×

NMB BANK
NIC ASIA

आइसोलेसन बेडको अभावमा कोरोना संक्रमितको बिचल्ली, क्वारेन्टाइनमै बस्न बाध्य

जेठ ११, २०७७

NTC
Premier Steels

पश्चिम नवलपरासीमा शुक्रवार तीन जनामा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भयो । तीमध्ये एक जनालाई रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा पठाइएपनि आइसोलेसन अभावमा अन्य २ जना जिल्लाकै क्वारेन्टाइनमा बस्न बाध्य छन् । 

Muktinath Bank

उनीहरू सदरमुकाम परासीस्थित आदर्श माविको क्वारेन्टाइनमै छन् । संक्रमितले पाउनुपर्ने उपचार सेवाबाट वञ्चित भएपछि उनीहरू मानसिकरूपमा त्रसित हुन थालेका छन् । प्रदेश सरकारले तराईका जिल्लामा २ सय पहाडमा ५० बेडको आइसोलेसन सेन्टर बनाउने नीतिगत निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले आइसोलेसन बनाउने काम जिल्ला स्थानीय तहको नभएको भन्दै त्यसको व्यवस्थापन गर्न नसक्ने बताए । संक्रमितलाई प्रदेश सरकारले नै लगेर व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । क्वारेन्टाइनमा राखेका कारण अन्य व्यक्तिहरू त्रसित बनेको र अन्यन्त्र लैजानु पर्ने माग राख्न थालेको गुप्ताले बताए । 


Advertisment
Nabil box
Kumari

बाँकेपछि प्रदेश पाँचको सबैभन्दा बढी संक्रमित जिल्ला कपिलवस्तु हो । जिल्लाको वाणगंगा नगरपालिकामा संक्रमित धेरै छन् । आइसोलेन अभावले वाणगंगाका संक्रमितलाई अहिलेसम्म क्वारेन्टाइनमै राखिएको नगर प्रमुख मंगलप्रसाद थारूले बताए ।

Vianet communication

‘आइसोलेन कहाँ बनाउने भन्ने अझै टुंगो नलाग्दै धमाधम संक्रमित थपिए । संक्रमितलाई सिद्धार्थ क्याम्पसमा बनाइएको क्वारेन्टाइनमै राखिएको छ । सबैलाई छुट्टाछुटै कोठामा राखिएको छ ।’
जिल्लामा अहिले पनि भारतबाट आउनेको संख्या बढ्दो छ ।

रूपन्देहीको गैडहवा गाउँपालिका शनिवार संक्रमण पुष्टि भएकाहरू पनि क्वारेन्टाइनमै छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले आइसोलेन बेड नपाउँदा उनीहरूलाई क्वारेन्टाइनबाट आइसोलेसनमा सार्न नसकिएको बताए । 

‘बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट हिजो निको भएर गएकाहरूको ठाउँमा पठाइयो । अरू गाउँकै क्वारेन्टाइनमा छन् ।

पाल्पामा आइसोलेसन खाली रहेछ त्यहीँ पठाउने कि भन्ने छलफल चलिरहेको छ,’ घिमिरेले भने । बाँकेमा संक्रमितको संख्या १४२ पुगेको छ । संक्रमण तीव्र गतिमा फैलिएको छ । अन्य पाँच प्रदेशको तुलनामा प्रदेश ५ मा ढिला गरी कोरोना देखियो । धेरै क्षेत्र भारतसँग जोडिएको प्रदेशमा संक्रमित धेरै भारतबाट आएका हुन् ।

आइसोलेनसमा संक्रमित चिकित्सको निगरानीमा हुन्छन् । तर क्वारेन्टाइनमा चिकित्सकहरू पुग्न सक्दैनन् । प्रदेशले कोरोना उपचारका लागि बनाइएका बुटवलको धागो कारखाना, भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डी र बाँकेको सुशील कोइराला प्रखर अस्पताल कोरोनाको बिरामीले भरिएका छन् । 

बुटवलको धागो कारखानमा २ सय बेडको आइसोलनस थप गर्ने भनिएपनि अहिलेसम्म बन्न सकेका छैनन् । प्रदेशका सबै जिल्लामा कम्तीमा ५० बेडको आइसोलेसन बन्न नसक्दा बिरामीको सही रूपमा व्यवस्थापन गरेको उपचारमा समस्या भएको छ । 

प्रदेशका भारतसँग जोडिएका तराईका ६ जिल्लामा भारतबाट आएकाहरूलाई राख्न विद्यालयहरूलाई क्वारेन्टाइन बनाइएको छ । भारतबाट आएकाहरूमा संक्रमण हुने दर तीव्र छ ।

प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले सबै जिल्लालाई आइसोलेसन बनाएर संक्रमित बिरामीलाई जिल्लामै उपचार गर्ने व्यवस्था गर्न जिल्ला र पालिकालाई निर्देशन गरिएको बताए ।

अबको केही दिनभित्र बुटवलको धागो कारखानाको कोरोना अस्पतालमा २ सय बेड थप गरिने उनले बताए ।  

कुन जिल्लामा कति संक्रमित  

प्रदेश ५ को सबैभन्दा धेरै कोरोना संक्रमित बाँकेमा छन् । बाँकेमा अपडेट १४२ संक्रमित छ ।

बाँकेमा आइसोलेसन अस्पताल र आइसोलेसन सेन्टरमा व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्याक्रम बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा ८० जना संक्रमितमध्ये अस्पतालबाहिर छन् ।

त्यस्तै दाङमा ५, बर्दियामा ३, पश्चिम नवलपरासी ५, रूपन्देही ४० र गुल्मीमा २ लाई संक्रमण देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x