×

NMB BANK
NIC ASIA

भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ ?

जेठ ९, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : नयाँ पत्रिका दैनिक
Premier Steels
Marvel

लिम्पियाधुरासम्मको भूभाग नेपालको हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्बर (१६ कात्तिक) मा जारी गरेको नक्सा नै पर्याप्त छ । भारतले जारी गरेको राजनीतिक नक्सामा स्पष्ट रूपमा लिम्पियाधुराबाट निस्केको नदीलाई काली नदी भनिएको छ ।सर्भे अफ इन्डिया (भारतीय सर्वेक्षण विभाग) बाट जारी सो राजनीतिक तथा प्रशासनिक नक्सा विभागको वेबसाइट www.surveyofindia.gov.in मा उपलब्ध छ । भारतलाई उसैले जारी गरेको नक्सा हेर्न लगाउने हो भने उसले कालीभन्दा पूर्वको नेपाली भूभाग अनधिकृत रूपमा अतिक्रमण गरेको हो भन्ने पुष्टि हुन्छ । 

Muktinath Bank

२ नोभेम्बर (१६ कात्तिक)मा भारतले जारी गरेको अंग्रेजी संस्करणको नक्सामा कालीनदी अंकित छ । तर, लगत्तै ८ नोभेम्बर (२२ कात्तिक)मा भारतले त्यही नक्सा संशोधन गरेर प्रकाशित गर्यो जसमा नदी छ, तर काली नाम हटाइएको छ । भारतले आफ्नै दस्ताबेजमा बेइमानी गरेर नेपाली भूमिमा कब्जा गर्न खोजेको छ भन्ने प्रस्टै हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली भूमि समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले तत्कालै आपत्ति जनायो । त्यसपछि भारतले ६ दिनपछि अर्थात् २२ कात्तिकमा कालीनदी मेटाएर अर्को नक्सा जारी गर्यो । 


Advertisment
Nabil box
Kumari

त्यस्तै २८ फेब्रुअरी (१६ फागुन)मा हिन्दी र संस्कृत भाषाको नक्सा पनि जारी गरियो । त्यसमा पनि कालीनदीको नामै छैन ।

Vianet communication
Laxmi Bank

२८ फेब्रुअरी अर्थात् १६ फागुनमा सार्वजनिक गरेको हिन्दी भाषाको नयाँ नक्सा । जसमा पनि कालीनदी गायब पारियो । 

२८ फेब्रुअरी अर्थात् १६ फागुनमा सार्वजनिक गरेको संस्कृत भाषाको नयाँ नक्सा । जसमा पनि कालीनदी गायब पारियो । 

आफुलाई विश्व गुरु भन्ने भारतलाई थाहा हुनुपर्ने हो, अन्तर्राष्ट्रिय सिमाना देखाउने नक्सा जारी गर्ने विषय बालबालिकाले ‘ड्रइङ प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन नलाग्दा मेट्न सकियोस् । तर, भारतले नयाँ नक्सा अपलोड गरे पनि २ नोभेम्बरको नक्सा अहिले पनि सर्भे अफ इन्डियाको वेबसाइटमा छ । त्यस्तै सर्भे अफ इन्डियाले २ नोभेम्बरमा अपडेट गरेको फेसबुक पेजमा पनि कालीनदीसहितको नक्सा छ । 

कालीनदी अंकित नक्सा भारतको सर्वेक्षण विभागको फेसबुक पेजमा पनि अपलोड थियो । 

कालीनदी हटाएर दोस्रो नक्सा सार्वजनिक गरेपछि त्यो नक्सा पनि भारतीय सर्वेक्षण विभागको फेसबुक पेजमा अपलोड गरियो । 

भारतका विज्ञानमन्त्री डा. हर्षवर्दनले हिन्दी र संस्कृत भाषाको नक्सा सार्वजनिक गरे । जसमा कालीनदी मेटाइएको छ ।

४ मार्च सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदीलाई सीमानदी भनिएको छ । कालीको पूर्व नेपाल र पश्चिम भारत हुने गरी अन्तर्राष्ट्रिय सिमाना त्यही सन्धिका आधारमा तय भएको हो । तर, भारतले लिम्पियाधुराबाट सुरु हुने नदी सहायक नदी हो, लिपुलेक क्षेत्रबाट सुरु हुने नदी काली नदी हो भन्ने दाबी गर्र्दै आएको थियो । तर, उसलै जारी गरेको नक्सामा लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ । 

त्यसो त लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनिएको यो पहिलोपटक होइन । ऐतिहासिक नक्साहरूले पनि यही भन्दै आएका छन् । सुगौली सन्धिपछि सन् १८२७ मा सर्भे अफ इन्डियाले तयार गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ । 

त्यस्तै, सन् १८५६ मा सर्भे अफ इन्डियाले कलकत्ताबाट प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ । ‘तर, ब्रिटिस अधिकारीहरूले सन् १८७९ र त्यसपछि जारी गरिएका नक्सामा भने कार्टोग्राफिक संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ पारियो,’ उनी भन्छन् । त्यही आधारमा भारतले लिम्पियाधुरादेखि कालापानीसम्मको भूभाग कब्जा गरेर आफ्नो फौजी पोस्ट स्थापना गरेको छ । 

सन् १९६२ (वि.सं. २०१९) मा चीनसँगको युद्धमा भारत काली नदी पार गरेर नेपाली भूमिमा प्रवेश गरेको हो । त्यो वेला जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई बलात् हटाएर राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेको दुई वर्ष मात्र भएको थियो । उनी भारतसँग सन्तुलन मिलाउन चाहन्थे, त्यसैले प्रतिक्रिया जनाएनन् । नेपालमा रहेका भारतीय सेनाका १७ सैनिक पोस्ट ०२६ मा हटाउँदा पनि नेपालले कालापानीको सेना पठाउन सकेन । 

०४७ सालको परिवर्तनपछि ०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारले भारतसँग कालापानीसहित सीमाविवाद समाधान गर्न पहिलोपटक भारतससँग प्रस्ताव गरेको थियो । त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा ०५४ सालमा यो विषय फेरि उठेको थियो । तत्कालीन भारतका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इन्दरकुमार गुजरालले कालापानीबाट भारतीय फौज हटाउने र सीमा समस्या समाधान गर्ने वचन दिएका थिए । तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले नयाँदिल्लीमा भएको भेटको प्रसंगमा भने, ‘गुजरालजीले कालापानीको सीमा समस्यालाई नेपालले प्रतिष्ठाको विषय नबनाओस् र भारतले पनि बनाउँदैन भन्नुभएको थियो । विवादित क्षेत्रबाट भारतले सेना बिस्तारै हटाउँदै जान्छ, यो विषयलाई क्रमिक रूपमा छलफल गरेर टुंग्याऔँ भन्ने उहाँको धारणा थियो ।’

०५४ सालमा नै कालापानीसहित सीमाका विषय विवाद सुल्झाउन परराष्ट्रसचिवलाई जिम्मा दिने निर्णय भयो । २–५ भदौ ०५४ मा नेपालका तत्कालीन परराष्ट्रसचिव कुमार ज्ञवाली र भारतका विदेशसचिव के रघुनाथनबीच वार्ता पनि भएको थियो । कालापानी भारतले अतिक्रमण गरेको ५७ वर्षमा विवाद सुल्झाउन भारतसँग भएको पहिलो र अन्तिम बैठक त्यही नै हो । त्यसयता प्रधानमन्त्रीका औपचारिक भ्रमण एवं पररराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगमा यो विषयले प्रवेश पाउँछ, तर परराष्ट्रसचिवहरूलाई जिम्मा दिने निर्णय हुँदै आएको छ । 

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा कालापानी र सुस्ताबारे ऐतिहासिक दस्ताबेज अध्ययन गरेर प्रतिवेदन बुझाउन चार सदस्यीय टोली गठन भएको थियो । बेलायत र अमेरिकासहितका देशका पुस्तकालयबाट नेपालसम्बन्धी दस्ताबेज खोजेर प्रतिवेदन बुझाउन सरकारले टोली पठाएको थियो । टोलीले बुझाएको प्रतिवेदन तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राजदरबारमा बुझाएका थिए । त्यो प्रतिवेदन अध्ययन भएन । 

त्यसो त ०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सीमा विवाद, १९५० को सन्धिलगायतका दुईपक्षीय विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन नेपाल र भारतका प्रबुद्ध व्यक्तिको समूह (इपिजी) गठन गर्ने सहमति भएको थियो । ०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भारतसँगको सहमतिमा इपिजी गठन भएको थियो । इपिजीले तीन वर्ष लगाएर प्रतिवेदन तयार गरेको छ र ओली र मोदीलाई बुझाउन प्रतीक्षा गरिरहेको छ । इपिजीको प्रतिवेदन तयार भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक नेपाल आएका छन् भने प्रधानमन्त्री केपी ओली एकपटक भारत गएका छन् । दुवैजना तीनपटक सँगै हुँदा पनि यति महत्वपूर्ण प्रतिवेदन बुझ्न मोदी तयार भएका छैनन् ।

वार्तामा नबस्ने मात्र होइन, दुई सरकार मिलेर गठन गरको इपिजीले तयार पारको प्रतिवेदन बुझ्नसमेत अस्वीकार गर्ने भारतले एकतर्फी नक्सा जारी गरेको हो । त्यति मात्र होइन, नेपाली भूमिमा भारतले सडक खनेर उद्घाटन गरेपछि नेपालले आफ्नो भूभाग समेटेर नक्सा जारी गरेको छ । 

भारतीय विदेश मन्त्रालयले फेरि भन्यो– नेपालको नक्सा अमान्य

भारतीय विदेश मन्त्रालयले नेपालद्वारा जारी लिम्पियाधुरासम्मको नक्सा मान्य नहुने दोहो¥याएको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार दिल्लीको शास्त्रीभवनमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा वार्ताका लागि नेपालले सकारात्मक वातावरण बनाउनुपर्ने दोहो¥याएका छन् । 

‘नेपालको यो एकपक्षीय कदम भारतलाई स्वीकार्य छैन,’ प्रवक्ता श्रीवास्तवले पत्रकार सम्मेलनमा भने, ‘नेपालको नेतृत्वले विद्यमान सीमा मुद्दाहरू समाधानका लागि कूटनीतिक संवादका लागि सकारात्मक वातावरण सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौँ । ’ भारतीय विदेश मन्त्रालयले नेपालले नक्सा प्रकाशित गरेकोमा बुधबार पनि विरोध गरेको थियो । 

भारतले २६ वैशाखमा पिथौरागढबाट नेपालको कालापानी हुँदै लिपुभञ्ज्याङ जोड्ने ८० किलोमिटर सडकमार्ग उद्घाटन गरेपछि नेपालले परराष्ट्र मन्त्रालयमार्फत २७ वैशाखमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै एकतर्फी सडक निर्माण अमान्य हुने स्पष्ट पारेको थियो । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २९ वैशाखमा भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपालका तर्फबाट कूटनीतिक नोट (विरोधपत्र) हस्तान्तरण गरे भने राजदूत क्वात्राले मन्त्री ज्ञवालीलाई भारतीय विदेश मन्त्रालयको विज्ञप्ति हस्तान्तरण गरेका थिए । 

त्यसपछि वार्ताको वातावरण बनाउनुको सट्टा भारतीय स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालको प्रतिक्रियाप्रति रोष व्यक्त गर्दै ‘कसैको उक्साहटमा नेपाल बोलेको’ आरोप लगाएका थिए । नेपाल सरकारले ४ जेठमा लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार बुधबार भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x