मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
दिल्लीमा मजदूरी गर्ने समीरुल १२ सय किलोमिटर ठेला चलाएर बिहारमा भएको आफ्नो घर आएका छन् । उनी १० दिनमा घर पुगेका हुन् ।
दिल्लीबाट बिहारको मधुबनी जिल्लामा रहेको सोठगाउँसम्म ठेला चलाएरै उनी आइपुगेका हुन् ।
विगत १८ वर्षदेखि उनी दिल्लीको आजाद मार्केटमा मजदूरी गर्छन् । मार्च २२ मा जनता कर्फ्यु लगाइएदेखि नै उनी ठेला चलाउने मजदूर साथीहरूसँग घरतिर हिँडेका हुन् ।
समीरुल भन्छन्, ‘केही बुझ्न सकिरहेको थिइनँ । सबै कुरा बन्द थियो । कमाइ भइरहेको थिएन । डेरा नभएकाले रामबाग रोडमा सुत्थें । त्यहाँबाट पनि प्रहरीले भगायो । अनि गुजारा चलोस् ? त्यसैले घर आएँ ।’
समीरुल र उनका साथीहरू मार्च २२ को साँझ आफ्ना ठेला र अलिकति खानेकुरा लिएर हिँडे ।
उनले भने, ‘मसँग अलिकति पैसा थियो तर बाटोमा मानिसहरू केरा, चिउरा, पुरी र पानी बाँडिरहेका थिए । त्यही खाँदै वर्दै आएँ । प्रहरी ठाउँठाउँमा भेटिए तर उनीहरूले दूरी कायम राखेर हिँड्न मात्र भने । नत्र जहाँ मन लाग्यो त्यहाँ ठेला रोकेर केही घन्टा आराम गरेर अघि बढें ।’
दिनको औसत ३०० रुपैयाँ कमाउने समीरुल र उनका साथीहरूलाई गोपालगंज जिल्लाको सीमामा सरकारी बसले चढायो र दरभंगा ल्याएर ओराल्यो ।
यसले धेरै राहत दिएको समीरुल बताउँछन् । दरभंगाबाट सबै ठेला मजदूर आआफ्नो गाउँ गए । समीरुल पनि मार्च ३१ अपराह्न ठेला लिएर गाउँ पुगे ।
गाउँ पुग्दा उनलाई गाउँलेले स्वागत गरे । बच्चाहरू उनको ठेलापछाडि दौडिए र वयस्कहरू खुशी भए ।
उनलाई अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...