×

NMB BANK
NIC ASIA

रायमाझी भन्छन् - मेरो क्याम्प नै छैन, कता चेन्ज गर्नु ?

बैशाख १६, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री ओली एकलौटी ढंगबाट अघि बढ्न खोजेपछि ओली र ओलीइतर समूहको विवाद अहिले उत्कर्षमा छ ।

Muktinath Bank

प्रधानमन्त्री ओली अझै पनि छलफलको माध्यमबाट विवाद समाधान गर्न तयार देखिएका छैनन् । बरू उनी खुलेरै शक्तिप्रदर्शनमा उत्रिएका देखिन्छन् । ‘तपाईहरूले सकेको तपाईंहरू गर्नुस्, मैले सकेको मैले गर्छु’ भनेर ओलीले नेकपाका शीर्ष नेताहरूलाई भन्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय दलमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई अझै पनि करीब एक दर्जन सांसदको आवश्यकता देखिन्छ । यही बीच कतिपय नेताहरूले ‘क्याम्प चेन्ज’ गरेका समाचारहरू पनि आइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी लगायतका पूर्वमाओवादी पक्षका नेताहरू ‘क्याम्प चेन्ज’ गरेका त होइनन् भन्ने प्रश्न उठेको छ ।

Vianet communication

तर रायमाझी भने आफूले क्याम्प परिवर्तन गरेको हल्ला सही नभएको दाबी गर्छन् । लोकान्तरसँग कुरा गर्दै रायमाझीले भने, ‘म नेकपाको सिपाही हो । कुनै क्याम्प परिवर्तन गरेको छैन । खासमा मेरो क्याम्प नै छैन भने के परिवर्तन गर्नु ?’

उनले आफू गुटगत भेलामा हिंड्ने खाले मान्छे नभएको प्रष्ट पारे । ‘अहिलेका पार्टीका सरकारका जे जति समस्या छन्, त्यसलाई हल गर्ने भनेर हामीले स्थायी कमिटीको बैठक बोलाउ भनेर हस्ताक्षर गरियो । त्यहीं छलफल गर्ने, बहस गर्ने भनेर भनेका हौँ । सरकारका पार्टीका समस्याहरू बैठकमै छलफल गर्नु विधिसम्मत प्रक्रिया हो ।’

अहिलेको समाधान नै स्थायी कमिटी बैठक रहेको रायमाझीले बताए । रायमाझी लगायत २० जना स्थायी कमिटी सदस्यले केही दिनअघि स्थायी कमिटी बैठक बोलाउन दबाब दिँदै अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए ।

‘पार्टी एकताका कामहरू अझै पूर्ण भइसकेका छैनन् । क्याम्प बनाउँदै हिंड्ने, अनि एकले अर्कालाई निषेध गर्दै हिंड्ने र पार्टीलाई विभाजनतिर लैजाने जो समस्या छ, त्यसका बारेमा छलफल गरेर समाधान गर्नु नै उत्तम विकल्प हो,’ रायमाझीले लोकान्तरसँग भने ।

रायमाझीले सरकार र पार्टी संचालनका क्रममा विवाद र समस्या रहेको बताए । ‘यसको समाधान समाधान गर्ने विधि हुन्छ,’ रायमाझीले भने, ‘स्थायी कमिटी बैठक बोलाउन एकमत भएको हो तर गुटगत कामका लागि हस्ताक्षर गर्दै हिंड्नु बुद्धिमानी होइन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x