाई के खुवाउनु ? कहिले चामल हुन्थ्यो, दाल हुन्थेन, दाल हुन्थ्यो, तेल हुन्थेन कतिदिन चल्ला यसरी लाग्थ्यो । जिन्दगीमा पेटभर खाने दिन कहिल्यै आउँदैन, कहिलेकाहीँ आमाले चामल दाउरा पठाइदिनुहुन्थ्यो । खाना त यस्तै थियो, जब कलेजको शुल्क, किताब, कपडा, चाडबाड आउँथ्यो अभिसाप नै भएर आउँथ्यो । कति रात त दुवै बुढाबुढी रोएरै बसिदिन्थ्यौं ।’
समय बित्दै जाँदा पत्रिका बिक्री गर्ने व्यवसाय शुरू गर्ने योजना बनाइएको हिमाले बताइन् । ‘२०६८ वैशाखदेखि अल्फा कम्युनिकेसन कर्नर नाममा फर्म दर्ता गरी राष्ट्रिय पत्रिकाको वितरण शुरू गर्यौं । एकातिर मेरो सहकारीको जागिर, अर्कोतर्फ पत्रिका बिक्री गर्ने कार्य आफैंमा चुनौतीपूर्ण थियो । त्यसमा पनि महिलाले पत्रिका बोकेर घरघर पुर्याउन जाने अर्को चुनौती थियो,’ उनी भन्छिन्, ‘म त्यो गर्मीमा दिनभर साइकलमा पत्रिका बाँड्थें । सुर्खेतमा पत्रिका बाँड्ने पहिलो महिला सम्भवतः म नै थिएँ । एकातिर सहकारीको जागिर र एकातिर पत्रिका बाँड्नुपर्ने म बिहान सहकारीको पैसा उठाउन जान्थें अनि दिउँसो पत्रिका बाँड्न । पत्रिका बाँड्न जाँदा मलाई धेरैले खिल्ली उडाउँथे तर मलाई त्यसको कुनै पर्वाह थिएन । किनकि म काममा विश्वास राख्थे । बिस्तारै पत्रिकाको ग्राहक पनि बढ्दै गए र दिनमा १०–२० रुपैयाँ खुद्रा बिक्रीबाट पनि कमाउँथें ।’
नियमित सेवा राम्रो भएकाले साउनबाट पत्रिकाको माग बढ्यो । उनी नागरिक, कान्तिपुर, गोरखापत्र गरेर दिनमा ४५० पत्रिका बाँड्न थालिन् । उनको कमाइ बिस्तारै कोठा भाडा तिर्न सक्ने हुन थाल्यो । ‘राम्रो गर्नुपर्छ, केही नयाँ गर्नुपर्छ भनेर सधै नयाँ योजनाबारे सोचिरहन्थ्यौं । पसल शुरू गरेको पनि वर्षदिन पुग्न थालेको थियो, अलि–अलि पैसा जम्मा गरेका थियौं । त्यसैले एउटा बाइक किन्ने, सहकारीको जागिर पनि छाड्ने र धेरै टाढासम्म बाइकमै पत्रिका बाँड्ने सोचका साथ बाइक किन्यौं,’ उनले भनिन् ।
यसैबीच हिमाको परिवारमा नयाँ योजना अगाडि बढ्यो । ‘नागरिक पत्रिकामा सुर्खेतको सबैभन्दा पुरानो छापाखाना भवानी छापाखाना बिक्रीमा भनेर विज्ञापन रहेछ । मेरो श्रीमान् गएर कुरा गर्नु भएछ । मूल्य १२ लाख भनेछन् । यत्रो पैसा त कहाँ पाउनु ? सोधि हेरेको पो भनेर वास्ता गर्नु भएनछ । केही दिनपछि कुरा गर्दा उहाँले मलाई सबै कुरा भन्नुभयो,’ उनले भनिन्, ‘१ वर्षभित्र पूरा रकम नबुझाएपछि दिएको पेश्की रकम पनि पच गराउने र छापाखाना पनि आफैं फिर्ता लिने गरी कागजी सहमति भयो । २०६९ साउन १ गतेबाट हामीले जिम्मा लियौं ।’
छापाखानामा हात हालेपछि हिमाको जिन्दगीले नयाँ मोड लियो । उनले मशिन चलाउन पनि सिकिन् । ‘धेरै दिनसम्म श्रीमान्ले रातिमा मशिनको कालो पुछ्ने र मैले मशिन चलाएर रातभर पत्रिका छाप्थ्यौं । नानी पेटमा ५ महिना हुँदासम्म मैले मशिनमा काम गरें । अनि त कर्मचारीहरू पनि नियमित आउन थाले । नयाँ खालको व्यवस्थापन गर्यौं छापाखानामा । महिलालाई नै व्यवस्थापनको प्रमुख बनाइदिएँ,’ उनले भनिन् ।
नयाँ कर्मचारी थप्दा पनि महिला कर्मचारी नै थपिन् उनले । व्यावसायिक यात्राका दौरान अझै पनि उनलाई के विश्वास छ भने महिलालाई दिएको जिम्मेवारी पुरुषलाई दिएको जिम्मेवारीभन्दा कयौं गुणा सफलतापूर्वक निर्वाह गर्न सक्छन् । ‘महिलालाई प्रमुख बनाएपछि व्यवस्थापन पक्ष बलियो भएको छ,’ उनले भनिन् ।
छापाखाना जिम्मा लिएको १ वर्ष पूरा नहुँदै ८ महिनामा २०६९ चैत्र मसान्तमा छापाखानाको सबै ऋण चुक्ता गरिएको उनले स्मरण गरिन् । त्यसपछि छापाखानाको पूर्ण स्वामित्व हिमाको नाममा आयो । २०७० असार मसान्तसम्म उनले अन्यत्रको सबै ऋण चुक्ता गर्न सफल भइन् ।
‘सबै ऋण तिरेको ७ महिनापछि २०७० माघमा एउटा नयाँ अफ्सेट प्रेस मशिन ८ लाखमा थपें । व्यवसाय शुरू गरेको ८ वर्ष पुग्दैछ,’ उनले सम्झिइन्, ‘पत्रिका बिक्रीबाट शुरू भएको व्यवसाय छापाखाना साहुसम्म पुगेको छ । यही व्यवसाय शुरू गरेर वीरेन्द्रनगरमा १ विगाह जग्गा, घडेरी, एउटा घर, २ वटा गाडीको मालिक भएको छु । छापाखानाको सम्पत्ति जोड्दा अहिले झण्डै १० करोडको सम्पत्ति पुगेको छ ।’
हिमाले २०७२ असोज १ गतेदेखि करीब ३० लाख रुपैयाँको लगानीमा जाजरकोटमा सिद्धिविनायक अफ्सेट प्रेस खोलेर सेवा विस्तार गरेकी छन् । यसै वर्ष २०७६ असारदेखि डोल्पा सदरमुकाम दुनैमा समेत त्रिपुरासुन्दरी अफ्सेट प्रेस सञ्चालनमा ल्याइएको छ । सुर्खेतमा मात्रै वार्षिक २ करोड बढीको कारोबार गर्छिन् उनी । आफ्नो सफलतामा श्रीमान् दिपक बुढाको मुख्य भूमिका, उत्साह र साथ रहेको उनले बताइन् ।
व्यावसायिक रुपमा सफल भएपछि सरकारले नै हिमालाई २०७३ जेठमा सम्मान गरेको थियो । देशभरका उत्कृष्ट १० महिला उद्यमीभित्र परेर हिमाले सरकारबाट ‘सफल उद्यमी’ सम्मान पाएकी थिइन् ।
उनी कमाइ र कारोबारमा मात्रै सीमित छैनन्, समाजसेवा गर्न पनि थालेकी छिन् । ‘सेडा क्याम्पस सुर्खेतले नर्सिङ पढेकी छात्राको शुल्क बाँकी हुँदा मार्कसिटको फोटोकपीसम्म दिएन । मैले आर्थिक सहयोग गरेर शुल्क तिरिदिए,’ उनले भनिन्, ‘ती छात्रा अहिले लोक सेवामा नाम निकालेर सरकारी जागिरे छिन् ।’
आफूले माध्यमिक शिक्षा लिएको सरस्वती मावि कल्याणलाई उच्च मावि बनाउन उनले ५१ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरिन् । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पताल बनाउन २५ हजार ५५५ रुपैयाँ र सुर्खेतमा सञ्चालित वृद्धाश्रमको ५ हजार रुपैयाँ सहयोग गरेर आजीवन सदस्य बनेको उनले बताइन् । सुर्खेतमा आएको बाढीका पीडित लगायतका थुप्रै ठाउँमा आर्थिक सहयोग गरेकी छन् उनले ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...