सत्तारुढ नेकपाका प्रमुख सचेतक तामाङको टिप्पणी : प्रदेश सरकारबारे सोच्ने बेला भयो !

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

सुदूरपश्चिम प्रदेश सभाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सरकारबारे सोच्ने बेला आएको टिप्पणी गरेका छन् ।

प्रदेश सभाको मंगलवारदेखि शुरू भएको छैठौं अधिवेशनको पहिलो बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै सरकारबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गरेका हुन् ।


Advertisement

हालको कारोना महामारीबाट जनतालाई जोगाउनेदेखि लिएर विकास निर्माणको काममा प्रदेश सरकारको प्रगति निकै कमजोर रहेको बताउँदै उनले सरकार बेलैमा सच्चिनुपर्ने बताए ।

‘सरकारले ढिलासुस्ती गरेको अनुभूति भएकै हो । सरकारभन्दा जनता अगाडि रहेका छन् । सरकार भएको अनुभूति भएकै छैन,’ उनले भने, ‘सरकारको प्रगति पनि कमजोर छ । संसद विकासको योजनालाई बेवारिसे बनाउने काम सरकारकै मन्त्रालय र कर्मचारीबाट भइरहेको छ । यसतर्फ सरकारको ध्यान जानैपर्छ ।’


Advertisement

सरकार सच्चिएन भने सरकारबारे सोच्नुपर्ने बताउँदै उनले आक्रोश पोखे, ‘यो सभाले सरकार बनायो कि प्रदेश सरकारले सभा बनायो ? अब सोच्ने बेला भएको छ । संसद विकासको ५० प्रतिशत योजनाको सम्झौता भएको छैन । हामीलाई नजरअन्दाज गरेको सरकारबारे समीक्षा गर्ने बेला आएको छ ।’ सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ । 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्