×

NMB BANK
NIC ASIA

हेल्थ डेस्कमा कर्णालीका मुख्यमन्त्रीको ‘छापामार’ शैलीको अनुगमन

चैत १, २०७६

NTC
Premier Steels

विश्वलाई नै आतंकित पारिरहेको कोरोना भाइरसबाट बच्न गरिएको तयारीबारे बुझ्न शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘छापामार’ शैलीमा भेरीगंगा नगरपालिका–५ बबई र प्रदेश अस्पताल कालागाउँमा अनुगमन गरेका छन् ।

Muktinath Bank

अनुगमनस्थलमा कसैलाई थाहै नदिई विभागीय मन्त्रालयलाई समेत ढिलो मात्रै जानकारी दिएर मुख्यमन्त्री शाही हेल्थ डेस्कको अवस्था बुझ्न बबई पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भित्रिने प्रमुख नाकाको रुपमा रहेको बबई पुल नजिकै फागुन २६ गतेदेखि निरन्तर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा निर्देशनालयले हेल्थ डेस्क नै स्थापना गरी जाँच गर्दै आइरहेको छ । दैनिक रुपमा २५ सयदेखि ३ हजारभन्दा बढी यात्रुलाई जाँच गर्ने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘हिजो नै मैले खबर गरेको भए थप तयारी गर्नुहुन्थ्यो होला । जाँच प्रक्रियालाई व्यवस्थित गर्ने थिए होलान् तर मलाई वास्तविकता पत्ता लगाउनु थियो । त्यसैले तपाईले भने जस्तै छापामार शैलीमा नै गएँ,’ उनले भने, ‘कहाँ के अभाव छ ? कसरी डेस्कलाई व्यवस्थापन गर्न सकिन्छ र कर्णालीमा कोरोनालाई कसरी प्रवेश गर्न रोक्न सकिन्छ भन्ने कुराको जानकारी लिन र उपाय अवलम्बन गर्न म यहाँ आएको हुँ ।’

Vianet communication

बबईमा २ वटा शौचालय बनाउन, चौविसै घण्टा स्वास्थ्य जाँच गर्न, ब्यारेल नै निर्माण गर्न र कर्मचारी थप गर्न उनले निर्देशन समेत दिए । ‘कोरोनालाई कर्णाली प्रदेशमा प्रवेश नै गर्न नदिने गरी अघि बढनुस् । मोटरसाइकल सवार होस् वा अन्य कुनै सवारीमा आवतजावत गर्ने नागरिक होउन्, सबैलाई कडा निगरानीका साथ जाँच गर्नुस् । शंका लागेको खण्डमा तत्काल जाँच र उपचारमा ध्यान दिनुस्,’ मुख्यमन्त्री शाहीले भने, ‘विकसित देश नै तनावमा भएका बेला हामीले चाहेर पनि नियन्त्रण गर्न समस्या हुनेछ । त्यसका लागि कोरोनालाई प्रवेश गर्न नदिनु नै हाम्रो लागि सबैभन्दा सजिलो उपाय हो ।’

भारतका विभिन्न स्थानमा नेपाली युवा रोजगारका लागि जाने गरेको बताउँदै उनले अब ती युवा फर्किने क्रम शुरू हुने हुँदा विशेष ख्याल गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए । 

बबई अनुगमनपश्चात मुख्यमन्त्री शाही सोझै प्रदेश अस्पताल कालागाउँमा आइसोलेसन बेड र क्वारेन्टाइन व्यवस्थापनको अनुगमन गर्न पुगे । प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले अस्पतालमा ५ वटा आइसोलेसन बेड तयार अवस्थामा राखिएको मुख्यमन्त्री शाहीलाई देखाए । 

मुख्यमन्त्री शाहीले कम्तिमा २०० जनालाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएर राख्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले भने, ‘कोरोना आतंकबाट नागरिकलाई जोगाउन जति सकिन्छ उपाय अपनाउनुस्, बजेटको कुनै पनि चिन्ता नमान्नुस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x