×

NMB BANK
NIC ASIA

रोजगारीका लागि भारत गएकालाई १० दिनभित्र फर्किन आग्रह, फर्केपछि क्वारेन्टाइनमा राखिने

चैत ७, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारले कर्णालीमा कोरोनाको उच्च जोखिम भएको बताउँदै आगामी दश दिनभित्र कर्णालीमा फर्किन भारतमा रहेका कर्णालीवासीलाई आव्हान गरेको छ ।

Muktinath Bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार कोरोना भाईरस (कोभिड(१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले भारतमा रोजगारीका लागि गएका हजारौं नेपाली युवाहरु कर्णाली फर्किने सिजन सुरु भएको बताउँदै सो अवधिभित्र कर्णाली फर्किसक्न आग्रह गरिएको सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कर्णाली भित्रिने नाकाहरुमा कडाई गर्ने, कर्णालीका नागरिकमात्रैे आउन दिने, विदेशीले आउनैपर्ने भए पूर्वअनुमति लिएर आउनुपर्ने, ५० करोड कोष खडा गरी कोषमार्फत खर्च अगाडि बढाउने निर्णय भएको जानकारी दिइन ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार भारतबाट फर्केर आउने युवालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने तयारी गरिएको हो ।

Vianet communication

‘कोरोनाको संक्रमण हुने खतरा कर्णालीमा बढेको छ । हजारौं युवाहरु रोजगारीका लागि भारत गएका छन् । उनीहरु फर्किरहेका छन् । उनीहरुलाई आगामी दश दिन भित्र कर्णाली भित्र प्रवेश गरिसक्न आग्रह गर्ने निर्णय भएको छ,’ मन्त्री केसीले भनिन्, ‘यसका अलावा वीरेन्द्रनगरमा एक हजार जनालाई क्वारेन्टाइनमा राख्ने तयारी सुरु गरेका छौं । ४०० जनालाई रेडियो नेपालको चौरमा पाल टाँगेर र ६ सय जनालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा राख्ने व्यवस्था मिलाएका छौं । आजै देखि तयारी सुरु भएको छ । आगामी तिन दिन भित्र हामी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछौं ।’

उनका अनुसार बैठकले मन्त्रीहरुको संयोजकत्वमा विभिन्न समितिहरु पनि गठन गरेको छ । कोरोनाको व्यवस्थापनका लागि कार्यान्वयन समितिमा सामाजिक विकास मन्त्री दल रावल, कानून मन्त्री नरेश भण्डारीको अध्यक्षतामा अनुगमन समिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको अध्यक्षतामा आपूर्ति समिति गठन गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x