×

NMB BANK
NIC ASIA

सीमामा सशस्त्रको असुरक्षित पहरा : आँधीहुरी चल्दा टेन्टमै झुण्डिन्छन् प्रहरीहरू

बैशाख २७, २०७७

NTC
Premier Steels

सदैव खुला रहने नेपाल–भारत सीमा आजभोलि कडीकडाउ छ । आवतजावत बन्द छ ।

Muktinath Bank

कोरोना भाइरस (कोभिड १९) महामारीपछि जारी लकडाउनको क्रममा सीमा क्षेत्रमा कडाइ गरिएको हो । सीमामा सशस्त्र प्रहरी तैनाथ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवश्यक पूर्वाधार नहुँदा खुला सीमा एकाएक कडाइ पारिनु कम चुनौतीपूर्ण पटक्कै छैन । एकाएक आएको चुनौतीको सामना यतिबेला सशस्त्र प्रहरी बलले गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको खक्रौला नाकादेखि दार्चुलाको तिंकरसम्म सशस्त्र प्रहरीले पोस्ट खडा गरी तैनाथ छ । कैलालीको १०१ किलोमिटरमा भारतसँगको सीमानामा ३८ वटा अस्थायी चेक पोस्ट र १०५ वटा डिउटी पोस्ट बनाइएको जनाइएको छ, जहाँ ५५ं० जना तैनाथ छन् ।

Vianet communication

कैलालीको कर्णाली पारिको श्रीलंका टापुमा सशस्त्र प्रहरीले डुंगाबाट सीमामा गस्ती गरिरहेको छ । धेरै स्थानमा सशस्त्र प्रहरीले मचान बनाएर निगरानी बढाएको छ ।

यसैबीच तैनाथ सीमा सुरक्षा सशस्त्र प्रहरी बल सीमा क्षेत्रमा हुने घुसपैठ रोक्न तथा कोरोना नियन्त्रण तथा रोकथामका लागि भोकै–प्यासै खटिएको छ । बिहीवार राति आएको आँधीहुरीले त झनै विचल्ली बनाएको छ । कैलालीको हौसलपुर बोर्डर पोस्टमा ओत लाग्ने टेन्ट र भान्सा समेत उडाएको बताइएको छ ।

यातायात, खानेपानी, विजुली बत्तीको समस्या रहेको सीमा क्षेत्रमा खानेपानी जर्किनमा बोकेर खानुपर्ने र मोबाइल चार्ज नजिकैको बस्तीमा गएर गर्नुपर्ने बाध्यता रहेको प्रहरी अधिकारी बताउँछन् ।

पोस्टका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक (सई) गणेशकुमार बोहराले वर्षात् तथा घामपानीबाट बच्न चुनौती थपिएको बताए । ‘खानेपानी, बिजुली बत्तीको समस्या त छ नै, आँधीपानीबाट जोगिन ओत लाग्ने ठाउँको अभाव छ,’ उनी सुनाउँछन्, ‘सीमा क्षेत्रमा बाटोघाटो नहुँदा पनि ड्युटी गर्न समस्या भएको छ ।’

खानेपानीका लागि बोर्डर पोस्टभन्दा २/३ किलोमिटर टाढा पुरानो भुँइयाँफाटाँ गाउँ जोकैहियापुर टोलबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको प्रहरी नायब निरीक्षक बोहराले दुःखेसो सुनाए । उनी भन्छन्, ‘हावाँहुुरी, असिना पानीले टेन्ट उडाउनेको छ । टेन्ट जोगाउन सबै जना टेन्टमै झुण्डिनुपर्ने हुन्छ ।’

अतिआवश्यक सामग्री नहुँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी आफैं असुरक्षित रहेको भन्दै त्रिपाल लगायत विपत् व्यवस्थापनका सामग्री उपलब्ध भए सुरक्षित पोस्ट निर्माण गर्न सकिने माग छ ।

बिहीवार बिहान आएको हावाहुरी, असिनापानीले हौसलपुर पोस्टको भान्साको छानो समेत उडाएको थियो । बीओपी भुँइयाँफाँटाका इन्चार्ज मोहन भट्टले हावाहुरीले खानेपानीको फिल्टर पनि उडाएर क्षति पुर्‍याएको बताए । छुट्की पलियामा स्थापना गरिएको अस्थायी पोस्टमा पनि हावाहुरी र आँधीपानीले समस्या निम्त्याएको इन्चार्ज भट्ट बताउँछन् ।

स्थानीयको सहयोग

कैलारी गाउँपालिका–७ का वडाध्यक्ष कमलप्रसाद चौधरी पोस्टका लागि गाउँपालिकाबाट यातायातका लागि एउटा गाडी, विजुली बत्तीका लागि हौसलपुर गाउँको स्थानीयहरूसँग समन्वय गरी २ वटा सोलर बत्ती, बस्नका लागि टेबल कुर्सी लगायतका सामग्री उपलब्ध गराएको बताउँछन् ।

सरकारले सीमामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । भारतबाट आउने व्यक्तिबाट नेपालमा संक्रमण फैलिने उच्च जोखिम रहेको बताउँदै सरकारले सीमामा कडाइ गर्न निर्देशन दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x