असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कास्कीको रुपा गाउँपालिका–७ (साविकको हंसपुर–९) मेरो स्थायी घर हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले नेपालमा पाइला टेक्नासाथ मैले मेरा २ छोरी र श्रीमतीलाई गाउँमा पठाएँ ।
एकातिर काठमाडौंमा कोरोनाको सन्त्रास अर्काेतिर ४ कक्षामा पढ्दै गरेकी छोरीको अन्तिम परीक्षा सकिएपछि वर्षभरको अत्यास मेट्न गाउँ जाने चाहना पूरा गराउन भएपनि परिवारलाई गाउँमा पठाउनु मेरो बाध्यता र छोरीको रहर दुवै थियो ।
विश्वका अरू देशमा भएसँगै नेपालमा पनि लकडाउन भएको १ महिना भइसक्यो । यतिबेला सरकार र प्रशासनले निकै कडा बनेको अभिनय गरेका छन् । हामी पनि अभिनय नै सही भन्दै आज्ञाकारी सन्तानझैं आफ्नै कोठाभित्र थुनिइरहेका छौं । अरूले थुनिन्जेल गाह्रो हो तर स्वयंलाई मनाएर थुनिन त्यति कहर जस्तो लागेको छैन मलाई र सायद म जस्ता अरूलाई पनि ।
मेरो हकमा कुरा गर्दा अलिअलि अत्यास नलागेको भने हैन तर पनि यो समय केही महत्त्वपूर्ण पुस्तक पढ्दै, केही राम्रा नेपाली र हिन्दी चलचित्र हेर्दै, वर्तमानको समस्याबारे सन्देशमूलक गीत लेख्दै र त्यसको रेकर्डिङ कार्य गराउँदै सिर्जनशील काममा खर्चिएको छु । साँच्चैभन्दा समयलाई राम्रै सदुपयोग गरेको छु र समाजलाई केही दिने प्रयास पनि ।
यसबीच आमा, श्रीमती, छोरीहरू र परिवारका अन्य सदस्यको घरमा आउन बारम्बारको आग्रह वा बोलावट भइरहँदा अलि सहज भएपछि आमा र गाउँका बुढापाकालाई पनि भेटिन्छ भन्ने मनमनै मनस्थिति नबनाएको पनि हैन ।
अहिले आएर देशको स्थिति असहज भएको छ । सरकार बन्दाबन्दीलाई झनै कडा बनाउँदैछ र जनतालाई सम्भावित रोगले भन्दा आफ्नै आँखा अगाडि आएको भोकले जितेको छ र भोकले मर्नभन्दा रोगैले मरौंला भन्दै हप्तौं हिँडेरै भएपनि आफ्नो मूल गाउँघर जानका लागि कष्टकर यात्रा हिँडिरहेका छन् ।
प्रधानमन्त्रीले सबैलाई राहत दिलाउने भनेपनि समुचित तवरले बाँडफाँड हुन सकेको छैन र त्यो केवल ओठेभक्तिभन्दा अरू केही देखिँदैन । साँच्चै भन्दा गरीब र मजदुरको लागि न शहर आफ्नो भएको छ, न सरकार । वास्तवमा उनीहरू राज्यविहीन र अभिभावकविहीन छन् ।
वर्षाैं गाउँ नटेकेका मान्छेहरू अहिले गाउँमा पुगेर खेतबारी खोस्रिन थालेका छन् । यसमा पनि कतिपय त सामाजिक सञ्जालमा फोटो राख्नको लागि अभिनय गरिरहेका छन्, त कतिले पछि आउने सम्भावित समस्या टार्न र जीवन धान्नका लागि यथार्थपरक अभिनय गरेका छन् । यथार्थपरक अभिनयका तस्वीरहरू भने सामाजिक सञ्जालमा देख्न पाइँदैन । किनकि यथार्थवादीहरू कहिल्यै ढोंगी हुँदैनन् ।
भर्खरै ३ वर्ष मात्र पार गरेकी सानी छोरीको बारम्बार बाबा हजुर कहिले आउने ? हामीलाई अत्यार लाग्यो भन्ने वाक्यले मलाई पनि अत्यार नलागेको भने हैन । जन्मिएदेखि हरेक दिनसँगै रहेको आफ्नो बुवा १ महिनासम्म टाढिँदा उनलाई अत्यास लाग्नु पनि स्वाभाविक हो तर कैयौं छोरीहरू छन्, जसले आफ्नै बुवाको आवाज मात्र सुनेपनि प्रत्यक्ष अनुहार देख्न पाएका छैनन् ।
आज बिहान मलाई छोरीको फोन राख्नासाथ बालसखा र सहपाठीको समेत फोन आयो । अब मेरो अभाव र चिन्ता मेरी सानी छोरीलाई जस्तै गाउँमा समेत हुन थालेछ भन्ने सोच्दै फोन उठाएँ तर यतिबेलाको संवाद अपेक्षा गरेकोभन्दा अलि पृथक थियो ।
गाउँमा कसैले म लगायत केही काठमाडौं बस्ने साथीहरू लेखनाथको तालचोक आएका छन् भन्ने हल्ला सुनाएको हुनाले हाम्रो उचित व्यवस्थापनको लागि खासखुस चलेछ र कुनै पनि हालतमा गाउँमा छिर्न दिन हुँदैन, तुरुन्त जताबाट आएका हुन्, त्यतै फिर्ता गर्नुपर्छ भन्ने निर्णय सुनाउन मेरो साथीलाई अह्राइएको रहेछ । म त प्रतिनिधि पात्र मात्र ।
अहिले यो समस्या भनौं कि बाध्यता विश्वभर नै छ । कस्तो बिडम्बना ! २०७२ वैशाखको भूकम्पका बेला किन काठमाडौं बस्छस् गाउँमै आइज भन्ने आफन्त र दाजुभाइहरू नै अहिले तँलाई गाउँमा निषेध छ भन्नुपर्ने विवशतामा छन् ।
यो बेलाको उहाँहरूको निर्णयलाई म आलोचनात्मक तरिकाले सम्मान गर्दैगर्दा पनि मनमा धेरै प्रश्नहरू उब्जिएका छन् । के यो कोरोनाले गर्दा मानवीयता हराएकै हो त ? के अब हाम्रो समाज क्रूर भएकै हो त ? मेरो त काठमाडौंमा डेरा छ र अझै २–३ महिनासम्म यहीँ रहन सक्छु ।
के परदेशिएका युवालाई त्यहाँको सरकारले जबरजस्ती पठाइदियो भने गाउँमा छिर्ने नाका बन्द हुन्छ त ? हामी कडा बन्दै गर्दा कतै आत्मकेन्द्रित, क्रूर र स्वार्थी त बनेका छैनौं ? यदि म साँच्चै तालचोक पुगेको भए मैले मेरै गाउँमा टेक्न नपाउने अवस्था नै हो त ? आफ्नै घरको ढोका बन्द भयो भने ती राजमार्गमा लाम लागेर घर जान भनेर हिँडेका मजदुरहरू कहाँ जाने ?
हाम्रो आफ्नै अवस्था र छिमेकी देशको परिस्थिति हेर्दा बन्दाबन्दी थप लम्बिने निश्चित नै छ र आवश्यकता पनि । तर यसको समूचित व्यवस्थापन हुन सकेन भने हामीले झनै ठूलो दुर्घटना र दुर्दशा व्यहोर्न बाध्य हुनेछौं । यसको उपचारका लागि केन्द्र सरकारले केही निश्चित कार्यक्रम ल्याउनु अनिवार्य छ ।
जस्तो कि प्रधानमन्त्री रोजगार कोषमा रहेको तर खर्च गर्न नसकिएको पैसालाई राहत कोषमा राखेर सही परिचालन गर्न र प्रत्येक मजदुरलाई निश्चित पैसा दिन सकिन्छ भने अन्य आर्थिक र सामाजिक प्याकेज गर्न ढिलाइ गर्न हुँदैन । विभिन्न शहरमा बसेका र अभावले आफ्नो गाउँघर जान चाहनेलाई व्यवस्थित तरिकाले पुर्याउनुपर्छ ।
प्रदेश र स्थानीय सरकारले पनि आफ्नो क्षेत्रका नागरिक कहाँ–कहाँ छन् पहिचान गरेर घर फिर्न चाहेमा आफ्नै गाउँमा स्वागत गर्न पनि सक्नुपर्छ । नत्र आत्मप्रचारको लागि बाँडिएको राहत र समाजसेवाको कुनै अर्थ छैन । राज्यले दिने सूविधा समाजसेवा नभइकन आफ्नो दायित्व पूरा गरेको आभास सम्बन्धित पक्षलाई दिलाउन सक्नुपर्छ ।
अप्ठ्यारोमा नै हो सरकार र समाज चाहिने । सजिलोमा त व्यक्ति स्वयं सबल हुन्छ । स्थानीय तहले पुल र सडकमा बार लगाएर निषेध हैन, बरु सुरक्षित तरिकाले आफ्ना नागरिकलाई स्वागत गरेर अभिभावकत्वको आभास दिलाउनुपर्छ । निषेधभन्दा स्वागतमा समाधान छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...