×

NMB BANK
NIC ASIA

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन राष्ट्रिय युवा संघ जाजरकोट जिल्ला संयोजक दीपेन्द्र शाही निम्लबनमा परेका छन् ।

Muktinath Bank

नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि कुटपिट गरेको भन्दै संघले शाहीलाई निलम्बन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

‘जिल्ला संयोजक दीपेन्द्र शाही नेतृत्वको समूहले आक्रमण गरी शक्त घाइते बनाएको उल्लेख गरी २०७७ वैशाख १३ गते नेकपा जाजरकोट जिल्ला कमिटी, नेकपा कर्णाली प्रदेश कमिटीको प्रेस वक्तव्य र ०७७ वैशाख १६ गते राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीका सदस्यहरूको सिफारिसलाई आधार मानी राष्ट्रिय युवा संघ नेपालको अन्तरिम विधान २०७६ धारा १०.३ (क.ङ) का आधारमा धारा १८.३ को प्रावधान बमोजिम आजका मितिदेखि लागू हुने गरी संगठनका सबै जिम्मेवारीहरूबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

Vianet communication
Laxmi Bank

घटनाको सत्यतथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन जाजरकोटबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र कार्यबाहक संयोजक भीम जिसी रहेको ५ सदस्यीय छानबिन समिति समेत संघले बनाएको छ । जिल्ला संयोजकको कार्यबाहक जिम्मेवारी सहसंयोजक भीम जिसीलाई प्रदान गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x