माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
जेठ ७, २०७७
पछिल्लो समय कोरोनाभाइरस (कोभिड– १९) संक्रमणको ‘हट-स्पट’ बनेको बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले परिस्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको भन्दै दु:ख प्रकट गरेका छन् ।
गत जेठ ४ गते भारतको मुम्बईबाट आएका एक संक्रमितको मृत्यु भएपछि परिस्थिति थप तनावग्रस्त बन्न पुगेको छ ।
लोकान्तरसँग कुरा गर्दै अध्यक्ष शाहले आफूसँग टाउको समातेर रुनुको विकल्प नरहेको सुनाए ।
‘हिजो म एकछिन टाउको समातेर रोएँ,’ उनले भने, ‘यहाँका मान्छेहरूले पनि बुझिरहेका छैनन्, संक्रमितहरूले नै आफूलाई केही नभएको र जबर्जस्ती राखिएको भनेर आरोप लगाउन थालेपछि हामीसँग अरू के विकल्प रह्यो र ?’
शाहले सेना र प्रहरीले आफ्नो गाउँपालिकाको जिम्मा लिनुपर्ने बताए । ‘हाम्रो गाउँपालिका एकदमै पिछडिएको छ, यहाँ आधारभूत स्वास्थ्य सेवा त थिएन नै, चेतना पनि पिछडिएको छ,’ उनले भने, ‘हामीले शून्यबाट शुरू गरेका हौं । म आफैं दौडिँदा दौडिँदै हैरान भएको छु, तर पनि परिस्थिति नियन्त्रणमा आइरहेको छैन ।’
नरैनापुरमा अहिले १४ वटा क्वारेन्टाइनस्थल छन् । हिजोमात्र नयाँ ठाउँमा पाल टाँगेर ३७ जनालाई राखिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले लोकान्तरसँग भने, ‘सशस्त्र प्रहरी बलको निगरानीमा सबैलाई राखिएको छ तर प्रहरीले मात्र परिस्थिति नियन्त्रण गर्न सकिरहेको छैन । क्वारेन्टाइनबाट मान्छे भाग्न खोज्ने प्रवृत्ति यथावत छ । एकले अर्कोलाई सम्झाउने भन्दा पनि भड्काउने खालको परिस्थिति बनिरहेको छ ।’
नरैनापुरमा रहेका क्वारेन्टाइनमा साढे ७ सय जति मानिसलाई राखिएको छ । तर स्वाब भने अहिलेसम्म २ सय ३६ जनाको लिइएको छ ।
परीक्षण रिपोर्ट छिटो नआउँदा थप समस्या भएको खरालले बताए ।
उनले क्वारेन्टाइनमा सबैलाई राम्रैसँग राखिएको बताएका छन् । ‘अहिले गर्मीको सिजन भएकाले मच्छरको प्रकोप हुने हुनाले सबैलाई झुल पनि दिइएको छ,’ खरालले भने, ‘२/३ मिटरको दूरीमा राखिएको छ । खानाको व्यवस्था गाउँपालिकाले नै गरिरहेको छ । गाउँपालिकासँग बजेट सकियो, विभिन्न शीर्षकमा माग गरेका छौं ।’
उनले संघ र प्रदेश सरकारले नहेरे परिस्थिति थप जटिल बन्दै जाने बताए ।
नरैनापुर कोरोनाको हटस्पट बनेपनि क्वारेन्टाइनमा रहेका सबैको परीक्षण किन नगरिएको हो, आफूलाई थाहा नभएको बाँके जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तव बताउँछन् ।
‘संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ त परै जाओस्, क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गरिएको छैन,’ असन्तुष्टि पोख्दै श्रीवास्तवले लोकान्तरसँग भने, ‘नरैनापुरमा मात्र ६८ जना संक्रमित भेटिएको छ । त्यो २ सय ३६ को परीक्षण गर्दा भेटिएको हो । क्वारेन्टाइनमा रहेका ७ सयभन्दा बढीको परीक्षण गर्ने हो भने अझ धेरै भेटिने सम्भावना छ ।’
श्रीवास्तवले नरैनापुरको बोर्डरपारी २ सयभन्दा बढी नेपाल आउने तयारीमा रहेको बताए । ‘भारततर्फ रहेकाको समग्र संख्या डेढ हजारभन्दा पनि बढी छ । उनीहरूमध्ये कतिपय लुकेर नेपाल आइसके । तिनीहरू कहाँ छन् अझै सबैका बारेमा पत्ता लाग्न सकेको छैन,’ श्रीवास्तवले दु:खेसो पोखे ।
उनी आफैं नरैनापुर गइरहन्छन् । ‘मा पूरै पालिका घुमेको छु, परिस्थिति अत्यन्तै भयावह छ,’ उनले भने ।
उनले प्रदेश र केन्द्र सरकारसँग जनशक्ति बढाइदिन, स्वास्थ्य सामग्रीहरू थपिदिन र बजेट बढाइदिन आग्रह गरिरहेको खुलासा गरे, तर प्रदेश र केन्द्रले बेवास्ता गरिरहेको छ ।
नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका एक युवाको कोरोना पुष्टि हुनुअगावै मृत्यु भएको थियो । राति गम्भीर बिरामी भएका ती संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स खोज्दाखोज्दै मृत्यु भएको हो ।
उनको मृत्यु भएपछि मात्र कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । यता संघीय सरकारले भने सबै ठीकठाक मात्र रहेको बताउने गरेको छ ।
संसद्मै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राम्रो व्यवस्थापन गरिरहेको बताएका थिए ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...