×

NMB BANK
NIC ASIA

भारतीय सीमाबाट ६०० नेपालीलाई भित्र्याएर सिधै पठाइयो गाउँघर, क्वारेन्टाइनमा राखिएन

चैत ११, २०७६

NTC
Premier Steels

नेपाल–भारत सीमानाका बेलहियामा अलपत्र परेका नेपालीलाई प्रवेश अनुमति दिइएको छ ।

Muktinath Bank

सरकारले नेपाल प्रवेश गर्न अनुमति दिएपछि फाराम भर्न लगाएर सबैलाई प्रहरीले नेपाल प्रवेश गर्न दिएको हो  तर उनीहरू क्वारेन्टाइनमा नराखेर सिधै घर जान दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रवक्ता खड्गबहादुर खत्रीले नाकामा रोकिएका ६०० नेपालीलाई नाम, ठेगाना र मोबाइल नम्बर सहितको फर्म भराएर घर जान दिइएको लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘बिहान १० बजेदेखि रोकिएकाहरूलाई राति ८ बजेसम्म फर्म भराएर घर जान दिइयो । क्वारेन्टाइममा पठाइएन । उनीहरू गुल्मी, पाल्पा, अर्घाखाँची, पोखरा र बाग्लुङका रहेछन् ।’ 

Vianet communication

नेपालीलाई नाकामा रहेको हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराएर नेपाल प्रवेश गर्न दिइएको छ । भारतबाट नेपाल प्रवेश गर्नलाई क्वारेन्टाइनमा नराखी सिधै घर जान दिँदा गाउँमा कोरोना भाइरसको जोखिम बढेको छ । सोमवार बिहान १० बजे अगाडिसम्म मात्रै  ८१५ जना नेपाल प्रवेश गरेका थिए ।

आइतवार ४ हजार र शनिवार १७ हजार नेपाली भारतका विभिन्न क्षेत्रबाट घर फर्किका थिए । भारतमा कोरोना संक्रमणको दर बढ्दै जाँदा भारतका विभिन्न शहरबाट नेपाल आउनेमा कोरोनाको जोखिम उच्च हुनसक्छ ।

प्रहरीले अहिले सीमा नाकामा कडाइ गरेको छ । अहिले नाकाबाट मालबाहक र इन्धनका गाडीबाहेक अन्य मानिस र गाडी ठप्प राखिएको छ । खत्रीले सीमामा र जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको बताए ।
बुटवल बजारमा अहिले सुनसान छ । गाडी ठप्प छन् । बजार बन्द छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x