×

NMB BANK
NIC ASIA

४६ प्रतिशत उद्योग मात्र सञ्चालनमा, खाद्यका ५५ प्रतिशत

जेठ २४, २०७७

NTC
फाइल फोटो।
Premier Steels

बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ।

Muktinath Bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती चरणमा भन्दा हाल उद्योग सञ्चालनमा कमी आउन थालेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दाबन्दीको शुरुआती चरणमा ४९ देखि ५१ प्रतिशतसम्म सञ्चालनमा आएको उद्योग हाल (जेठ २० गतेसम्म) ४६ प्रतिशतमा झरेको  उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।  उनका अनुसार मुख्य पाँच औद्योगिक करिडोर अत्तरिया–धनगढी, नेपालगञ्ज-कोहलपुर, बुटवल–बेलहिया, पथलैया-वीरगञ्ज र इटहरी–विराटनगरमा शुरुको एक महिना (वैशाख १३ गतेसम्म) ४९ प्रतिशत उद्योग सञ्चालन भएका थिए।


Advertisment
Nabil box
Kumari

एक महिनाका अवधिमा १० औद्योगिक क्षेत्रमा रहेका अत्यावश्यक वस्तु उत्पादन गर्ने ५९७ उद्योगमध्ये १५० उद्योग मात्र सञ्चालनमा रहेका थिए। पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उक्त उद्योगमा बन्दाबन्दी अगाडि पाँच हजार १९० मजदूर रहेकामा एक महिनामा एक हजार ६०२ जना मात्र कार्यरत रहेका थिए।

Vianet communication

यसैगरी गत वैशाख १३ सम्म ४९ प्रतिशतमा सञ्चालनमा आएका उद्योग वैशाख मसान्तसम्म ५१ प्रतिशतमा सञ्चालनमा आएका थिए। 

वैशाख मसान्तसम्म ३४९ उद्योग सञ्चालनमा रहेकामा जेठ २० सम्ममा अत्यावश्यक वस्तुको उत्पादन गर्ने ३ सय ३८ उद्योग सञ्चालनमा  छन्। चैतमा पूर्ण क्षमतामा सञ्चालनमा रहेका अक्सिजन  र एलपी ग्यास उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा छन् भने अन्य उद्योगको सञ्चालन क्षमतामा कमी आएको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार चैतमा ८० प्रतिशतसम्म सञ्चालनमा रहेको खाद्य उद्योग (बिस्कुट, चाउचाउ) हाल ५० देखि ६० प्रतिशत, ७५ प्रतिशत क्षमतामा सञ्चालन रहेको खाद्य उद्योग (चामल, चिउरा, दाल, पीठो, तेल आदि) हाल ५५ प्रतिशत तथा ८० प्रतिशत सञ्चालनमा रहेको दुग्ध उद्योग हाल  ६० प्रतिशतमा सञ्चालन भएका छन्।

यसैबीच पचास हजार मेट्रिक टन मौज्दात रहने चिनी उद्योगमा हाल चालीस हजार मेट्रिक टन चिनी मौज्दात  छ। चैतमा ८० प्रतिशत सञ्चालनमा रहेको दाना, ह्याचरी र कुखुरापालन उद्योग हाल ४० प्रतिशत, ७० प्रतिशत सञ्चालनमा रहेको औषधि उद्योग हाल ६० प्रतिशत, पूर्ण क्षमतामा सञ्चालनमा रहेको खानेपानी उद्योग ६० र ७० प्रतिशत सञ्चालनमा रहेको चिया उद्योग हाल ३० देखि ४० प्रतिशतसम्म सञ्चालनमा छन् ।

बन्दाबन्दीपूर्व ११ हजार ७३६  मजदुर कार्यरत रहेकामा हाल चार हजार ९ सय मात्र कार्यरत तथा छ हजार ८३६ मजदूर अनुपस्थित  छन् । सञ्चालनमा रहेका सबै उद्योग बन्दाबन्दीको पूर्णपालना गरेर सञ्चालन गरिएको जनाइएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x