संविधान संशोधन प्रस्ताव सकारात्मक छ, केन्द्रीय समितिबाट संस्थागत निर्णय हुन्छ : सभापति देउवा

फाइल फोटो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याएको विधेयक सकारात्मक रहेको बताएका छन्।

संविधान संशोधनको प्रस्तावको उक्त विधेयक संसदको बुधबारको सम्भावित कार्यसूचीमा रहे पनि हटाइएको थियो।


Advertisement

याे विषयबारे टिकाटिप्पणी भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले बुधबार राति ट्वीट गरेर भनेका छन्, ‘अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ। यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं।’

कतिपय भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेकाे समाचारप्रति इंगित गर्दै उनले कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका छन्।


Advertisement

देउवाले भनेका छन्, हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् ।’

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्