कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
बैशाख २, २०७७
कोरोनाभाइरस (कोभिड– १९) को थप संक्रमण भित्रिन नदिन र भित्रिएको संक्रमण फैलिनबाट रोक्न देशभर सुरक्षा निकाय परिचालित छन् ।
सरकारले झण्डै ३ सातादेखि जारी राखेको लकडाउन पालना गराउनेदेखि सीमा क्षेत्रबाट अनाधिकृतरूपमा नेपाल भित्रिन खोज्नेहरूलाई रोक्ने जिम्मा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको काँधमा छ ।
सशस्त्र प्रहरी बलले देशभरमा साढे २९ हजार कर्मचारीलाई खटाएको छ । विषेश गरेर सीमा नाकाको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमाबाट नेपालमा भित्रने मानिसहरूलाई नियन्त्रण गर्नु मुख्य काम भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठले बताए ।
‘सरकारको नीतिअनुसार कोभिड– १९ को रोकथामका लागि नीति निर्देशन भएअनुसार सशस्त्र प्रहरी बल परिचालन भएको छ । साढे २९ हजार फौज कोरोना रोकथाम तथा सीमा सुरक्षाका लागि खटेर कार्यसम्पादन गरिरहेको अवस्था छ,’ डीआईजी श्रेष्ठले लोकान्तरसँग भने ।
अन्तर्राष्ट्रिय सीमा विशेष गरेर दक्षिणी भागको भारतीय सीमा नाकाहरूमा सर्वसाधारणलाई नियन्त्रण र निस्तेज गर्नेका लागि सशस्त्र प्रहरी खटिराखेको छ । कोरोनाभाइरस नफैलियोस् भन्नका लागि भारतबाट आउने नेपाली र भारतीय नागरिकहरूलाई रोकेर राखेको प्रवक्ता श्रेष्ठले बताए ।
दक्षिणी सीमामा ७ हजार सुरक्षा फौज, अझै थपिने
सशस्त्र प्रहरीले दक्षिणी सीमामा ७ हजार ३ सय फौजलाई परिचालन गरेको छ । यसबीचमा गृहमन्त्री रामबहादुर थापा बादलले हिमाली तथा पहाडी जिल्लाबाट अत्यावश्यक बाहेकका सशस्त्र प्रहरीलाई सीमामा केन्द्रित गर्न निर्देशन दिइसकेका छन् ।
अहिले सीमामा ७ हजार ३ सय सशस्त्र प्रहरी खटिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘सुरक्षा जाँच कडाइ गर्ने र सीमा क्षेत्रलाई पूर्णरूपमा सील गर्ने भन्ने सरकारको नीतिअनुसार पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ७ हजार ३ सय फौज सीमा सुरक्षाका लागि परिचालित छन्,’ डीआईजी श्रेष्ठले लोकान्तरसँग भने ।
२–२ किलोमिटरमा ड्यूटी पोष्ट
पूर्वदेखि पश्चिमसम्म सशस्त्र प्रहरीले प्रत्येक २ किलोमिटरमा ड्यूटी पोष्ट खडा नेपालमा अवैध रूपमा प्रवेश गर्नेहरूलाई रोकिराखेको प्रवक्ता श्रेष्ठले दाबी गरे ।
श्रेष्ठका अनुसार ११ सय ७६ ठाउँमा ड्यूटी पोस्ट राखिएको छ । प्रत्येक २ किलोमिटरको दूरीमा एउटा ड्यूटी पोस्ट छ, जसले हरेक ढेडदेखि २ किलोमिटरको दूरीमा सुरक्षा दिइरहेको छ ।
अनाधिकृत रूपमा नेपालमा भित्रने र नेपालबाट बाहिर जाने सर्वसाधरणलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सफल भएको श्रेष्ठको दाबी छ ।
अवैधरूपमा नेपाल छिर्न खोज्ने नेपाली र भारतीय नागरिकहरूलाई पनि सशस्त्र प्रहरीले निगरानीमा राखेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाल भित्रन खोज्नेहरूको सूचना दिएर अहिले स्थानीयले पनि सहयोग गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
स्थानीयले दिएको सूचनाका आधारमा अवैधरूपमा छिरेका जो कोहीलाई पनि स्थानीय प्रशासनको समन्वयमा आवश्यक प्रक्रिया पुर्याएर नजिकैको क्वारेन्टानइनमा राख्ने गरिएको छ ।
सशस्त्र प्रहरी बल सीमा नाकामा फ्रन्टलाइनमा भएकाले आफ्नो सुरक्षाका लागि पनि रणनीति तय गरी सर्कुलेसन भएको छ । सशस्त्र प्रहरीका कर्मचारीलाई हातधुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने आदि कुरामा सचेत गराइएको सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले जनाएको छ ।
नाकामा रहेका सशस्त्र प्रहरीको स्वाब परीक्षण
कैलाली र कञ्चनपुरको नाकामा रहेका १ सय जना सशस्त्र प्रहरी कर्मचारीको स्वाब परीक्षण गरिएको छ । पहिलो चरणमा जमुनाहा नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा सयौंको संख्यामा रहेका नेपालीहरूको भीडलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी खटिएको थियो । त्यहाँ खटिएका १ सय जना सशस्त्र प्रहरीको स्वाब टेस्ट अर्थात् कोरोना संक्रमण पत्ता लगाउने विधिबाट जाँच गरिएको डीआईजी प्रविणकुमार श्रेष्ठले बताए ।
‘हामीले भीडभाड नियन्त्रण गर्न खटिएका सशस्त्रका सबै कर्मचारीको स्वाब परीक्षण गरेका छौं, सबैको नतिजा नेगेटिभ आएको छ,’ उनले लोकान्तरसँग भने ।
भीड नियन्त्रण गरिसकेपछि उनीहरूलाई क्वारेनटाइनमा ल्याउनेसम्मको काम सशस्त्र प्रहरी बलले गरेको थियो । त्यो समयमा भीडको सम्पर्कमा आएका सबै १ सय जना कर्मचारीलाई ब्यारेकमै १४ दिन क्यारेन्टाइनमा राखेर कोरोनाको संक्रमणको सबै स्वास्थ्य परीक्षण गरेर नेगेटिभ देखिएपछि मात्र काममा खटिएको प्र्रवक्ता श्रेष्ठले लोकान्तरलाई बताए ।
पछि त्यही भीडमा भएका २ जना सर्वसाधारणलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
सतुगंलको कोरोना अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न
नेपाल सरकारले सशस्त्र प्रहरीको अस्पताललाई कोरोनाभाइरस (कोभिड–१९) अस्पताल बनाउने निर्णय गरेको थियो । त्यसको भौतिक संचरनाको जिम्मा सशस्त्र प्रहरीलाई नै दिएको थियो ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रविण श्रेष्ठका अनुसार भौतिक संचरनाको काम सकिएको छ र हस्तान्तरण पनि गरिसकिएको छ ।
सशस्त्र प्रहरीले जिम्मा पाएको भौतिक संचरनाको काम सकिएपछि अन्य उपकरण जडान भइरहेको छ, जसको व्यवस्थापकीय पाटो सेनाले हेर्ने भएको छ भने त्यसमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्य मन्त्रालय तथा निजामती कर्मचारीसहितको टोली खटिने छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...