नेकपा सचिवालय सदस्यलाई ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’को ब्रिफिङ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरू लगायत अन्य केही नेताहरूलाई नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्टका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले ब्रिफिङ गरेका छन् ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अमेरिकी सहयोग परियोजनाका बारेमा निर्देशक बिष्टले प्रस्तुतीकरण गरेका थिए ।


Advertisement

अपराह्न ३ बजेदेखि शुरू भएको बिष्टको प्रस्तुतीकरण करीब ३ घण्टा चलेको थियो ।

बैठकमा सहभागी एक नेताले उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भने उपस्थित नभएको बताए ।


Advertisement

ओलीबाहेक नेकपा सचिवालयका अन्य ८ जना सदस्य, स्थायी कमिटी सदस्यद्वय भीम रावल र देव गुरुङ, अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, संसदको राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत एमसीएका केही पदाधिकारीहरू उपस्थित थिए ।

एमसीसीको महत्त्वका बारेमा दिइएको उक्त प्रस्तुतीमा स्थायी कमिटी सदस्य रावलले केही प्रश्नहरू राखेका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्