विदेशमा अलपत्र परेकामध्ये दैनिक ३५ सयको उद्धार गर्ने तयारीमा सरकार

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक सातापछि विदेशमा अलपत्र नेपालीहरूको प्राथमिकताका आधारमा उद्धार गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको समितिको बैठकले प्राथमिकताका आधारमा नेपाल आउन चाहनेहरूको विवरण तयार गर्न परराष्ट्र मन्त्रालयलाई आग्रहसमेत गरेको छ ।


Advertisement

बैठकपछि सकिएपछि समितिका एक सदस्यले लोकान्तरसँग कुरा गर्दै भने, ‘सरकारी र निजी कम्पनीका सबै जहाज उडाएर दैनिक ३ हजारदेखि ३५ सय सम्मको संख्यामा नेपालीहरूको उद्धार गर्ने कार्यविधि बनाइएको छ ।’

उनका अनुसार उक्त कार्यविधिमा आएका सुझावहरू सहित परिमार्जन गरेर लागू गरिनेछ । त्यसका लागि मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइने उनले बताए ।


Advertisement

उक्त कार्यविधिमा विदेशबाट आएकालाई २ सातासम्म काठमाडौँका होटेलहरूमा राखिने उल्लेख छ । होटेलमा बस्दाको खर्च र खानाको मूल्य भने सरकारले तोक्नेछ । २ साता काठमाडौँमा बसिसकेपछि उनीहरूलाई आफ्नो घर पठाइनेछ ।

विदेशबाट आउनेहरूले आफ्नो आर्थिक क्षमताका आधारमा कुन होटेलमा बस्ने भन्ने आफैं निर्णय गर्न पाउनेछन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्