नेपालमा कोभिड- १९ बाट थप २ जनाको मृत्यु, ३ जना मृतकको स्वाब परीक्षण हुँदै

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) बाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार दैलेखका ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिकाको मृत्यु भएको हो ।


Advertisement

दुवैको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डडेल्धुराका ६ वर्षीय बालक, गुल्मीका ५६ वर्षीय पुरुष र काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएका व्यक्ति गरी ३ जनाको स्वाब परीक्षण भइरहेको र नतिजा आउन बाँकी रहेको प्रवक्ता देवकोटाले बताए ।


Advertisement

गुल्मीमा मृत्यु भएका व्यक्ति भने क्वारेन्टाइनमा आत्महत्या गरेको भन्ने कुरा आएको उनको पनि स्वाब परीक्षण भइरहेको उनले जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्