बैशाख ४, २०८१
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
चैत ६ गते । २ कक्षाको २ विषयको परीक्षा नसकिँदै छोरी ओजस्वी थारु ‘ओजु’को स्कूलमा अनिश्चितकालीन बिदा भयो ।
घर नजिकैको जखौर ताल/पटेला जाने चोकमा स्कूल बस रोक्छ । झर्ने बित्तिकै दौडिइन् । निकै हतारो थियो उनलाई ।
घरभित्र पस्नुअघि बाटो छेउमै भएको नलमा साबुन पानीले हात धोइन् । स्कूल ड्रेस फुकाल्दै स्कूलमा शिक्षकले भनेका कुरा सुनाइन्, ‘कोरोना आएको छ रे ! त्यसबाट बच्न साबुन पानीले हात धुनु भन्नु भा’छ सरले ।’
दुई वाक्यांश टुंगिन नपाउँदै सुइँकुच्चा ठोकिन् साथीहरू कहाँ । अरु बेलाभन्दा निकै खुशी देखिन्थिन् । मानौं – दशैंतिहार, माघी, अट्वारी पर्वको बिदा भयो उनलाई । अथवा बाजेबजैलाई भेट्न बेनौली गाउँ जानु थियो उनलाई ।
उनका साथीहरू – आस्मी, एस्टर, हिमानी, लक्ष्मी, दादा नवराज पनि अरु बेलाभन्दा निकै खुशी देखिन्थे । अनेकथरि योजना बुन्न थाले । कहिले घर अगाडिको खाली खेतमा चंगा उडाउने, कहिले चुंगी, कहिले अण्डा पचास, माटाको भाँडाकुँडा बनाउने त कहिले लुकीछिपी खेल्ने ... ।
स्कूल बिदा भएपछि उनको साथी आस्मी छिमेकी हसुलियाको घर आफ्नी बारी (ठूली आमा) कहाँ आएकी थिइन् । साँझ हातमुख धोएर ओजु सरासर भान्सामा छिरिन् । दराजबाट एउटा थाली समाइन् । आफैं भात, बजरमुर्वाक् कपुवा (तरकारी) र आलुको चट्नी थालीमा पस्किन् । बरण्डाको आराम बेञ्चमा बसेको म (बाबा) तर्फ हेरिन् ।
ओजु – बाबा मै आस्मीक् ठन बेरी (बेलुुकाको खाना) खाई जाउ ? (बाबा आस्मी कहाँ खाना खान जाउँ)
म – यहै खाउ बेटा । औरेक् घर भात लेके खाई जैना मजा नाई रहठ । (घरमै बसेर खाउ बेटा । खाना बोकेर अर्काको घरमा खाना जानुु राम्रो होइन)
ओजु – (मुख बिगार्दै) नाई बहुट ढिउर दिन होगिल बा, आस्मीक् संग भात खैलेक् । (जिद्दी गर्दै) ओहै जैम । (नाई, धेरै दिन भयो, आस्मीसँग भात नखाएको । त्यहीँ जान्छु ।)
म – नैमन्बे टे जा (मान्दैन भने जा)
उनी सरासर आस्मी कहाँ गइन् । लगेको तरकारी र चट्नी साटासाट गरिन् । दुवै जना रमाउँदै बेरी खाए ।
बालबालिकाको अनु्हारबाट स्वच्छन्दता झल्किन्थ्यो । केही दिन सदाझै उनीहरू आफ्नै जमातमा आफ्नै ढंगले रमाए । आफ्नै लयमा गुनगुनाए । भय र त्रासबाट उन्मुक्त भएर ।
अर्कोतिर विश्वव्यापी रुपमा महामारीको रुपमा आफ्नो क्रुर साम्राज्य विस्तारमा थियो कोरोना भाइरस (कोभिड १९) । चीन हुँदै फैलिएको त्यसको त्रास नेपालसम्म पुगेको थियो । भुसको आगो जस्तै धनगढीको सानो, शान्त टायल र टिनले छाएको कच्ची घर भएको मजदुरको बस्तीमा पनि सल्कियो । चैत १० गते जिल्ला प्रशासन कार्यालय कैलालीले कोराना रोकथाम तथा नियन्त्रणको लागि भन्दै जिल्लाभर निषधाज्ञा जारी गर्यो । भोलिपल्ट सरकारले नै देशभर लकडाउन अर्थात कर्फ्यू जारी गर्यो ।
आफ्नै गाउँको रौनकताले चैनार रहने टोलहरू समसानघाटझै लाग्न थाले । सबै मानिसले आफ्नै घरलाई कैदखाना बनाए । आफैंलाई कैदखानाको कैदीझै बनाए ।
त्यतिबेला १० वर्षे जनयुद्धकालमा माओवादीको द्वन्द्व झेलियो । कर्फ्यूका बाबजुत नरोकिएको हिंसात्मक थरुहट, अखण्ड सुदूरपश्चिम आन्दोलन, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि उठेको आन्दोलनको रिपोर्टिङ बहुत गरियो तर अपसोच ! अहिले मै हुँ भन्नेहरूको हबिगत दया लाग्दो छ ।
चैत ११ गते भारतबाट फर्केका १ हजार नेपाली गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न नदिएपछि प्रहरीमाथि नेपालीले धावा बोल्दा त्यसको रिपोर्टिङ गर्न जाउँ कि नजाउँ भनेर १० पटक सोचियो । आखिर पेशागत धर्मलाई शीरोधार्य गर्दै २५ रुपैयाँको मास्क लगाएर डराइडराई गइयो । समय–समयमा स्यानिटाइजर हातमा दलियो । डिटल पानीले नुहाएर घरमा प्रवेश गरियो । यद्यपि घरका बच्चालाई ९ घण्टासम्म स्पर्श नगरेको पीडा कहिलै भुल्न नसकिने गरी मस्तिकमा डेरा जमायो । केही भइहाल्ने पो हो कि भनेर घर फर्किएर खुब पश्चाताप पनि गरियो ।
टोलमा आ–आफ्ना बालबालिकालाई सम्झाइबुझाई घरभित्रै राखिन थालियो । २ दिन, ३ दिन, ४ दिनसम्म त बच्चाहरूले अभिभावकका कुरा सहज रुपमा लिए । ओजुले पनि घरभित्रै टीभी हेर्ने, खेल्ने गरिन् । टीभीमा आउने ‘सालको पात टपरी ...’ लगायत गीतमा नाचेर दिन बिताउन थालिन् ।
... ...
निर्दोष, निश्चल बालापनलाई बिस्तारै त्यो चार दिवार साँघुरो भएको छ । आफ्नै घर कैदखानामा परिणत भएको छ । उन्मुक्त हुन घरीघरी विद्र्रोहको ज्वारभाटा निकाल्न थाल्छन् ती बालापनले । गल्ली सुनसान छन्, चैते घामको वास्ता नगरी कोही खाली खेतमा दगुर्छन्, चंगा उडाउँछन् । घरभित्रबाट ओजुले पनि साथीहरूलाई घरीघरी चियाउँथिन्, पिँजडाको अबोध पंक्षीले खुला अकाशतिर नियाले जस्तै ।
साथीहरूसँग नखेल्नू, अर्काको घर नजानू भन्ने आदेश पालना गरिरहेकी ओजुले साथीहरूलाई टुलुटुलु हेर्न विवश थिइन् । घरीघरी कहिले मम्मीको मुख त कहिले मेरो (बाबा) मुख हेर्न थालिन् । हिम्मत जुटाएर भनिन् –
ओजु – बाबा मै फेन नवराज डाडाक् संग चंगा उराई जैम (बाबा म पनि नवराज दादासँग चंगा उडाउँछु)
बाबा – ना जाउ चुनु । आउर बेला जैसिन नाई हो । घरभित्रे रहे परठ । नाई टे उ रोग हमार घरमे आई सेकठ । यी रोग भागी टे मजासे खेल्हो बाबा । (होइन छोरी, अरु बेला जस्तो होइन । घरभित्रै बस्नुपर्छ । यो रोग हटेपछि मज्जाले खेल्नु है बाबा !)
शान्त तर भित्रभित्रै विद्रोही बनेकी ओजुलाई त्यो त्रास र राज्यको आदेश, पारिवारिक परिबन्धनको केको मतलब ? उनलाई त खेल्नु छ । उछलकुद गर्नु छ । आफ्नो मनमर्जी, आफ्नै संसारमा । यही विशेषताले गर्दा होला सायद बाल्यावस्थालाई मानव जीवनको विशेष अवस्था भनिन्छ होला ।
केहीबेरपछि म घर पछाडि पुग्छु । त्यति मौका छोपी उनी सुटुक्क निस्किन् सुनसान गल्ली छिचोल्दै सुनसान खेल्ने खाली खेतमा । हावा चल्ने दिशातिर चंगालाई उछाल्न थालिन् । केही माथि उडिरहेको चंगालाई धागोले तान्ने र छोड्ने गरिरहिन् । मुखमा मास्क लगाएर निस्केकी उनी कहिले सुनसान सडकमा चंगा उडाएर दौडिरहिन् । लाग्थ्यो उनको चंगा मात्रै हावाको मायालु रफ्तारमा उडिरहेको थिएन, चंगासँगै उनको बालापन पनि स्वतन्त्र उडिरहेको थियो, धर्तिभन्दा माथि–माथि हावासँग मितेरी गाँस्दै । उनको चंगा र उनी उस्तै लाग्थ्यो । विषम परिस्थितिले सुनसान भएको गल्लीतिर किन गइन् भनेर रातोपिरो भएको मेरो अनुहार उनलाई नियाल्दै एकाएक शान्त भएछु । निशब्द भएछु । हाफपाइन्टको गोजीबाट मोबाइल निकालेर ३–४ वटा फोटो लिएँ । उनलाई सम्झाउँदै घर फर्काएँ ।
... ...
रोगको संक्रमण बढ्दो छ । हुँदाहुँदै हाम्रै धनगढीमा चैत १४ गते विदेशबाट आएको धनगढीकै एक व्यक्तिमा कोरोनाको संक्रमण भएको कुरा सरकारले सार्वजनिक गर्यो । त्रासको मिटर एक्कासी माथि सर्छ । राज्यले लकडाउनको समयावधि लम्ब्याउँछ । चैत २२ गते सरकारले एकैपटक, त्यो पनि कैलाली र कञ्चनपुरकै ३ जनामा कोरोना भेटिएको रिपोर्ट सार्वजनिक गर्यो । केही खुकुलो भएको धनगढी बजारको लकडाउनमा क्षणभरमै सन्नाटा छायो । सरकारले दोस्रो पटक लकडाउनको समय थप्दै वैशाख ३ पुर्यायो ।
प्रदेश राजधानी समेत रहेको अति व्यस्त धनगढीको सडकमा पुलिस र भुस्याहा कुकुरको चैते जमात मात्रै देखिन्छन् ।
यता घरभित्र बसेका म जस्ता अभिभावकलाई आफ्ना कलिला मुनालाई आफैं कैद गरेको पटक्कै मन परेको छैन तर के गर्नु ? हामी सबै परिस्थितिको दास त हौं । बस्, समय गुजारिरहेका छौं । समयको मोल छैन ।
घरभित्रै छोरीहरूको बाल विद्रोह जारी छ । काँडेतार तेर्स्याएर बाल विद्रोह थेग्ने प्रयत्न जारी छ तर कहिले टुंगिने ठेगान छैन ।
छोरीलाई बिन्ती गर्छु, ‘हे छोरी, बुढापाकाले भन्थे – महामारीमा ज्यान जोगाउनु, अनिकालमा बिउ तर त्यस्तो पनि होइन छोरी, तिमी त मेरो लागि त ज्यान र बिउ दुइटै हौ । जीवन रहेपछि जहान रहनेछ ।’
छोरीलाई अँगालोमा बाँध्न पुग्छु । मायाले चुम्बन गर्छु – छोरी मलाई भागी–भागी नसताउ, तिमीलाई बाबाको माया कति लाग्छ रे ?’
(आफ्नै झुपडी, एकान्तबास धनगढी उपमहानगरपालिका–७ देवहरिया, थारु बस्ती)
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...