×

NMB BANK
NIC ASIA

कर्णालीमै तयार भयो स्वास्थ्यकर्मीलाई सुरक्षित पोशाक, २५ हजार पर्ने पीपीई अब १ हजारमा !

चैत ११, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पतालमा कोरोनासँग लड्ने डाक्टरहरूले लगाउने सुरक्षित पोशाक अभाव भएपछि डाक्टरहरुले स्थानीय स्तरमा पाइने विभिन्न सामाग्रीहरुको प्रयोग गरी स्थानीय होजियारी कम्पनीसँग सहकार्य गर्दै उत्पादन शुरू गरिएको छ ।

Muktinath Bank

प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसीले बताए प्रदेश अस्पतालमा कार्यरत डाक्टर, सुर्खेत उद्योग वाणिज्य संघ लगायतको सहयोगमा पचास हजार रुपैंया जुटाएर किट निर्माण कार्य सुरु गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यसको डिजाइन हामी सबै डाक्टरहरु मिलेर गरेका हौं,’ डा. केसीले भने, ‘विदेशबाट ल्याउन अहिले स्म्भव नभएको र कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीका लागि यो किट अत्यावश्यक परेका कारण विदेशमा उत्पादन भएका किटको विकल्पमा कर्णालीमा नै उत्पादन गर्न सुरु गरेका हौं ।’


Advertisment
Nabil box
Kumari

किटमा सुरक्षित गाउन, ग्लोब्स, मास्क, प्रोटेक्टिव हेडसेट रहने गरेको उनले बताए । विदेशबाट आयात गर्दा यसको मूल्य नेपाली १० हजारदेखि २५ हजारसम्म प्रतिसेट पर्ने तर यहाँ नै डिजाईन गरिएको यो किट तयार गर्न एक हजार मात्रै लाग्ने गरेको उनको भनाइ छ ।

Vianet communication

‘देश नै लकडाउन भइसकेको अवस्थामा हामीले नागरिकको स्वास्थ्य जाँच गर्नैपर्ने र त्यसका लागि कडा रुपमा स्वास्थ्यको सुरक्षा गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘कोरोना भाइरस कपडामा १२ घण्टासम्म बच्ने र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको खण्डमा धेरैलाई सर्ने जोखिम भएको हुँदा कोरोना जाँच गर्ने, क्वारेन्टाइनमा बस्ने, सीमा नाकामा बस्ने स्वास्थ्यकर्मीलाई प्रतिव्यक्ति दुई सेट यो किट आवश्यक पर्छ ।’

उनले बुधबार दुई सय वटा बराहताल र चौकुने गाउँपालिकाका स्वास्थ्यकर्मीलाई वितरण गर्ने र विहीबार वीरेन्द्रनगरमा रहेका नगर स्वास्थ्य तथा निजी क्लिनिकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गर्ने योजना बनाएको बताए ।

‘क्लिन सिटी, ग्रीन सिटीका अभियान्तासमेत रहेका डा. केसीले कुनै अभियानबाट यो काम नगरेको बताउँदै यहाँ अत्यावश्यक परेका कारण मात्रै यस्तो डिजाइन गरिएको बताए । ‘यो किटको लागत खर्च मात्रै एक हजार पर्ने रहेछ,’ उनले भने, ‘कम्तिमा कर्णालीका सबै स्वास्थ्यकर्मीलाई यो किट वितरण गर्न सके स्वास्थ्यकर्मी तथा संचारकर्मीलाई अत्यन्तै राहत पुग्ने देखिन्छ ।’

उनले अहिले आफुहरुसँग पचास हजार रुपैंया रहेको र दक्षिण कोरियामा कार्यरत लक्ष्मी नारायण बस्नेतको टिमले पचास हजार पठाइदिने बताएका कारण जति सकिन्छ निःशुल्क रुपमा वितरण गर्ने तयारी गरेको बताए । ‘स्थानीय तथा प्रदेश सरकारले चाहेको खण्डमा यस्ता किटहरु होजियारी उद्योगले सहजै बनाउन सक्छन् । गुणस्तरीय तथा स्थानीय उत्पादनको प्रयोग बढि भएका कारण यो सस्तो पनि छ,’ उनले भने ।

उनका अनुसार यो किटको प्रयोग गरेको खण्डमा स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण हुनबाट अहिलेको भन्दा एक सय गुणा बढी बचाउन सकिन्छ ।

यता, सामाजिक विकासमन्त्री दल रावलले त्यस्ता किट संघीय सरकारसँग माग गरेको र आज ५० पिस किट आइपुग्ने बताए । यद्यपी कर्णालीका डाक्टरले नै उत्पादन गरिरहेको भन्ने सुनेको बताउँदै यदि उक्त किट गुणस्तरीय भएको खण्डमा बाहिरबाट नल्याउने बरु यहीं उत्पादन बढाउने योजना रहेको उनको भनाइ छ ।

‘यहीं उत्पादन भएछ र किट उच्च गुणस्तरयुक्त बनाउन कर्णालीका डाक्टर सफल भएछन भने हामी यही प्रयोग गर्न लगाउँछौं । अन्यत्रबाट ल्याउन जरुरी नै छैन,’ उनले भने, ‘कर्णालीका उर्जावान डाक्टरहरु लागिरहेका छन् । यसका लागि सरकारले दश बीस लाख होइन एक करोड आवश्यक पर्छ भनेपनि लगानी गर्न तयार छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x