उपत्यकाका ३ सीडीओको बैठकको निर्णय : विदेशबाट ल्याइने नेपालीका लागि होल्डिङ सेन्टर बनाउने

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले होल्डिङ सेन्टरको व्यवस्था गर्ने र विदेशबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

अहिले भइराखेका काम कारवाहीलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने, होल्डिङ सेन्टरको राम्रो व्यवस्थापन गर्ने, बाहिरबाट आएका मानिसहरूलाई व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।


Advertisement

‘विषेश गरेर विदेशबाट आउने नेपालीलाई कसरी व्यवस्थापन गर्ने र होल्डिङ सेन्टरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय भएको छ,’ प्रजिअ भट्टले लोकान्तरलाई भने ।

लामो समयको लकडाउनले व्यवसाय चौपट भएको भन्दै व्यवसायीले लकडाउन उल्लंघन गर्ने चेतावनी दिएपछि यस विषयलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषय उठेपनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गर्ने भएकाले यसविषयमा कुनै निर्णय नभएको भट्टले बताए ।


Advertisement

उक्त समस्याबारे सीएमसीलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ ।

हिजो (बुधवार) दरबारमार्गका व्यापारीले पसल खोलेका थिए भने आज न्यूरोडका व्यापारीले घरभाडा समेत तिर्न अप्ठ्यारो भएको भन्दै पसल खोलेका थिए ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्