मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
क्वारेन्टाइनमा रहेकालाई पीसीआर परीक्षण नगरी घर पठाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने भएको छ ।
लक्षण नभएकालाई भने १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने गाइडलाइनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ ।’
सरकारले उपयुक्त मात्रामा पीसीआर परीक्षणको व्यवस्था नगरेपछि आफूअनुकूल गाइडलाइन बनाएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले दाबी गरे । ‘सरकारले आफ्नो अक्षमता लुकाउन आफ्नोअनुकूल गाइडलाइन बनाएको हो,’ उनले भने ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले यस्तो नीतिले संक्रमण झन् विस्तार हुन सक्ने चेतावनी दिए । ‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने भनिरहेका छन्,’ उनले भने, ‘कुनै परीक्षण नगरी घर पठाउने वा हाललाई आरडीटी मात्रै गर्ने सरकारी निर्णयले संक्रमण अझ विस्तार हुनेछ ।’
स्वास्थ्य मन्त्रालयको दैनिक कोभिड अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले अधिकांश नयाँ संक्रमित क्वारेन्टाइनमा बसेको बताउँदै आएका छन् । ‘सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुष भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेपछि आरडीटी परीक्षणमा नेगेटिभ आउँदा घर फर्केका हुन्,’ डा. देवकोटाले शुक्रबारको अपडेटमा भने, ‘घर जाँदा मृत्यु भयो, पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकाले हाल मृत्यु हुनेको संख्या ११ पुगेको छ ।’ क्वारेन्टाइनमा आरडीटी गरेर नेगेटिभ रिपोर्ट देखिए घर पठाउने अवस्था कति जोखिमपूर्ण छ भन्ने यही घटनाले देखाउँछ । क्वारेन्टाइनमा गरिएको आरडीटी रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएको दोस्रो दिनमा ती पुरुषको मृत्यु भएको थियो ।
त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डा. विनोद यादवले अविश्वसनीय आरडीटी उपयोगले झन् समस्या आउने बताए । ‘सुर्खेतका ती व्यक्तिको एक्कासि श्वासप्रश्वासमा समस्या देखिएर मृत्यु भयो । पछिघाँटीको नमुना लिएर पीसीआर परीक्षण गर्दा कोरोना देखिएको हो,’ उनले भने ।
क्वारेन्टाइनमा रहेकाहरूलाई घर पठाउँदा कम्तीमा पीसीआर परीक्षण गरेर सक्रिय कोभिड नरहेको सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्रालयले हाल क्वारेन्टाइनमा रहेकाहरूको तत्काल आरडीटी परीक्षण गर्नेबारे जेठ १८ गते एउटा परिपत्रसमेत गरेको चिकित्सकहरू बताउँछन् । क्वारेन्टाइनमा रहेकाहरूको आरडीटी गर्दा नेगेटिभ आए घर पठाउने र पोजिटिभ आएमात्र पीसीआर परीक्षण गर्नेजस्तो दोहोरो परिपत्र गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।
‘क्वारेन्टाइनमा बस्नेहरूलाई पीसीआर नगरी छोड्नु नै भएन, त्यसमा पनि आरडीटीबाट परीक्षण गर्नु त झन् अवैज्ञानिक भयो,’ डा.उपाध्यायले भने, ‘क्वारेन्टाइनमा भएकाहरूलाई छाड्ने बेला म आफ्नो जिल्लामा पीसीआर परीक्षण नै गर्छु ।’
प्रदेश २ को सप्तरीमा समेत लकडाउनबीच भारतबाट आएकाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । त्यहाँका चिकित्सकहरू क्वारेन्टाइनमा बसेकालाई आरडीटी परीक्षण गरी घर पठाउन सहमत छैनन् । ‘सरकारको परिपत्र आए पनि क्वारेन्टाइनमा रहेकालाई आरडीटी गर्नु उपयुक्त मान्दैनौं,’ गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास भन्छन्, ‘ढिलो भए पनि भारतबाट आएका सबैलाई पीसीआर गरेर मात्र घर पठाउँछौं ।’ आरडीटी अविश्वसनीय भएकाले सीसीएमसीको बैठकमा समेत पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको उनको भनाइ छ ।
पश्चिममा भने क्वारेन्टाइनमा भएकाहरूका लागि आरडीटी परीक्षण गर्ने अवस्थासमेत छैन । स्थानीय स्वास्थ्यकर्मीहरूले टेलिफोनमा बताएअनुसार त्यहाँ हाल आरडीटीसमेत नगरी क्वारेन्टाइनबाट घर फर्काइएको छ । ‘पीसीआर परीक्षण गरेर घर फर्काउनु राम्रो भए पनि हाल आरडीटी परीक्षणसमेत नभइरहेको अवस्था छ,’ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘सुदूरपश्चिमको ९ जिल्लाका लागि एउटा पीसीआर मेसिनबाट एक दिनमा करिब २२० नमुना मात्र परीक्षण हुन्छ ।’
हाल १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका अधिकांश भारतसहित विदेशबाट आएका सम्भावित कोरोना संक्रमित भएकाले उनीहरूलाई घर पठाउँदा पीसीआर विधिबाट परीक्षण गरेर पठाउन विशेषज्ञहरूले सुझाव दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...