×

NMB BANK
NIC ASIA

अन्नपूर्ण गाउँपालिकामा विकास निर्माणका कामको स्थलगत अनुगमन

बैशाख २४, २०७७

NTC
Premier Steels

जिल्ला समन्वय समिति कास्कीले अन्नपूर्ण गाउँपालिकामा बन्दाबन्दीका क्रममा भइरहेका समस्या एवं विकास निर्माणका कामको स्थलगत अनुगमन गरेको छ ।

Muktinath Bank

समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले गाउँपालिकाभित्र बन्दाबन्दीको समयमा भइरहेको कठिनाइका साथै सञ्चालित विकास निर्माणका कार्यक्रम अनुगमन गरेको हो । अनुगमनका क्रममा गाउँपालिकाको कार्यालयलगायत वडा नं १, २, ३, ५ र ६ वडा कार्यालयमा पुगी त्यहाँ भइरहेका कामकारवाही, बन्दाबन्दीको असर तथा कोरोना भाइरस रोकथामका प्रयासबारे जानकारी लिइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्रममा सम्बन्धित वडाध्यक्षहरुले बन्दाबन्दीका कारण कर्मचारी अभावमा अधिकांश कामकारवाही प्रभावित भएको बताउँदै वडामा विदेशबाट फर्केका  एवं वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको समेत तथ्याङ्क सङ्कलन गरिएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

यसैबीचमा शिक्षा तथा स्वास्थ्य, कृषिलगायत क्षेत्रको वडामार्पmत हुने कामकारवाही भने सञ्चालन भएको वडाध्यक्षहरुले जानकारी दिए । यस बीचमा वडाभित्रका बालबालिकाका लागि दादुरा र रुवेलाको खोप लगाइएको छ । बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा मजदुर वर्गका लागि राहत वितरण गर्न खाद्यान्न सङ्कलन गरिसकिए पनि हालसम्म राहत वितरण भने नभएको वडा नं ६ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

Vianet communication

उनका अनुसार राहत वितरणका लागि १७१ विपन्न मजदुरको नामावली सङ्कलन गरी गाउँपालिकामा पठाउनुका साथै रु ४८ हजार मूल्य बराबरको १२ मुरी कोदोसमेत खरिद गरी भण्डारण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष जीवनाथ पौडेलले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्नका लागि बन्दाबन्दीका कारण कृषकलाई सामाजिक दूरी कायम गर्न, विदेशबाट आएकालाई होम कोरेन्टाइनमा बस्न एवं नयाँपुलस्थित बजारमा चुना छर्ने काम सम्पन्न गरेको जानकारी दिए ।

 अनुगमनपछि जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले बन्दाबन्दीका कारण अधिकांश सेवामूलक कार्यालयबाट सेवा प्रभाव हुन नसकेको पाइएको बताए। सेवामूलक कार्यालयलाई सञ्चालन गर्दै नियमित कामकारवाही सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले भने, 'जनतालाई अप्ठ्यारो परेको छ, यस्ता अवस्थामा स्थानीयस्तरबाट दिने कुनै पनि सेवा रोकिनु हुँदैन ।'

जिल्ला समन्वय अधिकारी नवराज बरालले बन्दाबन्दीले समस्या निम्त्याए पनि जनतालाई दिइने सेवा प्रवाहलाई प्राथमिकताका साथ जोड दिनुपर्ने आवश्यकता औँल्याए । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पालिकाले राहत वितरणभन्दा पनि विपन्न एवं मजदुरलाई काममा लगाएर जीविकोपार्जनमा सहयोग गर्दै आएको बताए।

बन्दाबन्दीका कारण समस्यामा परेकालाई विकास निर्माण, चौतारा, पोखरी संरक्षण एवं सडक सरसफाइजस्ता क्रियायाकलापमा लगाएर साँझ जाँदा भुक्तानी गर्ने गरेको उनले बताए । बन्दाबन्दीका क्रममा गाउँपालिकाले विकास निर्माणलगायतका कार्यका लागि रु तीन करोड  ५० लाख निकासा गरिसकिएको अध्यक्ष कुँरले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x