×

NMB BANK
NIC ASIA

कोरोनाको प्रभाव र समाधानको वैज्ञानिक उपाय खोज्न नेपालमा नासा स्पेस एप्स च्यालेञ्ज

बैशाख २९, २०७७

NTC
Premier Steels

विश्वव्यापीरुपमा महामारी फैलिएको कोभिड–१९ ले पारेको प्रभाव र यसको समाधानको वैज्ञानिक उपाय खोजीका लागि आगामी जेठ १७ र १८ गते ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने भएको छ ।

Muktinath Bank

‘कोभिड–१९ च्याल्लेञ्ज २०२०’ नाम दिएको यो खोजी नेपालमा पनि सञ्चालन गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ४८ घण्टे विश्वव्यापी ‘भर्चुअल  ह्याकथान’ मा सहभागीले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष संस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने तथ्याङ्कमा काम गरी कोभिड–१९ को समाधानका उपाय खोज्ने प्रयास गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खोजीको ४८ घण्टे अवधिमा, विश्वभरिका सहभागीले भर्चुअल टोली सिर्जना गर्नेछन् । कोभिड–१९ महामारीसम्बन्धी मुद्दाको समाधान गर्न पृथ्वी अवलोकनसम्बन्धी तथ्याङ्क प्रयोग गरिने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत र कार्यरत नेपालीलाई आह्वान गरिएको उनले बताउए । वैज्ञानिक खोजको चुनौतीमा सामेल भएर नासा, इसा तथा जाक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्याङ्कलाई केलाउँदै समाधान खोज्ने प्रयासमा नेपाली उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञलाई सोसाइटीले आह्वान गरेको छ ।

Vianet communication

अन्तरिक्षबाट प्राप्त तथ्याङ्कका आधारमा भाइरस तथा यसको फैलावटको अध्ययन, स्थानीय प्रतिक्रिया, परिवर्तन र समाधान, कोभिड–१९ को पृथ्वी प्रणालीमा प्रभाव, कोभिड–१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र समाधानको अवस्थाका बारेमा पनि खोजीका क्रममा अध्ययन गरिनेछ । 

कार्यक्रमका लागि वैशाख ३० गते विश्वव्यापीरुपमै दर्ता खुला गरिने जनाइएको छ । नेपालमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले इनोवेट नेपाल समूह (आइएनजी) सँगको सहकार्यमा गत वर्षदेखि ‘नासा स्पेस एप्स च्यालेञ्ज’ गर्न थालेको हो । कार्यक्रमसम्बन्धी थप जानकारी वा जिज्ञासा नासो कार्यालयमा सम्पर्क गरी लिन सकिने सोसाइटीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x