×

NMB BANK
NIC ASIA

तयारी अवस्थामा छौं, कोरोनाबाट नागरिकलाई जसरी पनि बचाउँछौं : राज्यमन्त्री मानन्धर

चैत १४, २०७६

NTC
फाइल फोटो
Premier Steels

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रबन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । 

Muktinath Bank

नागरिकको जीवन रक्षाका लागि सरकारले अथक मेहेनत गरिरहेको बताउँदै मन्त्री मानन्धरले लकडाउनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य हेलचक्राइँले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपय भएको मन्त्री मानन्धरले बताए ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा सहयोग गर्नका लागि सहरी विकास मन्त्रालयले ७ सदस्यीय समिति गठन गरेको जानकारी गराउँदै मन्त्री मानन्धरले क्वारेन्टाइन स्थलको अभाव हुन नदिने बताए ।

Vianet communication

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरूको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

मन्त्रालयमा सचिवसहित उच्च अधिकारीहरूसँग आफू निरन्तर छलफलमा रहेको बताउँदै मन्त्री मानन्धरले मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम तयारी अवस्थामा रहेको बताए ।

काठमाडौंमा खुला स्थानका रूपमा चक्रपथसहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । 

मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनासक औषधि छर्कने काम थालेको बताउँदै भित्री शहरमा पनि उक्त व्यवस्था मिलाइने बताए ।

मन्त्री मानन्धरले आ-आफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तीव्र पार्न देशभरका नगरपालिकाहरूलाई आग्रह समेत गरेका छन् ।

ठूला नदीका किनारका फराकिला स्थान र बजारहरूका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ । 

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरूलाई मन्त्री मानन्धरले धार्मिक ग्रन्थहरू र ज्ञानवर्द्धक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् ।

वद, पुराण, रामायण, महाभारत लगायतका हिन्दू ग्रन्थहरूमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।

साथै अनुष्ठान र योगाभ्यासले शरीरलाई तन्दुरुस्त राख्ने भएकाले ध्यान दिन पनि मन्त्री मानन्धरको सुझाव छ । 

मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारिक ज्ञान दिलाउने अवसरका रूपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।

कामकाजी मानिसहरूमा विभिन्न खाले रोगका कारण समस्या आएकाले लकडाउनका बेला घरमै बसेर खेल्न सकिने खेलहरू खेल्न र बालबालिकालाई पनि सिकाउन आग्रह समेत गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x