×

NMB BANK
NIC ASIA

काठमाडौंबाट पैदलै बर्दिया हिँडेका मजदूरलाई रूपन्देहीबाट मेयरले व्यवस्था गरिदिए डिलक्स बस

चैत ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिया जानका लागि काठमाडौंदेखि पैदल यात्रा गरी आएका ७५ जना मजदूरलाई रूपन्देहीको सैनामैना नगरपालिकाले गाडीको व्यवस्था गरी घरतर्फ पठाइदिएको छ ।

Muktinath Bank

पाँच दिन लगाएर काठमाडौंबाट आइपुगेका ७५ मजदूरलाई बुटवलसँग जोडिएको सैनामैना नगरपालिकाले डिलक्स बसको व्यवस्था गरी घरतर्फ पठाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई नगरप्रमुख चित्रबहादुर कार्कीको पहलमा एक रात राखेर घरसम्म पुर्‍याउन जिम्मा लिएका हुन् । उनीहरूले आइतबार दिउँसो घरतर्फ लागे । 


Advertisment
Nabil box
Kumari

यसका अलावा रूपन्देही लगायतका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रूपमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरूलाई पनि आइतबार यातायातको व्यवस्था मिलाई घर पठाइएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । 

Vianet communication
Laxmi Bank

उनले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरलाई पनि व्यवस्थापन गरी सँगै पठाइएको हो । 

कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना कपिलवस्तु वाणगंगाका १ जना र अन्यत्रको १ गरी ७५ जनालाई घर पठाइएको नगरपालिकाले जनाएको छ ।

शनिबार कार्कीले सैनामैनाको मुर्गियामा समूहमा पैदल हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरूलाई सैनामैना वडा नं. १ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित बस्ने व्यवस्था मिलाइएको थियो । 

चिकित्सालयमा प्रवेश गर्नुपूर्व उनीहरू सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरीक्षक हेमराज पन्थीले जानकारी गराए ।

विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।

लकडाउन भएसँगै सर्वसाधारण र  दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x