×

NMB BANK
NIC ASIA

मर्कामा किसान

‘लक–डाउन’को असर : दूध दुहेर गाईलाई नै खुवाउँदै किसान

चैत १६, २०७६

NTC
Premier Steels

रुपन्देहीको तिलोत्तमा–१४ टिकुलीगढस्थित लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेन्टरमा रहेका ५०० गाईमध्ये २ सय दुधालु गाई छन् । फर्मबाट दैनिक २ हजार २०० लिटर दुध उत्पादन हुन्छ । 

Muktinath Bank

कोरोना भाइरसको त्रासले मुलुक ‘लक–डाउन’ भएपछि फर्मबाट उत्पादित दूध मुस्किलले जम्मा २०० लिटर मात्र बजारमा गएको छ । फर्मका सञ्चालक शशी पौडेल भन्छन्, ‘२ दिन गाई दुहेर दूध सबै गाईलाई खुवाइयो । शनिवारदेखि घ्यू, पनिर, खुवा र क्रिम बनाउन थालेका छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही दिन अगाडि कृषिमन्त्री घनश्याम भुसालले भन्नुहुन्थ्यो । किसानलाई बजारको समस्या हुँदैन भनेर । खै हाम्रो उत्पादन किनिदिएको ? गाईभैसीलाई खुवाउने बजारमा दानाको अभाव छ । उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था आयो,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

रुपन्देहीको देवदह नगरपालिका–४ मा रहेको न्यू सापकोटा गाई फर्मबाट पनि ‘लक–डाउन’ नहुँदासम्म दैनिक ७० लिटर लिटर दूध उत्पादन हुन्थ्यो । बजारमा दानाको अभाव भएपछि उत्पादन घटेर ४० लिटरमा झरेको छ । 

Vianet communication

फर्मका सञ्चालक लक्ष्मण सापकोटाले भने, ‘गाईलाई दैनिक ३ पटक खुवाउनुपर्ने दाना १ पटकमा झर्‍यो । गाईले दूध घटाए । उत्पादित दूध पनि बजारमा जान पाएन । दूध दुहेर मही बनाउँदै गाईलाई खुवाउँदै गरेको छु । गाउँमा दूध किनेर खाओ भन्दाखेरी बिक्री नभएको दूध पनि यति महंगो कसले किनेर खान्छ भन्छन् ।’ 

जिल्लाकै सैनामैना नगरपालिका–३ मा रहेको कार्की भैसी फर्ममा पनि १० वटा दुहुना भैसी छन् । फर्मका सञ्चालक देवेन्द्र कार्कीले भने, ‘बजारमा दूध जाँदै गएन । दुहेर मही बनाएर भैसीलाई खुवाउनु सिवाय केही भएन ।’
कार्की भन्छन्, ‘स्थानीय, प्रदेश र संघीय ३ तहको राज्य हुँदा पनि किसानको उत्पादन माटोमा गयो । यस्तो भएपछि कृषि पेशामा बितिष्णा बाहेक के हुन्छ ?’

यी त केही किसानका उदाहरण मात्र हुन् । मुलुक विश्वलाई आक्रान्त पारेको कोरोना भाइरससँग लड्दा त्यसको प्रत्यक्ष मारमा किसान पनि परेका छन् । ५ दिनदेखि किसानको दूध उठ्न सकेको छैन । राज्यले लक–डाउनको अवस्थामा किसानका पीडा बुझेर दूध बिक्रीको प्रबन्ध मिलाउन सकेको छैन ।

लक–डाउनले ५ नम्बर प्रदेशका किसानको दैनिक १ लाख ५० हजार लिटर दूध नोक्सान भएको छ । नेपाल डेरी एसोसिएसनका प्रदेश अध्यक्ष कृष्ण भट्टराईले बजारमा दूधको खपत शून्यजस्तै हुँदा किसानको दूध उठ्न नसकेको बताए । ‘किसानको दूध २५ प्रतिशत पनि उठेको छैन । हामी डेरी व्यवसायीले बिहान र बेलुका भएपनि बन्दको बेला डेरी खोलेर किसानबाट दूध ल्याएर बिक्री गरेका छौं ।’ 

प्रदेशमा दैनिक १ लाख ९० हजार लिटर दूध उत्पादन हुन्छ । जसमध्ये ८० हजार लिटर बाहिर (पोखरा र चितवन) जान्थ्यो । अहिले बाहिर पनि जान पाएको छैन । प्रदेशकै बजारमा खपत हुने होटल तथा चिया पसल बन्द हुँदा स्थानीय बजारमा जाने दूध पनि ठप्प छ । स्कूल कलेज बिदा हुँदा कोरोनाको जोखिमले पहाड गएका छन् । जसले गर्दा घरघरमा दूध समेत खपत शून्य जस्तै छ । प्रदेशमा दूधका परिकार बनाउने उद्योग नहुँदा किसानहरू दूध फाल्न बाध्य भएका छन् । 

प्रदेश ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानको बिक्री नभएको पाउडर दूध बनाउन चितवन र पोखरा पठाउने तयारी गरिएको लोकान्तरलाई बताइन् । उनले भनिन्, ‘बजारमा मानिसहरू कम छन् । भएका पनि बाहिर ननिस्किँदा दूध खपत भएन । किसानको दूध आइतवारदेखि चितवन र पोखरामा रहेको पाउडर दूध बनाउने उद्योगमा पठाउने तयारीमा लागि छलफल चलिरहेका छ ।’

मन्त्रालयले लक–डाउनपछि किसानलाई लागि केही राहतको योजना समेत ल्याउने आश्वासन समेत मन्त्री पौडेलले दिइन् ।

राज्यले राहत उपलब्ध गराउनुपर्ने माग किसानले गरेका छन् । गाईभैसीलाई चाहिने दानाको अभाव भएको हुँदा त्यसको आपूर्ति छिटो हुनुपर्ने किसानको माग छ । 

पशुपालक किसानजस्तै अवस्था तरकारी किसानको पनि छ । तराईका गाउँमा तरकारी कुहिएको छ । बजारमा हरियो तरकारीको मूल्य छोइ नसक्नु छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x