फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कोरोना महामारीपछिको सम्भावित विश्वपरिस्थितिको आंकलन गर्नु यो लेखको मुख्य उद्देश्य हो। लेखको पहिलो भागमा वर्तमान विश्वव्यवस्थामा कोरोना महामारीले पार्नसक्ने प्रभावको विश्लेषण गरिएको थियो। भाग-२ मा कोरोना महामारीले विभिन्न मुलुकहरूको राष्ट्रिय राजनीतिमा पार्नसक्ने असरका साथै प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रता, गोपनीयता र राष्ट्रिय सुरक्षामा के-कस्ता प्रभावहरू पर्नेछन् भन्ने चर्चा गरिएको थियो। यो अन्तिम भागचाहिँ कसरी यो महामारी पूँजीवादी अर्थव्यवस्थाको विकल्प खोज्ने र विश्वलाई मौलिक रूपमै रुपान्तरण गर्ने अवसरको रूपमा प्रयोग गर्ने सकिन्छ भन्ने कुरामा केन्द्रित छ।
यस लेखको (भाग-१ को) शुरूमा भनिएझैं एक दिन यो महामारी समाप्त हुनेछ र हामी एउटा नयाँ अध्यायमा प्रवेश गर्नेछौं । कोरोनाको शोकलाई रचनात्मक शक्तिमा रुपान्तरण गर्ने अवसर महामारीपछिका मानवहरूले पाउने छन् । यो यात्रा निश्चय पनि लामो र जटिल हुनेछ। यसका निम्ति हाम्रा आनीबानीहरू र विश्वास पद्धतिमा परिवर्तन जरुरी छ । मानवजातिको साझा हितका निम्ति हामीले केही व्यक्तिगत त्यागहरू पनि गर्नुपर्ला, तर यो महामारीले हामीलाई हामीले हिंड्दै आएको बाटो छोडेर एउटा फरक तर न्यायपूर्ण नयाँ बाटो समात्ने अनुपम अवसर पनि दिनेछ।
कोरोना महामारीपछिको संसार एउटा फरक संसार हुनेछ। हाम्रो राजनीति, हाम्रो संस्कृति, हाम्रो अर्थव्यवस्थामा आउने प्रभाव र फेरबदलले महामारीपछिका मानवहरू पनि एक किसिमले परिवर्तित मानवहरू हुनेछन् । दूर शिक्षा, घरबाटै गरिने 'डिस्ट्यान्स-वर्क' र टेलिमेडिसिन जस्ता अभ्यासहरू अझै व्यापक हुँदै जानेछन्। डिजिटल प्रविधिको क्षेत्रमा अभूतपूर्व वृद्धि, उत्पादन र सेवा क्षेत्रमा स्वचालित मेसिनहरूको प्रयोग पनि बढ्न सक्छ। यसले अन्तत: मानिसको उपभोग र आर्थिक व्यवहारको ढाँचामा ठूलो परिवर्तन ल्याउन सक्छ। स्वास्थ्य सेवा प्रणालीहरूमा पनि रूपान्तरण देख्ने सकिनेछ भने मिथ्याभन्दा विज्ञान र तथ्यहरूमा विश्वास गर्ने मान्छेहरू धेरै हुनेछन्।
यदि त्यसो हो भने के विश्व एक पूर्ण र मौलिक परिवर्तनको संघारमा छ त? सम्भवतः छैन, र त्यो नै मूख्य समस्या हो।
कोरोना महामारीले हामीलाई फेरि एकपटक विश्वमा रहेको गहिरो असमानता र विभेदको नमीठो चित्र देखाइदिएको छ। हो यो महामारीका क्रममा हामीले मानवीय सहयोग, दया र अनुकम्पाका असंख्य उदाहरणहरू पनि देख्यौं । आफ्नो ज्यान जोखिममा राखेर अरूको ज्यान बचाउन महामारीको फ्रन्टलाइनमा दिनरात खटेका स्वास्थ्यकर्मीहरूको मेहनत र पसिना पनि देख्यौं। तर त्यो सँगसँगै यो पनि देख्यौं कि सामाजिक दूरी कायम गर्नु सबैको सुविधाको विषय रहेन र घरबाटै काम गर्ने वा लामो बिदा बस्ने सुविधा सबैलाई थिएन।
हामीले भारतका औद्योगिक शहरहरूबाट छट्पटिदै सडकमा बग्रेल्ति निस्केका मजदुरका उदासिन तस्वीरहरू पनि देख्यौं। सयौं किलोमिटर हिँडेर, महाकाली नदी तरेर आफ्नो घर फर्कंदै गरेका गरिखाने नेपालीहरूको पीडा पनि देख्यौं। कोरोना सर्नेभन्दा पनि रोजगारी गुम्नेभो भन्ने चिन्तामा रहेका उडान परिचारिकाहरूको व्यथा पनि सुन्यौं। भाइरसले भन्दा अगाडि भोकले मरिने हो कि भन्ने पीडामा छट्पटिएका गरिखाने गरीबहरूका बेदना पनि मनग्य सुन्यौं ।
यी दुख:द् कथाहरू कुनै खास मुलुक वा कुनै खास क्षेत्रमा सीमित छैनन्। यी जताततै छन्। मुम्बइदेखि म्यानहट्टनसम्म, मनिलादेखि मधेशसम्म । कोरोना संकटले खासगरी शहरी मजदुरहरू, आप्रवासी र जिरो आवर कन्ट्रयाकमा काम गर्ने, शैक्षिक कर्जा र क्रेडिट कार्ड बिलमा थिचिएका 'मिलेनियल्स'हरूका समस्याहरू सतहमा ल्याइदिएको छ।
तर दुःखको कुरा, यो नै हामी बाँचिरहेको संसार हो। यस्तो संसार जहाँ गोलीगठ्ठा र हतियारको आपूर्तिमा कुनै समस्या छैन, तर मान्छेको ज्यान बचाउने भेन्टिलेटर र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हरूको हाहाकार छ । भ्रष्ट र निकम्मा संरचनाहरूलाई 'बेल आउट' गरी बचाउन प्रशस्त पैसा छ, तर स्वास्थ्यकर्मीहरूलाई उचित तलब भुक्तानी गर्न बजेटको अभाव छ । हामीले निर्माण गरेको संसार यही हो; यस्तो संसार जहाँ गरीब, आप्रवासी र कालो जातिको भएकै कारण कोरोना जस्ता रोगबाट मर्ने सम्भावना बढी हुन्छ । यस्तो संसार जहाँ श्रमजीवीको महत्त्व उसले गर्ने श्रम, उसले बगाउने पसिनामा हैन उसले निकाल्ने नाफासँग जोडेर हेरिन्छ।
सतही रूपमा हेर्दा यी समस्याहरू कोरोना महामारीका उपज जस्ता लाग्छन्, तर त्यसो होइन। कोरोना त एउटा रोग/भाइरस मात्र हो। यी समस्याहरूचाहिँ प्रणालीगत विफलताका परिणाम हुन्। यो महामारीका क्रममा देखिएको विभेद, चौतर्फी निराशा र अक्षमताका पछाडि नवउदारवादी कर्पोरेट पूँजीवादको भीमकाय संरचना जिम्मेवार छ। कर्पोरेट पूँजीवादले हामी सबैलाई फेरि एकपटक निराश र पंगु बनाएको छ, तर योसँगको हाम्रो लगाव विचित्रको छ।
महामारीपछिका मानवहरूले नवउदारवादी कर्पोरेट पूँजीवादको भीमकाय संरचनालाई के गर्लान् ? यो नै कोरोना महामारीपछिको सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। हो, फेरि पनि पूँजीवादलाई लगाम बिनाको घोडा जस्तो खुल्ला छाड्ने, यसले गर्ने शोषण र यसमा अन्तरनिहित अनेक कमजोरीहरूप्रति आँखा चिम्लिन त सकिन्छ, तर एउटा छुट्टै वैकल्पिक संरचना निर्माण गर्ने अवसर पनि प्राप्त हुँदैछ । एउटा यस्तो वैकल्पिक संरचना जुन समावेशी, समतामूलक र धेरैका निम्ति न्यायपूर्ण हुनेछ।
त्यो अर्थमा कोरोना महामारी एउटा अवसर हो- नयाँ संरचनाको जग बसाउने अवसर; पुराना काम नलागेका प्रणालीहरूलाई उखेल्ने र फ्याँक्ने अवसर।
के महामारीपछिका मानवहरू यस्तो नयाँ र बिल्कुलै फरक बाटोमा हिँड्ने हिम्मत गर्लान् ? त्यो कुरा समयले नै बताउने छ। तर त्यसो गर्न सके भने इतिहासले उनीहरूलाई स्याबासी दिनेछ ।
(यो लेख भुसालले अंग्रेजीमा लेखेको द वर्ल्ड अफ्टर कोभिड- १९ को नेपाली भावानुवाद हो।)
पढ्नुहोस्, यो पनि :
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...