×

NMB BANK
NIC ASIA

बुटवल उप–महानगरपालिकाले कृषिकर्ममा युवालाई आकर्षित गर्नेगरी जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई किसानमा आकर्षित गर्ने र व्यवसायिकरण गर्न मद्दत पुर्‍याएको छ । 

Muktinath Bank

अहिले महामारीले कृषिकर्ममा धेरैको आकर्षण बढाइरहेका बेलामा बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै सहरीत्त कृषि प्रवद्र्धनका नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ । उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक जग्गाको खोजी तथा संरक्षण, जथाभावी प्लटिङ निषेध तथा जमिन बाँझो राख्न नपाइने जस्ता नियम बनाउँदै सहरी कृषिमा बुटवलले शुरू गरेको कामलाई मुलुकमै नमुना मानिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोगदेखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका कामहरु भइरहेको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सहरी कृषिअन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरुमा हौसला बढ्दै गएको र सहरमा पनि जैविक उत्पादनको माग बढिरहेको बुटवलको तथ्यांकमा छ । कृषि कर्म गर्ने सोंचमा रहेका तर जमिन नभएकालाई जग्गा भाडामा लिएर खेती गर्नका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको बताउँदै प्रमुख सुवेदीले सहरका बस्ती बाहेकका क्षेत्रमा कृषि प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताए ।  


Advertisment
Nabil box
Kumari

कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नुका साथै उत्पादनलाई बजारीकरण गर्नेसम्मका योजना बनाएर सहरी कृषिका कार्यक्रम सञ्चालन गरिएको छ ।  आफ्नै भूमिमा काम पाइदैन भन्दै युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई बदल्नका लागि यसखालका कार्यक्रम प्रभावकारी हुने प्रमुख सुवेदीको विश्वास छ । 

Vianet communication

बुटवल उप–महानगरपालिकाले आव ०७५/०७६ देखि नै बुटवलका बाझो जग्गा तथा खेती नगरिएका जग्गाको सदुपयोग गरी कृषि उपजको उत्पादकत्व बृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो । यसखालको कार्यक्रमले स्वरोजगारको वातावरण सिर्जना गर्ने मात्र नभई सहरी कृषिलाई प्रवद्र्धन गरेर धेरै युवालाई आकर्षित गर्ने उप–महानगरको विश्वास छ । 

उत्पादनका आधारमा अनुदान दिनका लागि उप–महानगरका कृषि विकास शाखाका प्रमुख सन्तोष जिसीको नेतृत्वमा प्रस्तावित क्षेत्रको अनुगमन हुँदै आएको छ । गत वर्ष २५ जनाले जग्गा भाडामा लिएर खेती गरेका थिए । यो वर्ष लकडाउनको अवधिमा मात्रै १३ जनाले जग्गा भाडामा लिएर खेती गर्ने भन्दै सम्झौता गरिसकेको कृषि विकास शाखा प्रमुख जिसीले जानकारी दिए । अनुदान रकमका लागि तोकिएको जग्गामा तोकिएकै क्षेत्रफलमा कृषि बाली लगाएपछि मात्रै प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको जिसीको भनाइ छ ।

कम्तीमा चारदेखि २२ कट्टासम्म जग्गामा खेती गर्नेगरी सम्झौता भएको छ । प्रतिकट्टा एक हजार रुपैयाँका दरले भाडामा अनुदान दिइएको छ । अरुको जग्गा भाडामा लिएर खेती गरेका बुटवल–११ नहरपुरका किसान आत्मराम सापकोटाले लकडाउनकै अवधिमा झण्डै एक हजार क्वीन्टल टमाटर मात्रै बिक्री गरिसकेको बताए ।  सापकोटा त्यस टोलका नमुना किसानका रुपमा लिइन्छ । सापकोटाको खेतीबाट प्रभावित भएर अनुगमन तथा निरीक्षण गर्न नगर प्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडाअध्यक्ष रामचन्द्र क्षेत्री र कृषि विकास शाखा प्रमुख जिसी आफैँ पुगेका थिए ।  

सहरी तरकारी खेती प्रवद्र्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने गरि बुटवलले पहल गरिरहेको छ । सहरी क्षेत्रको कृषि उत्पादनको माग आपूर्तिको लागि सहर र वरपरका क्षेत्रमा कृषिलाई व्यवस्थित गर्दै सहरीमार्फत बजारीकरणका कामलाई अझ व्यवस्थित गरिने जिसीले बताए ।   

खेतीयोग्य जमिनलाई बाँझो राख्न नदिने बरु थोरै भएपनि अनुदानको व्यवस्था गर्न थालिएपछि किसानहरुमा हौसलासमेत बढेको छ । बुटवलले शुरू गरेको किसानमैत्री कार्यक्रमले सम्बन्धित जग्गा धनी तथा उत्पादक दुवैलाई हौसला मिलेको वडा नं. १८ का कृषक रोमाकान्त खरालले बताए ।  

ग्रीन हाउसमा सहयोग र जैविक मलमा प्रोत्साहन
जग्गा भाडामा लिएका किसानले मौसमी, बेमौसमी तरकारी खेती र मसला बाली लगाउँदै आएका छन् । जग्गा भएका ठाउँमा बेमौसमी तरकारीका रुपमा काँक्रा, करेला, सिमी, बोेडी, लौका, घिरौला, भान्टा, टमाटर, काउली, खुर्सानी, च्याउ खेतीजस्ता खेतीको प्रवद्र्धन गरिरहेको छ । ग्रीन हाउस निर्माण गरेर किसानलाई व्यवसायिक उत्पादनमा आकर्षित गरिएको बताउँदै उप–महानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उत्पादन गरिएको तरकारीमा सकभर जैविक मलको प्रयोग गर्न लागाइएको बताए । आउँदो वर्ष अर्गानिक उत्पादन र जैविक मलमा समेत थप अनुदानको व्यवस्था गर्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ । 

जग्गा नहुनेलाई कौँसीखेती तालिम
उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जग्गा नहुनेलाई कौसीमै तरकारी खेती गर्ने सीप तथा प्राविधिक सहयोग गरिएको बताए । उनले कृषिबाली उत्पादन, प्रशोधन तथा बजारीकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको बताए । जग्गा नभएका ठाउँमा घरको छत तथा कौसीमा उपयुक्त तरकारी खेती गराइएको र त्यहाँ घरबाट निस्किने कुहिने फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सिकाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ । प्रविधिबाट बन्ने जैविक विषादी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । 

पसल धितो राखेर ऋण
बुटवलले शुरू गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिन्छ । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्यांकन गर्दै उनीहरुलाई पायक पर्ने सहकारीमार्फत फसल धितो राखेर ऋण उपलव्ध गराइँदै आएको छ । किसानले उत्पादन गरेका खाद्य बाली धान र गहुँको बीउलाई सहकारीले गोदाममा भण्डारण गर्दै किसानलाई आवश्यक ऋण उपलब्ध गराइएको छ । बुटवल–१७ मा रहेको सिम्रिक कृषि सहकारीले ७५ मेट्रिक टन धान, ८० मेट्रिक टन धानको बीउ, एक सय ४० मेट्रिक टन गहुँ र ९० मेट्रिक टन गहुँको गुणस्तरीय बीउ भण्डार गरेको छ । यस्तै बुटवल–१६ को आदर्श कृषि सहकारी संस्थाले ६३ मेट्रिक टन धान भण्डारण गर्दै उत्पादक किसानलाई फसलका आधारमा आवश्यक सहुलीयत दरको ऋण प्रवाह गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x