सबै प्रदेशमा पुग्यो चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री

फाइल तश्वीर

चीनबाट  खरिद  गरी  ल्याइएका  स्वास्थ्यसँग  सम्बन्धित  सामग्री  प्रदेशहरूमा पुगेका छन् ।

ती सामग्रीलाई नेपाली सेनाले प्रदेश १ को विराटनगर, बाग्मतीको हेटौँडा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पुर्‍याइसकेको छ ।


Advertisement

नेपाली  सेनाको  स्काई  ट्रक  विमानबाट  सोमबार ढुवानी गर्ने क्रममा गन्ध आउनका साथै विमान चालकको आँखा पोल्न थालेपछि विमान उडेको १० मिनेटमा नै फिर्ता गरिएको थियो ।  

अन्य सामग्रीहरू भने स्काई ट्रक विमानबाट सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश १ को विराटनगर पुर्‍याइसकेको सेनाले जनाएको छ ।


Advertisement

 सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, स्यानिटाइजरलगायतका  स्वास्थ्य  सामग्री  लिएर  विराटनगर  र  धनगढी  उडेको  दुईवटा  विमानमा  'अनौठो  गन्ध’  आएपछि  बीचबाटै  काठमाडौँ  फर्किएको थियो ।

विमान चालकले भने गन्धका कारणले भन्दा आँखा पोलेको कारण उडान भर्न नसकेको बताएका छन् ।  गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्