तीन दिनमै साढे ४ लाख सिलिण्डर ग्यास आयात

सरकारले ११ चैतदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेपछि खाना पकाउने ग्यासको माग बढेको छ। ग्यासको माग बढेसँगै तीन दिनमा मात्र साढे चार लाख सिलिण्डर ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको छ।

कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार दैनिक १ लाख सिलिण्डर ग्यासको माग भइरहेको छ। 


Advertisement

बिहीबार विराटनगर भन्सारबाट १७  बुलेट ग्यास भारतबाट नेपाल भित्रिएका छन्। त्यस्तै गौरीफन्टाबाट २ बुलेट ग्यास आयात भएको छ।  

निगमले बिहीबारबाट आधा भरिएका सिलिण्डर बिक्री गर्ने निर्णय गरेको छ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्