×

NMB BANK
NIC ASIA

जोखिमका बेला अग्रजको हेरचाह

कोरोनाको त्रासबीच ज्येष्ठ नागरिक : सरकार र परिवारले कसरी ख्याल राख्ने ?

चैत १७, २०७६

NTC
Premier Steels

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका अध्यक्ष मदनदास श्रेष्ठले टेलिफोन गर्नुभयो । उहाँले निकै खुशी हुँदै वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकले राहतस्वरुप १० हजार रुपैयाँ पाउने कुरा लगभग पक्का भएको कुरा एकै श्वासमा व्यक्त गर्नुभयो ।

Muktinath Bank

हाल विश्वव्यापीरुपमा कोरोना भाइरसको त्रास फैलिरहेको छ । जसको कारण मुलुक लक–डाउनमा गएको छ । यस विषम परिस्थितिमा विविध कारणवश वृद्धाश्रममा जीवन बिताइरहेका सबै ज्येष्ठ नागरिकलाई ३ महिनाको राहतस्वरुप सरकारले एकमुष्ठ १० हजार रुपैयाँ दिने व्यवस्था गर्दैछ । यसका लागि मुलुक लक–डाउनमा गएको भएपनि आफू निरन्तररुपमा सरकारी पदाधिकारीको सम्पर्कमा रहेको कुरा ख्यातीप्राप्त कलाकार श्रेष्ठले बताउनुभयो । उहाँले यस सत्काममा स्वयं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्बत गुरुङको प्रत्यक्ष पहल रहेको र अन्य मन्त्री पनि सकारात्मक रहनुभएको कुरा बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो रकम ज्येष्ठ नागरिकलाई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पौष्टिक आहारा खानका लागि प्रदान गरिन लागेको बुझिएको छ । यो राहत रकम सम्बन्धी निर्णय हुन बाँकी छ । यसर्थ सरकारले यथाशीघ्र निर्णय गरी राहत रकम वितरण गरोस् भनी आग्रह गर्न चाहन्छु ।


Advertisment
Nabil box
Kumari

केही महिनापूर्व यस पंक्तिकारले महासंघको आग्रहमा मन्त्री पार्वत गुरुङको उपस्थितिमा आयोजित एक बृहत् कार्यक्रममा कसरी ज्येष्ठ नागरिकलाई सम्मान र सुविधा दिन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

Vianet communication

मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मुलुकभरकै वृद्धाश्रम र ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालकहरूको राष्ट्रिय सम्मेलनमा यस पंक्तिकारले अर्कोे कार्यपत्र प्रस्तुत गरेको थियो । सो कार्यपत्रहरूमा ज्येष्ठ नागरिकको मासिक भत्ता ५ हजार रुपैयाँ हुनुपर्ने र स्कूल र कलेजको पाठ्यसामग्रीमा बुढेसकाल जिउने कला र उनीहरूप्रति गर्नुपर्ने सम्मानको विषय समावेश गर्नुपर्ने जिकीर गरिएको थियो ।

कार्यपत्रमा प्रत्येक पालिकाले ज्येष्ठ नागरिकका लागि कूल बजेटको कम्तिमा ५ प्रतिशत विनियोजन गर्नुपर्ने र एजिंगसम्बन्धी विज्ञ सेवा दिने राष्ट्रियस्तरको अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता बताइएको थियो । यस अतिरिक्त कार्यपत्रमा हवाई जहाज, बस लगायतका सबै सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने, प्लटिङ र अपार्टमेन्टमा १० प्रतिशत घडेरी र फ्ल्याट ज्येष्ठ नागरिकलाई क्रससब्सिडी अनुसार ५० प्रतिशत छुटमा दिनुपर्ने, एमफिल, पीएचडी गर्न पूर्ण छात्रवृत्ति दिनुपर्ने, व्यवसाय गर्न बैंक र बीमाले अरुलाई सरह श्रृण र सुविधा दिनुपर्ने, ज्येष्ठ नागरिकवाटिका/पार्कको स्थापना गर्नुपर्ने, मुलुकभरका ज्येष्ठ नागरिकमध्ये उत्कृट योगदान गर्ने १० प्रतिभालाई बर्सेनि १० लाख रुपैयाँका दरले पुरस्कृत गर्नुपर्ने, ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रबन्ध मिलाउनुपर्ने जस्ता विषय समावेश भएका थिए । महासंघका अध्यक्ष मदनदास श्रेष्ठको ठम्याइँमा हाल नेपाल सरकार ज्येष्ठ नागरिकका यी विषयमा सकारात्मक र गम्भीर हुँदै गएको परिणामस्वरुप हाललाई १० हजार रुपैयाँ राहत दिने चाजोपाजो मिल्दै गएको हो ।

भविष्यमा, कार्यपत्रमा इङ्गित गरिएका अन्य विषय सम्बोधन हुँदै जाने लक्षण देखिएको कुरा उहाँले बताइरहदा यो पंक्तिकार पनि खुशी हुनु स्वाभाविकै हो । यथार्थमा, ज्येष्ठ नागरिक मुलुकका निधि हुन्, यिनको सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।

नेपालमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने गरिएको छ तर ज्येष्ठ नागरिकसम्बन्धी ऐन अनुसार ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । यस्तो ज्येष्ठ नागरिकको जनसंख्या कूल जनसंख्याको ८.२६ प्रतिशत अर्थात् करीब ३० लाख छ । हाल विश्वभर महामारीको रूपमा फैलिँदो कोरोना भाइरसको जोखिम तुलनात्मक रूपमा ज्येष्ठ नागरिकमा हुने कुरा विभिन्न अध्ययनले देखाएको छ । यसमा पनि मधुमेह, हृदयरोग र उच्च रक्तचापबाट पीडित मानिसलाई अझ बढी खतरनाक हुनसक्ने जनाइएको छ । यसर्थ, वर्तमान परिस्थितिमा ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कता र जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनु राहत र सहयोगका सम्बन्धमा महासंघका तर्फबाट महासचिव छत्रबहादुर प्रधानले १० बुँदे विज्ञप्ति नै जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्नुपर्ने व्यवस्था छ । यसर्थ वर्तमान स्थितिमा ज्येष्ठ नागरिकलाई आवश्यक सर्जिकल मास्क, स्यानिटाइजर, हातधुने साबुन लगायतका सामग्री स्थानीय सरकारले घरघरमै पुर्‍याइदिनुपर्छ ।

यो संंक्रमणबाट बच्ने हालसम्मको सरल र सबल विधि भनेकै घरबाट बाहिर ननिस्किने हो । यसर्थ आम ज्येष्ठ नागरिकलाई घरबाट बाहिर नजान अपिल गर्दछु । तथापि यस अवस्थामा ज्येष्ठ नागरिकको औषधि किन्नुपर्ने हुन सक्छ । अन्य कुनै अत्यावश्यक कामले घरबाट बाहिर नगई नहुने स्थिति पनि पैदा हुनसक्छ । यस अवस्थामा परिवारका सदस्यले ज्येष्ठ नागरिकलाई घर बाहिर जान नदिन उहाँहरूको आवश्यकता पूरा गरिदिनुपर्छ । साथै, परिवारले ज्येष्ठ नागरिकलाई  आवश्यक खानपिन, सरसफाईसहित नियमित औषधि सेवन गराई विशेष स्याहार–सुसार गर्नुपर्छ । 

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्नुपर्ने व्यवस्था छ । यसर्थ वर्तमान स्थितिमा ज्येष्ठ नागरिकलाई आवश्यक सर्जिकल मास्क, स्यानिटाइजर, हातधुने साबुन लगायतका सामग्री स्थानीय सरकारले घरघरमै पुर्‍याइदिनुपर्छ ।

हालको विषम परिस्थितिमा वृद्धाश्रम सञ्चालकहरूले ज्येष्ठ नागरिकको  आपसी भेला गर्न दिनु हुँदैन । हाललाई भजनकीर्तन पनि स्थगित गर्नुपर्छ । सामूहिकरूपमा गर्ने गरिएका योगा समेत बन्द गर्नुपर्छ । यी सबै कार्य ज्येष्ठ नागरिकले आ–आप्mनै कोठामा गर्नुपर्छ । वृद्धाश्रममा ज्येष्ठ नागरिकले प्रयोग गर्ने थाल, कचौरा, गिलास, चम्चा जस्ता सामग्री सम्भव भएसम्म व्यक्तिलाई छुट्टाछुट्टै उपलब्ध गराउनुपर्छ । ज्येष्ठ नागरिकका लागि दिवा केन्द्र सञ्चालन भइआएकोमा ती समेत बन्द गर्नुपर्छ । हाल वृद्धाश्रममा रहनुभएका ज्येष्ठ नागरिकको नजिकको अस्पताल वा स्वास्थ्य चौकीले नियमित चेकजाच गर्नुपर्छ र अरुले पनि सम्भव भएसम्म चिकित्सकको सल्लाह लिनुपर्छ । यसका लागि पालिकाले आवश्यक समन्वय गर्नुपर्छ । 

यस स्थितिमा ज्येष्ठ नागरिकलाई रुघाखोकीबाट जोगाउनुपर्छ । ज्येष्ठ नागरिकले तातोपानी पिउने, अदुवा बेसारपानी नियमित पिउने, न्यायो लुगा लगाउने लगायतको काम गर्नुपर्छ । यदि उच्च ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तत्कालै अस्पतालमा सम्पर्क गर्नुपर्छ । तथापि हालसम्म नेपालमा कोरोना भाइरसका ४ जना संक्रमित देखिएकोमा १ जना निको भइसकेको र अरु ३ जनाले पनि स्वास्थ्य लाभ गरिरहेकाले अधैर्य हुने, आत्तिने, डराउनेभन्दा पनि सजगता अपनाउने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्छ । सबै ज्येष्ठ नागरिक स्वस्थ र खुशी रहनुहोस्, शुभकामना !

(बास्कोटा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका सल्लाहकार समेत हुन् ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x