×

NMB BANK
NIC ASIA

नतिजा दिन नसकेका कार्यकर्ता पोस्ने कार्यक्रमलाई निरन्तरता नदेऊः कांग्रेस महामन्त्री कोइराला

जेठ ५, २०७७

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद डा. शशांक कोइरालाले विगतमा नतिजा दिन नसकेका कार्यकर्ता पोस्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई निरन्तरता नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरोना संकटका कारण उद्योग धन्धालाई धराशायी हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराए । 

Muktinath Bank

सरकारका नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा दोस्रो दिन सोमवारको छलफलमा भाग लिँदै कोइरालाले कर्मकाण्डी कार्यक्रम ल्याएर सरकार आममानिसको दुःखमा संवेदनशील नभएको आरोप लगाएका हुन् । उनले सांसदले दिएका सुझाव समेटेर बजेट ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पहिलो प्राथमिकतामा कृषिलाई राखेर उपयुक्त कार्यक्रम ल्याउनुपर्नेमा विगतमा नतिजा दिन नसकेका कार्यकर्ता पोस्ने योजनाको रूपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता कार्यक्रमलाई निरन्ता दिइनु अत्यन्तै दुर्भाग्य छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

कोइरालाले वैदेशिक रोजगारीबाट फर्किन चाहनेका लागि स्वास्थ्य परीक्षण गराएर सुरक्षित तरबले घर फर्काउन सरकारसँग आग्रह गरे ।

Vianet communication

महासंकटको अवस्थामा भोकमरी आउन नदिन कृषिमा लगानी बढाएर किसानलाई सहुलियत दिन उनले माग गरे ।

कांग्रेस महामन्त्री कोइरालाले कोरोनाविरुद्धको लडाईंमा खटिएका चिकित्सक, सुरक्षाकर्मी र सरसफाइमा कार्यरत कर्मचारीको मनोबल बढाउने गरी काम गर्न सरकारसँग आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x