×

NMB BANK
NIC ASIA

चीनबाट सामग्री किन्दा अनियमितता भएको भन्दै व्यापक आलोचना, कति बढी मूल्य तिरिएको हो ?

सरकार भन्छ– केही महंगो परेको होला, अनियमितता भएको छैन

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न सरकारले चीनबाट स्वास्थ्य सामग्रीहरू खरिद गर्दा व्यापक अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । विशेष गरी चीनमा बसोवास गर्ने नेपाली समुदायले यसको आलोचना गरिरहेका छन् ।

Muktinath Bank

चीनमा १५ वर्षदेखि बसोवास र अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको उल्लेख गर्ने नवीन विक (जो एनआरएनएमा पनि आवद्ध छन्) ले सामाजिक फेसबूकमा नै लेखेर करौडौं अनियमितता भएको आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गरेर उनले लेखेका छन्–


Advertisment
Nabil box
Kumari

'देशमा यस्तो महामारी फैलिँदै गरेको र देश पूरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नुभयो त्यो जस्तो सराहनीय र पवित्र काम स्वास्थ्य मन्त्रालयको इतिहासमा शायदै अरू कुनै हुन्थ्यो होला तर आज ठीक त्यसको विपरीत यो जत्तिको निचअपवित्र र घृणित काम तपाईं र तपाईंको मन्त्रालयबाट शायदै पहिला भएको छ । यो पाप तपाईंले रुद्री,चण्डी,सप्ताह वा तुलादान जे गरे पनि तपाईंको सात पुस्तालाई पोल्ने कुरामा कुनै २ मत छैन किनकी तपाईंले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी तथा भविष्यसँग खेलबाड गर्नुभएको छ । कोरोना टेस्ट गर्ने पीसीआर किटमा मात्रै १४ करोड?चश्मामा १५ करोड?गाउनमा मात्रै ११ करोड?मैले त यहाँ केबल केही सामानको मात्र आँकड़ा छुट्याएको छु,बाँकी त कति छन्,छन् । किन यस्तो गर्नुभयो मन्त्रीज्यू?'

Vianet communication
Laxmi Bank

उनको स्टाटसको कमेन्टमा पनि तीव्र क्रिया/प्रतिक्रिया भइरहेको छ ।

विकले त्यहाँ सरकारले सामान किन्दा खर्चिएको मूल्य र सामान उपलब्ध हुने मूल्यसूची पनि उल्लेख गरेका छन् ।

१ डलरमा उपलब्ध हुने एन– ९५ मास्कलाई ७ डलर, १० डलरमा उपलब्ध हुने पीसीआर टेस्टिङ किटलाई ३८ डलर, २५ डलरमा पाइने इन्फ्रारेड थर्मोमिटरलाई ६५ डलर, ३ डलरमा उपलब्ध हुने पोटेक्टिभ गगल्सलाई १८ डलर र ५ डलरमा उपलब्ध हुने डिस्पोजेबल गाउनलाई १६ डलर तिरिएको उनको आरोप छ । 

यी सामग्रीहरू ठूलो परिमाणमा खरिद गरिएकाले फरक पर्ने मूल्य करोडौं हुन जान्छ ।

त्यहाँ उल्लेख गरिएको वास्तविक मूल्य भनेर आफूले उल्लेख गरेको मूल्यमा आफैंले पनि सामान उपलब्ध गराउन सक्ने उनको जिकिर छ । विक चीनको गोञ्जाओमा रहेर इम्पोर्ट/एक्सपोर्टको बिजनेस गर्छन् ।

हेर्नुहोस्, उनले राखेको मूल्यसूची :

सरकारले के–के सामान खरिद गरेको थियो ?

ओबीसीआई प्रा.लि.मार्फत सरकारले कोरोना टेस्टिङ किट, मास्क, ग्लोभ्सलगायत १८ किसिमका सामग्री खरिद गरेको छ, जसको कुल मूल्य १० मिलियन ३९० थाउजेन्ट ४ हन्ड्रेड यूएस डलर अर्थात् आजको सटहीदर अनुसार करीब १ अर्ब २५ करोड ३ लाख ८० हजार बराबर हो ।

के–के खरिद गर्‍यो सरकारले ? 

सामान खरिदका लागि भएको सम्झौतामा माथि उल्लेखित सामान ३ लटमा नेपाल ल्याउने उल्लेख छ, जसको पहिलो लट नेपाल आइसकेको छ ।

त्रिभुवन विमानस्थलसम्मको ढुवानी खर्च ओबीसीआई प्रा.लि.कै हुने उल्लेख सम्झौतामा गरिएको छ ।

तर, १ अर्ब २५ करोडको सामान खरिद गर्दा ढुवानी खर्च करीब पौने ४ करोड मात्र हुने चीनमा रहेर व्यापार गर्दै आएका अर्का एक नेपाली बताउँछन् ।

नाम उल्लेख नगर्ने शर्तमा उनले भने– 'प्लेन चार्टड गरेर गोञ्जाओ लैजान र ल्याउन १ करोड २५ लाख पर्छ, ३ लटको हिसाब गर्दा ३ करोड ७५ लाख हुने भयो यसैलाई देखाएर कूल लागतको झण्डै ४० देखि ५० प्रतिशत कमिसनको खेल भएको देखिन्छ ।'

कुनै सामानमा त १० गुणासम्म पनि बढी मूल्य तिरिएको उनको आरोप छ ।

के भन्छ सरकार ?

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ कोरोनाविरुद्धका स्वास्थ्य सामग्रीको विश्वव्यापी सर्टेज भएका बेला केही महंगो मूल्य परेको स्वीकार्दै अनियमितताको आरोप भने खण्डन गर्छन् ।

'हामी मितव्ययिता र पारदर्शितामा एकदमै सचेत छौं, जनतालाई गुमराहमा पार्नुपर्ने केही छैन,' आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, 'संसारभरी अभाव छ, अभावको बेलामा पहिलाको जति भाउमा त अवश्य पाइन्न ।'  

उनले थपे, 'अत्यावश्यक सामग्री खरिदका लागि हामीले टेन्डर गर्‍यौं, बिडरहरू आउनुभयो तर कसैले पनि ल्याउन सक्ने अवस्था भएन । सबै सप्लायर्सलाई बोलायौं । तपाईंहरूको सामान छ भने सरकारले ल्याइदिन्छ भनेर प्रस्ताव पनि गर्‍यौं, त्यसका लागि ३ घण्टाको समय दिएका थियौं, जम्मा २ वटा मात्र प्रस्ताव आयो ।'

चीनको सिचुआन प्रान्त र अलिबाबा फाउन्डेसनका तर्फबाट सहयोग स्वरूप प्राप्त सामान समेत ल्याएको उल्लेख गर्दै उनले आफूहरूलाई सहयोग गर्ने दाताले ती सामान खरिद गर्दा तिरेको मूल्य पनि स्वभाविक भन्दा बढी नै रहेको जिकिर पेश गरे । 

अभावका कारण चीन सरकारले समेत महंगो मूल्यमा सामान खरिद गरेको उनको जिकिर थियो ।

सहयोगको सामान कति ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x