कोरोना संक्रमित युवतीसँगै आएका कैलाली र कञ्चनपुरका २ जना अस्पतालमा

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

कोरोना संक्रमित युवती आएको एयरवेजको क्यूआर ६५० नम्बरको जहाजमा कैलाली र कञ्चनपुर जिल्लाको रहेको पनि पाइएको छ ।

सोही जहाजमा आएकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि कैलालीको धनगढीको यूवक आफ्नो भाई सहित सेती प्रादेशिक अस्पतालमा आएका छन् ।


Advertisement

प्रहरीले धनगढीका १ जना युवक सोही जहाजमा आएको थाहा पाएपछि बुधबार दिउँसोदेखि खोजी शुरु गरेको थियो । उनी साँझ भाईसंगै मोटरसाईकलमा अस्पताल पुगेका थिए । अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि आईसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

डा. जोशीले उनको थ्रोट स्वाव परीक्षणका लागि विहिबार काठमाण्डौं पठाउने जानकारी दिए । त्यस्तै उनको परिवारजनलाई घरमै सेल्फ आईसोलेसनमा राखिएको जनाइएको छ ।


Advertisement

धनगढी उपमहानरपालिका वडा नम्बर ३ त्रिनगर भन्सार स्थायी बसोबास भएका उनी चैत ४ गते फ्रान्सबाट कतार एयरवेजमा नेपाल आएका थिए । 

त्यस्तै, सोही जहाजमा सवार हुनेमा कञ्चनपुरको दोदोधराको पनि रहेका छन् । उनी पनि बुधबार महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई पनि अस्तपतालको आईसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए ।

उनको थ्रोट स्वाव परीक्षणको लागि आज विहिबार पठाइने जनाइएको छ । सँगै नेपाल आउने युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी शुरू गरेको हो ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्