×

NMB BANK
NIC ASIA

कर्णालीमा ५२ जनाको स्वाव परिक्षण सम्पन्न भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Muktinath Bank

चैत २० गते वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा स्थापना गरिएको पीसिआर मेसिनमार्फत हालसम्म ५२ जना कोरोनाका शंकास्पद बिरामीको स्वाबको नमूना जाँच गरिएको र ती सबैको नतिजा ‘नेगेटिभ’ आएको निर्देशक रिता भण्डारीले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो साँझसम्म ४१ जनाको नमूना जाँचको रिर्पोट आइसकेको थियो,’ उनले भनिन्, ‘ती सबै रिर्पोट हेर्दा नेगेटिभ देखिएको छ । आज सोमबार साँझ पाँच बजेसम्म ११ जनाको रिर्पोट आइसकेको छ । यी सबै रिर्पोटले नेगेटिभ नै देखाएका छन् ।’


Advertisment
Nabil box
Kumari

निर्देशक भण्डारीले मंगलबार दश जनाको रिर्पोट जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने जानकारी दिइन् । ‘यो हाम्रो मेसिनले जाँच गरेको नमूनाको पूर्णजाँच हुनेछ,’ उनले भनिन् ।

Vianet communication

हालसम्म भारतबाट आएका ९ जनाको नमूना परिक्षण गरिसकिएको छ भने आज सोमबार ११ जनाको स्वावको संकलन गरिएको छ । ती नमूनाको जाँच भोलि बुधवार मात्रै गरिने निर्देशक भण्डारीले बताइन् ।

‘चैत एक गतेदेखि यता विदेशबाट आएका नागरिकको जाँच गरिरहेका छौं, भारतबाट आएका नागरिकमध्ये शंकास्पद व्यक्तिको स्वाव जाँच गरिरहेका छौं,’ उनले भनिन्, ‘भारतबाट आएकामा आइसोलेसनमा बसेका र क्वारेन्टाइनमा बसेकाहरुको जाँच गरिएको हो ।’

उनले अबको तीन दिनभित्र कर्णालीमा शंकास्पद बिरामीको नमूनामा कोरोना पत्ता लागेन भने स्थिति भयावह हुन सक्ने खतरा रहेको बताइन् ।

‘अहिलेसम्म उहाँहरु गाउँमा पुगिसक्नु भएको छ । कर्णालीमा कोरोना भए नभएको पत्ता लागिसकेको अवस्था छैन । तीन दिनभित्र कोरोना संक्रमण पत्ता लागेमा स्थिति सहज हुनसक्छ अन्यथा नियन्त्रण गर्न समस्या पर्ने हामीले देखेका छौं,’ उनले भनिन् ।

यसका लागि गाउँमा रहेका सबै नागरिक सजग र सर्तक हुनुपर्ने र त्यस्तो लक्षण देखिएको खण्डमा तत्काल अस्पतालमा सम्पर्क राख्नुपर्ने उनले बताइन् ।

भारतबाट आएका नागरिकमा कोरोना लुकेको हुनसक्ने बताउँदै यसतर्फ ध्यान दिन उनले आग्रह गरिन् । उनले लकडाउनलाई थप कडा गर्नुपर्ने बताउँदै आफू हाइ अर्लटमै रहेको जानकारी दिइन । सबै नागरिकले कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x