×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

जसपा विभाजित, उपेन्द्र यादवको मन्त्री पदसमेत संकटमा

काठमाडाैं | बैशाख २४, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

१२ सांसद रहेको जनता समाजवादी पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवसँग ५ सांसद बाँकी रहेका छन् । सात सांसदले जसपा पार्टी गठन गरेपछि उपेन्द्रसँग उनीबाहेक ४ सांसद बाँकी रहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकी रहेका सांसदमा राजकिशोर यादव, रेखा यादव, प्रकाश अधिकारी र दीपक कार्की छन् ।


Advertisment
Nabil box
Kumari

१२ मध्ये अशोक राई, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत र  रञ्जु ठाकुर  नयाँ पार्टीतिर लागेका छन् । राईको नेतृत्वमा बनेको नयाँ दलको नाम जसपा राखिएको छ । उपेन्द्रसँग पार्टी फुटेको भन्दै नयाँ दलका लागि आइताबर नै निर्वाचनमा आयोगमा निवेदन दिइसकिएको छ । 
७ सांसद बाहिरिएपछि उपेन्द्रको पार्टी ६ सांसद रहेको जनमतभन्दा पनि सानो बन्न पुगेको छ ।

Vianet communication

यसैबीच उपेन्द्र यादवको मन्त्री पद संकटमा परेको छ । हाल अमेरिकामा रहेका उनी उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट पदमुक्त हुने खतरा बढेको नेताहरु बताउँछन् । उपेन्द्रले कांग्रेससँग मिलेर अहिलेको गठबन्धन भत्काउने प्रयास गरेपनि अहिलेको परिस्थिति बनेको बताइएको छ । दल फुटाउन सत्तारुढ गठबन्धनकै केही नेताको भूमिका रहेको दाबी गरिएको छ । 
००००
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको कनेक्सन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पछिल्लो सक्रियतासँग समेत सम्बन्धित रहेको पाइएको छ ।

नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत साथमा लिएर वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका बेला जसपा विभाजन भएको हो । 

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका उड्नुअघि नेपालले उनीसँग गोप्य छलफल गरेका थिए ।

‘माधव नेपाल र उपेन्द्र यादव मिलेर एक(एक वर्ष प्रधानमन्त्री बन्ने र यो गठबन्धन ढाल्ने खेल भइरहेको थियो, त्यसैविपरीत जसपा विभाजन भएको हो,’ विश्वस्त स्रोतले भन्यो ।

उपेन्द्रले यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि गोप्य छलफल गरेका थिए । देउवासँग मिलेर आलोपालोमा प्रधानमन्त्रीसमेत खाने रणनीतिमा रहेका उपेन्द्र अहिले संकटमा छन् । 
००००
गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद मात्रै देखिएका थिए ।

सभामुख धितालले बहुमत पुगेको घोषणा गरेपछि कांग्रेसले प्रक्रिया मान्दैनौं भन्दै बैठकमै कालो झण्डा देखाएका थिए ।
००००
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।
वैशाख २४ गतेदेखि लागू हुने नयाँ मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेट ३५० रुपैयाँ पर्ने संघले जनाएको छ ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ ।
गत मंगलवार दुई जनाबीच फोनमा कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएका छन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको हो ।
००००
काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि शुरू गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् ।
कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला शुरू गरेकोमा १० हजार बढीले आवेदन दिएका हुन् ।
००००
नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । आइतबार नेपाल आएकी उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
००००
राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी चक्रबहादुर बुढाले पाएका छन् ।
विभागमा रहेका नवराज ढुंगानालाई शुक्रबार प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर उनको ठाउँमा बुढालाई जिम्मेवारी दिइएको हो ।
००००
कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै दलबाट मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार टिकाउन प्रयास गर्ने भएको छ ।
संविधानले दिएको बाटोलाई अवलम्बन गरेर कांग्रेस सरकार टिकाउन लाग्ने प्रमुख सचेतक गोपाल तामाङले बताए ।
००००
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार हेर्न नमिल्नेमा परेको छ । उच्च अदालत पाटनका मुख्य  न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।
००००
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पहिलोपटक कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा नुवाकोटमा बनाइएको २५ मेगावाटको सोलार ग्रिडमा करिब ६८ करोड हिनामिना गरेको भेटिएको छ ।

सस्तोमा टेन्डर भरेको चीनको पेंगाओ एन्ड हेरोन जेभीलाई कानूनविपरीत हटाएर घिसिङले ६८ करोडभन्दा बढी बोलपत्र पेश गरेको राइजेन इनर्जीलाई छनोट गरी ठेक्का दिएको देखिएको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने विषयमा हतार नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । 

वैशाख २१ वैशाखमा सोडारीले विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले तत्काल मत नदिने अडान लियो । पार्टीको यही अडानपछि शनिबार राति भेट्न आएका एमाले सुदूरपश्चिम प्रदशका सचेतसहितसँगको भेटमा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न निर्देशन दिएका हुन् ।
००००
नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोप्रति भारतले असन्तुष्टि जनाएको छ । 
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको टाइम्स अफ इन्डियाले आइतबार समाचार प्रकाशित गरेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x