मानवअधिकार समितिको मागः अस्थायी बासिन्दाको घरघरमा राहत पुग्ने व्यवस्था गरियोस्

मानवअधिकार तथा जनसरोकार समितिले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावितहरू राज्यबाट वितरण भइरहेको राहतमा भेदभाव नहोस् भनेर सतर्क गराएको छ। 

समितिका संयोजक अधिवक्ता सुनीलकुमार पोखरेल र सचिव अधिवक्ता भुवनप्रसाद निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समानताको हक बमोजिम राज्यबाट वितरण हुने राहत सामग्रीमा जरुरतमन्द सबैलाई विना भेदभाव वितरणका लागि प्रभावकारी उपायहरु अबल्मन होस्।’


Advertisement

समितिले अस्थायी बासिन्दालाई पनि राहत वितरण हुने कुरामा विश्वस्त दिलाउन आह्वान गरेको छ। विशेषगरी सहरी क्षेत्रमा ज्यालादारीमा काम गर्नेहरु सयौँ किलोमिटर हिँडेर घर गइरहेका खबर आइरहेका बेला समितिले भनेको छ, ‘अस्थायी बासिन्दाको पनि राहतमा पहुँच हुने विश्वसनीय वातावरण बनाउने वा निजहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमार्फत् आफ्नो घरघरमा पुग्ने व्यवस्था गरियोस्।’ 


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्