लकडाउनमा 'श्री कृष्णा' को पुन:प्रसारण गरिंदै, कहिले आउँछ टिभीमा ?

भारतीय टिभी च्यानलले टेलीसिरियल श्री कृष्णाको पुनः प्रसारण गर्ने भएको छ ।

लकडाउनका समयमा दर्शकहरूलाई सहज होस् भन्ने लक्ष्यसहित सो टेलीसिरियलको पुनः प्रसारण गर्न लागिएको हो ।


Advertisement

हिले टिभिहरूमा पुरानो शोहरूले माहोल जमाइरहेका छन् । लकडाउन शुरू भएसँगै भारतीय च्यानलमा रामायणको पुनःप्रसारण गरिएको थियो । दर्शकहरूले अत्याधिक रुचाएपछि उत्तर रामायणको पनि पुनः प्रसारण गरिएको थियो । उत्तर रामायणको शो भाइरल भएपछि श्री कृष्णाको पनि पुनः प्रसारण गर्न लागिएको हो । 

कहिले हुन्छ प्रसारण ? 


Advertisement

हिन्दु धर्ममा कृष्णलिलाको व्यापक चर्चा रहेको छ । कृष्णकै लिलामा आधारित श्री कृष्णालाई दर्शकले आइतबार राती नेपाली समयअनुसार सवा ९ बजे हेर्न पाउनेछन् । अर्थात यसको प्रसारण भारतीय समयअनुसार ९ बजे राती हुनेछ । यस्तै बिहान ९ बजेपनि यसको पुनः प्रसारण गरिनेछ । 

यो शो १९९३ मा रिलिज भएको थियो । जसमा सर्वदमन डी बर्नर्जीले कृष्णाको भूमिका निभाएका थिए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्